काठमाडौं । पहिलो मल्टिप्लेक्स बिग मुभिजले अत्याधुनिक प्रविधि र सुविधासहित हलको पुनर्निर्माण तथा स्तरोन्नति गरेको छ । कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजले अत्याधुनिक दृश्य प्रविधि, थ्रीडी इमर्सिभ साउन्ड सिस्टम, लक्जरी सिटिङ र आकर्षक वातावरणसहित दर्शकलाई अन्तर्राष्ट्रिय स्तरको सिनेमा अनुभव प्रदान गर्ने जनाएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा बिग मुभिजका अध्यक्ष राजेन्द्र अर्यालले ‘एक्सपेरियन्स सिनेमा, एक्सपेरियन्स द डिफरेन्स’ भन्ने मूल नारासहित हलको स्तरोन्नति गरिएको जानकारी दिए । चलचित्र हेर्ने अनुभवलाई ध्वनि, दृश्य, आराम र वातावरणसहितको पूर्ण मनोरञ्जनात्मक अनुभव बनाउने उद्देश्य रहेको उनको भनाइ छ । दृश्य प्रविधितर्फ बिग मुभिजले युरोपेली ब्रान्ड बार्कोको अत्याधुनिक फोरके आरजीबी लेजर प्रोजेक्टर जडान गरेको छ भने बार्को एसपीफोरके–२० सी (सिरिज ४) स्मार्ट लेजर प्रोजेक्टरमा २१ हजार लुमेन्सको ब्राइटनेस र नेटिभ फोरके रिजोलुसन रहेको छ । वास्तविक र उच्च गुणस्तरका रङहरूको संयोजनका लागि प्रोजेक्टरले ९८.५ प्रतिशतभन्दा बढी आरईसी २०२० तथा डीसीआई–पी३ कलर स्पेस सपोर्ट गर्ने प्रविधि समेटेको छ । यसबाट पर्दामा चलचित्रका दृश्यहरू प्राकृतिक रङ र सूक्ष्म विवरणसहित प्रस्तुत हुने अपेक्षा गरिएको अध्यक्ष अर्यालले बताए । ध्वनि प्रविधिमा पनि बिग मुभिजले विशेष ध्यान दिएको छ । हलमा ६४ च्यानलको डल्बी एट्मस प्रविधिमा आधारित थ्रीडी इमर्सिभ साउन्ड सिस्टम जडान गरिएको अध्यक्ष अर्यालले बताए। हलमा २२ इन्चका २५५ वटा ‘च्याम्पियन सिरिज’ थिएटर कुर्सी जडान गरिएको छ । एड्भान्स एर्गोनोमिक डिजाइन, रिच ल्यामिनेटेड फेब्रिक र थ्री–पोजिसन लकिङ सुविधासहितका यी कुर्सीले दर्शकलाई लामो समयसम्म चलचित्र हेर्दा पनि सहजता प्रदान गर्नेछन्। हलको समग्र वातावरणलाई समेत नयाँ स्वरूप दिइएको छ । नयाँ कार्पेटिङ, ध्वनि नियन्त्रणमा सहयोग गर्ने एकोस्टिक वाल कभरिङ र आधुनिक लाइटिङ व्यवस्थासहित हललाई आकर्षक तथा सुविधासम्पन्न बनाइएको कम्पनीले जनाएको छ। The post बिग मुभिज अब अत्याधुनिक प्रविधिसहित नयाँ स्वरूपमा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
बिग मुभिज अब अत्याधुनिक प्रविधिसहित नयाँ स्वरूपमा

Read Complete Original Article
Published originally on कर्पोरट खबर






