Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

बिवाईडी याङवाङ यु९ एक्सट्रिमले बनायो नयाँ विश्व कीर्तिमान, ५०० किमि प्रतिघन्टाको सीमा पार गर्दै बन्यो विद्युतीय सुपरकार

Share:WhatsAppFacebookX (Twitter)Telegram
बिवाईडी याङवाङ यु९ एक्सट्रिमले बनायो नयाँ विश्व कीर्तिमान, ५०० किमि प्रतिघन्टाको सीमा पार गर्दै बन्यो विद्युतीय सुपरकार
Photo / Coverage: टेक्नोलोजी खबर

चिनियाँ अटो जायन्ट बिवाईडीको अति-प्रिमियम उप-ब्रान्ड, ‘याङवाङ’ (Yangwang) ले आफ्नो प्रमुख पूर्ण-विद्युतीय सुपरकार, ‘याङवाङ यु९ एक्सट्रिम’ (U9X) ले ५०० किलोमिटर प्रति घण्टाको सीमा पार गर्दै अटोमोबाइलको क्षेत्रमा विश्वकै सर्वाधिक गतिको नयाँ कीर्तिमान कायम गरेको घोषणा गरेको छ। याङवाङले गत शुक्रबार जानकारी दिए अनुसार, अबु धाबीका सार्वजनिक सडकहरूमा आयोजित ‘टप-स्पिड’ चुनौतीका क्रममा यु९ एक्सट्रिम ५०३.१७ किलोमिटर प्रति घण्टा (३१२.६६ माइल प्रति घण्टा) को गतिमा पुगेको थियो, जसले विश्वव्यापी रूपमा गतिको नयाँ कीर्तिमान स्थापित गरेको छ। यस ब्रान्डले आफ्ना प्रचार-प्रसार सामग्रीहरूमा यस विद्युतीय सुपरकारलाई “विश्वकै सबैभन्दा तीव्र गतिको उत्पादन कार” को रूपमा प्रस्तुत गरेको छ। यो पछिल्लो नतिजाले जर्मनीको ‘एटीपी प्रुभिङ ग्राउन्ड’ मा कायम गरिएको यु ९ एक्सट्रिमको ४९६.२२ किलोमिटर प्रति घण्टाको पूर्व-प्रमाणित रेकर्डलाई उछिनेको छ, जसले यसलाई विश्वको सबैभन्दा तीव्र गतिको ‘प्रोडक्सन कार’ (व्यावसायिक रूपमा उत्पादन हुने कार) को रूपमा अझ बलियोसँग स्थापित गरेको उल्लेख छ। यसअघि, सन् २०२५ को अगस्टमा जर्मनीस्थित एटीपी प्रुभिङ ग्राउन्डमा ‘याङवाङ यु९’ (Yangwang U9) को एक इन्जिनियरिङ परीक्षण कार ४७२.४१ किलोमिटर प्रति घण्टाको गतिमा पुगेको थियो, जसले त्यस समयमा विद्युतीय सवारी साधनहरूको विश्वव्यापी उच्च गतिको रेकर्ड तोडेको थियो। याङवाङले २० सेप्टेम्बर, २०२५ मा यु९ एक्सट्रिमलाई विश्वसामु सार्वजनिक गरेको थियो र यसका लागि ‘प्रि-अर्डर’ खुला गर्‍यो। विश्वभर जम्मा ३० ओटा मात्र उपलब्ध हुने यो मोडलले पूर्ण विद्युतीय सवारी साधनको क्षेत्रमा उच्च गति र ‘ल्याप टाइम’ दुवैमा नयाँ कीर्तिमान कायम गर्ने लक्ष्य राखेको छ। सिधा बाटोमा देखाउने गतिको अतिरिक्त, सन् २०२५ को सेप्टेम्बरमा यो कारले जर्मनीको ‘नर्बर्गरिङ नर्डस्क्लाइफ’ ट्र्याकलाई ६ मिनेट ५९.१५७ सेकेन्डमा पूरा गर्‍यो। यससँगै, उक्त ट्र्याकमा ७ मिनेटको समय सीमा तोड्ने यो पहिलो पूर्ण विद्युतीय ‘प्रोडक्सन कार’ बन्न सफल भयो। याङवाङ यु९ एक्सट्रिमको उत्पादन संस्करण यस वर्षको अप्रिलमा आयोजित बेइजिङ अटो शोमा आधिकारिक रूपमा सार्वजनिक गरिएको थियो। प्रति युनिट २ करोड युआन (२.९८ मिलियन अमेरिकी डलर) भन्दा बढी मूल्य रहेको यो गाडी उक्त अटो शोमा बिक्रीका लागि राखिएका सवारी साधनहरूमध्ये सबैभन्दा महँगो थियो। प्रति घण्टा ५०० किलोमिटरभन्दा बढीको अत्यधिक गतिलाई धान्न सक्ने गरी, याङवाङ यु९ एक्सट्रिमलाई विश्वको पहिलो ‘मास-प्रोड्युस्ड’ १,२००-भोल्ट ‘फुल-डोमेन’ अल्ट्रा-हाइ-भोल्टेज प्लेटफर्ममा निर्माण गरिएको छ। साथै, यसमा ‘ट्र्याक-ग्रेड’ बीवाईडी ब्लेड ब्याट्री जडान गरिएको छ, जसले ३०सी अल्ट्रा-हाइ-रेट डिस्चार्जलाई समर्थन गर्दछ। यस गाडीमा बीवाईडीको ‘ई४’ क्वाड-मोटर स्वतन्त्र ड्राइभ प्रणाली समावेश छ। यसमा रहेका ४ वटा मोटरहरू प्रति मिनेट ३०,००० फन्कासम्म घुम्न सक्छन् र प्रत्येक मोटरले ५५५ किलोवाट (७४४ हर्सपावर वा ७५५ पीएस) सम्मको अधिकतम शक्ति प्रदान गर्न सक्छन्। The post बिवाईडी याङवाङ यु९ एक्सट्रिमले बनायो नयाँ विश्व कीर्तिमान, ५०० किमि प्रतिघन्टाको सीमा पार गर्दै बन्यो विद्युतीय सुपरकार appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
टिकटकमा ‘र्‍याबिट होल’ सिर्जना गर्ने भिडियो फिडले डिजिटल नियम उल्लंघन गरेको ईयूको आरोप
TechnologyJust now

