बिमस्टेकमार्फत क्षेत्रीय सुरक्षा सहकार्य बलियो बनाउन श्रीलङ्काको आग्रह

काठमाडौं । श्रीलङ्काले बङ्गालको खाडी क्षेत्रमा आतङ्कवाद, लागूऔषध तस्करी, मानव बेचबिखन र साइबर अपराध नियन्त्रणका लागि क्षेत्रीय सुरक्षा सहकार्य सुदृढ गर्नुपर्नेमा जोड दिएको छ । श्रीलङ्काका सार्वजनिक सुरक्षा तथा संसदीय मामिलामन्त्री आनन्द विजेपालाले अक्टोबर १३ मा भारतको नयाँदिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा समयमै सूचना आदानप्रदान र सदस्य राष्ट्रबीच समन्वय आवश्यक रहेको बताए। भारतका गृहमन्त्री अमित शाहको अध्यक्षतामा भएको बैठकमा बङ्गलादेश, भुटान, भारत, म्यान्मा, नेपाल, श्रीलङ्का र थाइल्यान्डका प्रतिनिधि सहभागी थिए । बैठकले क्षेत्रीय सुरक्षा सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित दिल्ली घोषणापत्र स्वीकृत गरेको भारतस्थित श्रीलङ्का उच्चायोगले जनाएको छ । घोषणापत्रमा आतङ्कवाद, लागूऔषध तस्करी, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध नियन्त्रणका लागि सूचना आदानप्रदान, कानुनी सहायता, सुपुर्दगी तथा संयुक्त कारबाहीलाई प्राथमिकता दिइएको छ । यसअघि अक्टोबर १२ मा आयोजित वरिष्ठ अधिकारीहरूको बैठकमा लागूऔषध नियन्त्रण, आतङ्कवादी गतिविधिमा हुने वित्तीय सहयोग रोकथाम तथा विपद् व्यवस्थापनका विषयमा छलफल भएको थियो । मन्त्री विजेपालाले क्षेत्रीय सुरक्षा सहकार्यले नागरिकको जीवन सुरक्षित बनाउनुका साथै बङ्गालको खाडी क्षेत्रमा स्थिरता, विकास र समृद्धि प्रवर्द्धन गर्न सहयोग पुग्ने बताए।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

क्यासिनो खेल्ने पाँच जना प्रहरीको नियन्त्रणमा
वीरगन्ज (पर्सा), कात्तिक ४ गते । क्यासिनोभित्र प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका –१४ गण्डकस्थित गोल्डेन... ...

नवदुर्गासँग जोड्दै नेवार समुदायले उल्लासमय पर्वका रूपमा मनाए मोहनी नख:
भक्तपुर – भक्तपुरका नेवार समुदायले बुधबार मोहनी नख: मनाएका छन् । विजयादशमीको दिन बुधबार मान्यजनको हातबाट मोहनी सि: न अर्थात कालो टीका, राटो टीका, जमरा ग्रहण गरी मोहनी न:ख मनाएका हुन् । यहाँका नेवार समुदायले नवदुर्गा भवानीको पूजा गर्ने क्रममा महानवमीको दिनमा घरघरमा पालामा दियो बालेर त्यसको माथिवाट अर्को पालाले छोपेर पालामा जम्मा भएको कालो […] ...

अफ्रिकामा फैलिएको इबोला संक्रमण नाइजेरिया पुग्यो
लागोस।अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ। युगान्डाबाट आएकी एक महिलामा संक्रमण पुष्टि भएको छ भने केन्यामा संक्रमितको संख्या नौ पुगेको छ। नाइजेरियाका स्वास्थ्यमन्त्री मुहम्मद अली पाटेका अनुसार, संक्रमित महिलालाई एकान्तवासमा राखेर उपचार भइरहेको छ। उनको सम्पर्कमा आएका ४४ जनाको पहिचान गरी निगरानी सुरु गरिएको छ। प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा मे महिनामा सुरु भएको प्रकोपबाट नौ हजारभन्दा बढी संक्रमित भएका छन् भने चार ...

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा
वीरगन्ज (पर्सा) । क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिङ्गर गेमिङ जोन प्रालिमा नेपाली प्रवेश गराई जुवा खेलाइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए। बारा जिल्ला पचरौता नगरपालिका–४ का रामचन्द्र साह, प्रसौनी गाउँपालिका–३ का अच्छेलाल प्रसाद, प्रसौनी गाउँपालिका–१ ...


