बिहीबारदेखि वर्षाको सम्भावना, धान नकाट्न र यात्रा नगर्न मौसमविद्को सुझाव

काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने सम्भावना देखिएको छ। प्रारम्भिक आकलनअनुसार मनाङसहित कम्तीमा २९ जिल्ला वर्षाबाट बढी प्रभावित हुन सक्नेछन्। केही स्थानमा भारी वर्षा हुनुका साथै हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको मौसमविद्हरूले बताएका छन्। भारतको आन्ध्र प्रदेश आसपास हुँदै नेपालतर्फ अघि बढ्ने यस प्रणालीको प्रभाव बिहीबार रातिदेखि थप बढ्ने पूर्वानुमान गरिएको छ। प्रारम्भिक आकलनअनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको प्रभाव बढी हुन सक्छ। सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने तुलनात्मक रूपमा कम प्रभाव पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले पनि आगामी दिनमा वर्षाको गतिविधि बढ्ने जनाएको छ। यद्यपि, वर्षाको मात्रा र जोखिममा पर्ने क्षेत्रबारे महाशाखाले विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन। नेपालमा भारी वर्षा गराउन बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावासँगै माथिल्लो वायुमण्डलको अवस्थाले समेत भूमिका खेल्न सक्ने मौसमविद्हरूको भनाइ छ। मनाङसहित हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना देखिएकाले त्यहाँको मौसमलाई विशेष ध्यान दिएर अनुगमन गर्नुपर्ने बताइएकाे छ। सम्भावित वर्षाका कारण तराई तथा मधेशका जिल्लामा डुबान, पहाडी क्षेत्रमा पहिरो र हिमाली क्षेत्रमा हिमपातको जोखिम रहन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्। विशेषगरी बिहीबार रातिदेखि शुक्रबार रातिसम्मको अवधिमा सावधानी अपनाउनुपर्ने उनीहरूको भनाइ छ। मौसमविद् तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार बंगालको खाडीमा विकसित प्रणाली थप सक्रिय हुँदै भारतको ओडिसा र बिहार हुँदै नेपालतर्फ आउने सम्भावना छ। यसका कारण हिमाली क्षेत्रमा भारी हिमपात र पूर्वी नेपालका केही जिल्लामा मध्यमदेखि भारी वर्षा हुन सक्ने उनले बताएका छन्। उनले दशैंपछि आफ्नो कार्यस्थलमा फर्किने तयारीमा रहेकाहरूलाई शुक्रबार र शनिबार यात्रा नगर्न तथा हिमाली क्षेत्रमा पदयात्रामा नजान सुझाव दिएका छन्। त्यस्तै, आगामी बिहीबार, शुक्रबार र शनिबार धान काट्ने योजना बनाएकाहरूलाई पनि काम स्थगित गर्न उनले आग्रह गरेका छन्।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

दसैँ बिदा सकिएसँगै बीपी राजमार्गमा सवारी चाप (तस्बिरहरू)
काठमाडौँ । दसैँ बिदा सकिएसँगै बीपी राजमार्गमा सवारी चाप बढेको छ। दसैँ मनाउन घर गएकाहरू काठमाडौँ फर्किँदा राजमार्गमा सवारी चाप बढेको हो । राजमार्गमा चहलपहल बढेसँगै सिन्धुलीका पर्यटकीय स्थलहरू सिन्धुलीगढी र... ...

कहाँ-कहाँ भए दुर्घटना, जसमा १० जनाले गुमाए ज्यान ?
काठमाडौं । पछिल्लो २४ घण्टामा देशका सात जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार मकवानपुर, उदयपुर, सप्तरी, सर्लाही, रौतहट, ललितपुर र बाँकेमा भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल, स्कुटर, कार, विद्युतीय गाडी (ईभी), ट्रक र ई–रिक्सा संलग्न थिए । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ स्थित एचआईडी […] ...

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान
दाङ । यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन् । पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका... ...

जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि श्वेतपत्र सार्वजनिक
काठमाडौँ, कात्तिक ८ गते । सरकारले जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि दुई वटा श्वेतपत्र सार्वजनिक गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अ... ...