टिकटकमा ‘र्‍याबिट होल’ सिर्जना गर्ने भिडियो फिडले डिजिटल नियम उल्लंघन गरेको ईयूको आरोप

युरोपेली संघ (ईयू) ले टिकटकको एल्गोरिदमले प्रयोगकर्तालाई लगातार व्यक्तिगत रुचिअनुसारका भिडियो सिफारिस गर्ने र तीमध्ये केहीले मानसिक स्वास्थ्य तथा शरीरप्रतिको धारणामा नकारात्मक असर पार्न सक्ने भन्दै डिजिटल नियम उल्लंघन गरेको आरोप लगाएको छ। २७ सदस्य राष्ट्र रहेको ईयूको कार्यकारी निकायले शुक्रबार टिकटकलाई आफ्नो ‘फर यू’ फिडको डिजाइन परिवर्तन गर्न र प्रयोगकर्तालाई निश्चित प्रकारका सामग्री नहेर्ने विकल्पमा बढी नियन्त्रण दिनुपर्ने बताएको छ। नियामकहरूका ...

टेक्नोलोजी खबर
सञ्चारमन्त्री डा तिमिल्सिना आइटियू सम्मेलनमा सहभागी : विभिन्न देशका समकक्षीसँग भेटवार्ता
TechnologyJust now

सञ्चारमन्त्री डा तिमिल्सिना आइटियू सम्मेलनमा सहभागी : विभिन्न देशका समकक्षीसँग भेटवार्ता

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू) महासम्मेलन २०२६ (आइटियु पिपी–२६) को उद्घाटन समारोहमा सहभागिता जनाएका छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको दोहामा रहेका सञ्चारमन्त्री डा तिमिल्सिनाले सोमबार दोहा प्रदर्शनी तथा सम्मेलन केन्द्र (डिइसीसी)मा आयोजित सम्मेलनको उद्घाटन समारोहमा सहभागिता जनाएका हुन्। उनले सम्मेलनका सहभागी विभिन्न देशका प्रतिनिधिमण्डलका प्रमुखहरूको औपचारिक बैठकमा समेत भाग लिए। सो अवसरमा उनले मित्रराष्ट्रका समकक्षीहरूसँग अन्तरक्रिया ...

टेक्नोलोजी खबर
फेसबुक-टिकटकको विकल्प बन्ने लक्ष्यसहित नेपाली युवाको नयाँ सामाजिक सञ्जाल ‘थोप्ला’
Technology7m ago

फेसबुक-टिकटकको विकल्प बन्ने लक्ष्यसहित नेपाली युवाको नयाँ सामाजिक सञ्जाल ‘थोप्ला’

काठमाडौं । नेपाली समुदायलाई विश्वभर एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्ने उद्देश्यसहित विकास गरिएको सामाजिक सञ्जाल ‘थोप्ला’ प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको छ । नेपाली युवाको पहलमा तयार भएको यस प्लेटफर्ममा हाल १५ हजार ३०० भन्दा बढी प्रयोगकर्ता जोडिएका छन् ।फेसबुक, टिकटक र अन्य अन्तर्राष्ट्रिय सामाजिक सञ्जालको प्रयोग बढिरहेका बेला नेपाली समुदाय, भाषा, संस्कृति र सिर्जनशीलतालाई प्राथमिकता दिएर थोप्ला विकास गरिएको हो ।नेपालमा ...

आइसिटी समाचार
निजामती कर्मचारी अस्पतालमा अब घरबाटै अनलाइन अपोइन्टमेन्ट लिन सकिने, ७ दिनअघिसम्म बुक गर्न मिल्ने
Technology7m ago

निजामती कर्मचारी अस्पतालमा अब घरबाटै अनलाइन अपोइन्टमेन्ट लिन सकिने, ७ दिनअघिसम्म बुक गर्न मिल्ने

काठमाडौं । निजामती कर्मचारी अस्पतालले बिरामीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अनलाइन अपोइन्टमेन्ट सेवा सञ्चालनमा ल्याएको छ । यस सुविधामार्फत बिरामीले घरमै बसेर आफूलाई आवश्यक चिकित्सकसँगको भेटका लागि सात दिनअघिसम्म अपोइन्टमेन्ट बुक गर्न सक्नेछन् ।अस्पतालको यस सुविधाले चिकित्सकलाई देखाउन अस्पतालमै पुगेर लामो समयसम्म लाइनमा बस्नुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको छ । बिरामीले आफ्नो अनुकूल समय छनोट गरी मनपर्ने ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play