Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

बालेन र मोदीबीच हैदराबाद हाउसमा भेटवार्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
बालेन र मोदीबीच हैदराबाद हाउसमा भेटवार्ता
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको सोमबारको कार्यतालिका उच्चस्तरीय भेटवार्ता तथा विभिन्न कूटनीतिक कार्यक्रमले व्यस्त बनेको छ । भ्रमणको दोस्रो दिन सोमबार प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता सुरु भएको छ । दुई देशका प्रधानमन्त्रीबीचको भेटवार्तापछि दिउँसो १२ः२५ बजे सोही स्थानमा विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने तथा संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम रहेको छ । सोमबार बिहान राष्ट्रपति भवनमा औपचारिक स्वागत तथा गार्ड अफ अनर ग्रहण गरेका प्रधानमन्त्री शाह त्यसलगत्तै राजघाट पुगेर महात्मा गान्धीको समाधिमा पुष्पगुच्छा अर्पण गरेका थिए । त्यसपछि दिउँसो ३ः१५ बजे प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग राष्ट्रपति भवनमा शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका छ । भ्रमणका औपचारिक तथा कूटनीतिक कार्यक्रम सम्पन्न गरेपछि उनी अपराह्न ४ः५० बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ । यसअघि आइतबार भारत पुगेका प्रधानमन्त्री शाहले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
एनपीएलमा सर्वाधिक विकेट लिएका रिजनलाई हेटौँडामा १ लाख नगदसहित सम्मान
Latest NewsJust now

एनपीएलमा सर्वाधिक विकेट लिएका रिजनलाई हेटौँडामा १ लाख नगदसहित सम्मान

हेटौँडा उपमहानगरपालिकाले हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका मकवानपुरका युवा क्रिकेट खेलाडी रिजन ढकाललाई एक लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरेको छ। चितवन राइनोजबाट प्रतियोगितामा सहभागी ढकाल १७ विकेट लिँदै प्रतियोगिताकै सर्वाधिक विकेटकर्ता बन्न सफल भएका थिए। त्यसको कदर गर्दै हेटौँडा उपमहानगरपालिकाले सोमबार (आज... ...

नेपालखबर
आईजीपी केसीले म्याद नबुझ्दा दानबहादुरको रिटमा सुनुवाइ हुन सकेन
Latest NewsJust now

आईजीपी केसीले म्याद नबुझ्दा दानबहादुरको रिटमा सुनुवाइ हुन सकेन

नेपाल प्रहरीका आईजीपी मनोज केसीले म्याद नबुझ्दा पूर्वआईजीपी दानबहादुर केसीको रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाई नहुने भएको छ।  सर्वोच्च अदालतले आजको लागि पेसी तोकिएको म्याद पटकपटक प्रहरी प्रधान कार्यालयमा बुझाउन खोजे पनि आईजीपी केसीले बुझ्न नमान्दा आजको सुनुवाई प्रभावित भएको सर्वोच्च अदालत स्रोतले जनाएको छ।  अन्य विपक्षीले म्याद बुझे पनि आ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement