बिहीबारदेखि नेपालमा भारी वर्षा र हिमपातको सम्भावना

काठमाडौं। मौसमविद् विनोद पोखरेलका अनुसार आगामी बिहीबारदेखि नेपालमा प्रवेश गर्ने मौसमी प्रणालीका कारण तीनदेखि चार दिनसम्म वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली र सक्रिय पश्चिमी वायुका कारण मौसममा परिवर्तन आउने देखिएको छ। भारतको आन्ध्र प्रदेश हुँदै नेपाल प्रवेश गर्ने यो प्रणाली अक्टोबर २७ अर्थात् कात्तिक ११-१२ गतेतिर आइपुग्ने अनुमान गरिएको छ। मंगलबारदेखि नै आकाशमा बादल देखिन थाल्ने र बिहीबार रातिदेखि वर्षा सुरु हुन सक्ने पोखरेलले जानकारी दिए। कात्तिक १२ देखि १५ गतेसम्मको अवधिमा बागमती प्रदेशका धेरै स्थानमा १५० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका केही स्थानमा पनि उल्लेख्य वर्षाको सम्भावना छ। लगातार वा छोटो अवधिमा हुने भारी वर्षाका कारण लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका २९ जिल्लामा उच्च जोखिम देखिएको छ। विशेषगरी मनाङ जिल्लामा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। यसअघि हिमपहिरोको जोखिम रहेको मनाङमा थप वर्षाले समस्या निम्त्याउन सक्ने उनले बताए। बंगालको खाडीबाट भित्रिने पर्याप्त जलवाष्प र माथिल्लो वायुमण्डलको ट्रफ प्रणालीका कारण वर्षा थप तीव्र हुने सम्भावना छ। सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने अन्य क्षेत्रको तुलनामा कम प्रभाव पर्ने आकलन गरिएको छ। मौसम पूर्वानुमान समयसँगै परिवर्तन हुन सक्ने भएकाले अद्यावधिक सूचनामा ध्यान दिनुपर्नेमा जोड दिइएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

२४ घण्टामा काठमाडौँमा ४७० सवारी चालकमाथि कारबाही
काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ४७० सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी नियम उल्लङ्घन गर्ने ४७० सवारीसाधनका चालक कारबाहीमा परेका हुन्। कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९९, सिसी क्यामरामार्फत ४० र रा... ...

म्यानमामा एक्सप्रेस बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १२ घाइते
याङगुन।म्यानमाको मन्डाले क्षेत्रमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। म्यानमाको अग्नि सेवा विभागका अनुसार ब्रेक फेल भएको एक्सप्रेस बस विपरीत दिशाबाट आइरहेको भ्यानसँग ठोक्किएपछि सडकबाट करिब ५० फिट गहिरो खोल्सामा खसेको थियो। विभागका अनुसार स्थानीय समयअनुसार शनिबार साँझ करिब ६ः०५ बजे पिन ओ ल्विन–मन्डाले सडक खण्डको ओरालोमा दुर्घटना भएको हो। पिन ...

असोजमा झन्डै ६ अर्ब रुपैयाँको विद्युत् निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
बाढीले केही आयोजना बन्द गराए पनि द्विपक्षीय सम्झौता र भारतीय ऊर्जा बजारमार्फत निर्यात कारोबार बढेको हो। ...



