Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बिर्तामोडमा आगलागीबाट कामदारको मृत्यु, एक लाख नगदसहित सामान जलेर नष्ट

बिर्तामोडमा आगलागीबाट कामदारको मृत्यु, एक लाख नगदसहित सामान जलेर नष्ट

Share:WhatsAppFacebookX (Twitter)Telegram
बिर्तामोडमा आगलागीबाट कामदारको मृत्यु, एक लाख नगदसहित सामान जलेर नष्ट

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा विद्युत् सर्ट भई आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ। बिहीबार बिहान करिब ४:१० बजे ध्रुव भट्टराईको जग्गामा सञ्चालित उक्त ग्यारेजको क्यान्टिनमा आगलागी भएको हो। इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोली, दमकल र स्थानीयवासीको सहयोगमा बिहान करिब ४:३० बजे नै आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। आगलागीमा परी क्यान्टिनमा काम गर्ने झापाको गौरीगञ्ज गाउँपालिका–२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनामा क्यान्टिनभित्र रहेका भाँडाकुँडा, लत्ताकपडा, तीनवटा खसीबाख्रा र नगद एक लाख रुपैयाँसहित करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरणमा उल्लेख छ। यसैबीच, सोही ग्यारेजसँगै जोडिएको राजेन्द्र अग्रवालको मार्बल तथा टाइल्स गोदाममा समेत सामान्य आगलागी भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

युक्रेन युद्ध अन्त्य गर्न कूटनीतिक प्रयास जारी, सम्झौताको नजिक पुगेको ट्रम्पको संकेत
ताजा खबरJust now

युक्रेन युद्ध अन्त्य गर्न कूटनीतिक प्रयास जारी, सम्झौताको नजिक पुगेको ट्रम्पको संकेत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्ने शान्ति सम्झौता लामो समयपछि पहिलो पटक सम्भावनाको नजिक पुगेको बताएका छन् । उनले वार्ता संवेदनशील अवस्थामा रहेकाले रुसमाथि थप प्रतिबन्ध लगाउँदा कूटनीतिक प्रयास प्रभावित हुन सक्ने उल्लेख गरे ।  ह्वाइट हाउसबाट दक्षिण क्यारोलिना प्रस्थान गर्नुअघि बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले सम्झौताको सम्भावना बढेका बेला प्रतिबन्ध लगाउनु उचित नहुने बताए । आवश्यक ...

फरकधार
अमेरिकामा हराइरहेकी नर्स ममता काफ्लेबारे हामीलाई अहिलेसम्म के–के थाहा छ ?
ताजा खबरJust now

अमेरिकामा हराइरहेकी नर्स ममता काफ्लेबारे हामीलाई अहिलेसम्म के–के थाहा छ ?

अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको दुई वर्षभन्दा बढी भइसकेको छ । उनकी एक वर्ष नपुगेकी छोरी अहिले तीन वर्षकी भइसकेकी छन् । तर, ममता कहाँ छिन्, उनीमाथि के भयो र उनको शव कहाँ छ भन्ने प्रश्नको उत्तर अझै भेटिएको छैन । ममताका श्रीमान् नरेश भट्टमाथि भने श्रीमतीको हत्या गरेको, शव लुकाएको र शवको अपमान गरेको अभियोगमा प्रिन्स ...

फरकधार
एनपीएलका खेललाई आइसीसीबाट ’लिस्ट ए टी–२०’ को मान्यता
ताजा खबरJust now

एनपीएलका खेललाई आइसीसीबाट ’लिस्ट ए टी–२०’ को मान्यता

काठमाडौं । आइसीसीले नेपाल प्रिमियर लिग (एनपीएल)का खेललाई ’लिस्ट ए टी–२०’को मान्यता दिएको छ । आइसीसीले एनपीएलका सबै खेललाई लिस्ट ए टी–२० को मान्यता प्रदान गर्ने निर्णय गरेको हो । यसअघि आइसीसीले एनपीएललाई आधिकारिक मान्यता प्रदान गरेको थियो । नेपाल क्रिकेट संघले एनपीएल तेस्रो सिजनका सबै खेलले लिस्ट एको मान्यता पाएको जानकारी दिएको छ । त्यस्तै एनपीएलमा पहिलोपटक डीआरएस प्रविधि पनि यसपटक लागू ...

कर्पोरट खबर
बहुप्रतिभाका धनी दुर्गा लामिछाने
ताजा खबरJust now

बहुप्रतिभाका धनी दुर्गा लामिछाने

बुटवल। नवलपरासीको बर्दघाट नगरपालिका कार्यालयमा हलुका सवारी चालकको रूपमा कार्यरत छन् दुर्गा लामिछाने । सोही पालिकाका स्थायी बसोबासी उनलाई नगरबासीले अर्कै रूपमा पनि चिन्छन्– सर्पको उद्धारकर्ता । बर्दघाट क्षेत्रमा घरभित्र... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play