बाराको फेटा घटना : छानबिन समिति बन्यो, खोसियो इन्स्पेक्टरको जिम्मेवारी

बारा। अस्पताल उदघाटनको विषयमा भएको झडप र गोली चलेको विषयमा मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ । घटना छानबिनका लागि कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालको नेतृत्वमा तीन सदस्य छानबिन समिति गठन गरेको हो । समितिमा नेपाल प्रहरी विशेष सुरक्षागण ढल्केवरका प्रहरी उपरीक्षक भुवनेश्वरप्रसाद साह र प्रदेश प्रहरी कार्यालय वीरगञ्ज पर्साका प्रहरी निरीक्षक जटाशंकर यादव रहेका छन् । समितिले जतिसक्दो चाँडो छानबिन गरेर प्रतिवेदन बुझाउन भनिएको छ । शनिबार बाराबको फेटा गाउँपालिकामा संघीय सरकारको अनुदानमा नवनिर्मित १५ बेडको अस्पताल उद्घाटन गर्ने कार्यक्रममा झडप भएको थियो । झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय युवक आदित्य पासवान घाइते भएका छन् । प्रदर्शनकारीको ढुंगामुढा लागेर पाँच जना प्रहरी समेत घाइते भएका थिए । प्रदर्शनकारीले १० वटा मोटरसाइकल जलाएका थिए भने नवनिर्मित अस्पतालको शिलालेख समेत तोडफोड गरेका छन् । उक्त घटनामा पहिलेदेखि सुरक्षाको कमान्ड सम्हालेका इलाका प्रहरी कार्यालय प्रसौनीका इन्चार्ज प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुमन लामाको जिम्मेवारी समेत खोसिएको छ । लामालाई त्यहाँबाट तानिएको मधेश प्रदेश प्रहरी स्रोतले जनाएको छ । नेकपा एमालेले पहिलेदेखि नै कार्यक्रम रोक्न चेतावनी दिएको थियो । विवेकशील साझा पार्टीबाट सो पालिका प्रमुख जितेका छन् । पार्टी एकता भएपछि रास्वपाको नेतृत्व भएको सो पालिकाको नवनिर्मित अस्पताल उदघाटनका लागि रास्वपाकी प्रतिनिधिसभा सदस्य समीक्षा बाँस्कोटा पुगेकी थिइन् । उक्त कार्यक्रम नरोक्दा एमालेले बिथोल्ने क्रममा झडप भएको थियो ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

फूलको सौन्दर्य स्वस्थ्य जीवनको प्राकृतिक आधार
फूल प्रकृतिको सुन्दर सिर्जना मात्र होइन, मानव जीवनसँग गहिरो भावनात्मक सम्बन्ध राख्ने प्राकृतिक उपहार पनि हो। ...

हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध
हुम्ला समाचारदाताहुम्ला, कात्तिक १५ गते । हिमाली जिल्ला हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध हुँदै आएको छ । शुक्रबार र शनिबार खराब मौसमका कारण हवाई सेवा अवरुद्ध भएको थियो भने आइत... ...
सरकारको भवन, जनताको घरमा क्षति र जोखिम
• कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले स्थानीयको घरलाई जोखिममा पारेको छ। • निर्माण कार्य रोक्नका लागि सडक डिभिजन जुम्लाले नगरपालिकालाई पत्र काटे पनि नगरपालिकाले निर्माण अघि बढाएको छ। • उपप्रमुखले भवन बनेपछि पहिरोको समस्या समाधान हुने दाबी गर्दै क्षतिपूर्तिका लागि संघ सरकारलाई आग्रह गरेका छन्। ...

‘सिप अब कुनै विशेष समुदायको मात्र रहेन’
विजयकुमार साह धनुषा, कात्तिक १५ गते । तराई मधेशमा ढक्की, डालो र नाङ्लोलगायत बाँसका सामग्री बनाउने पेसा डोम समुदायसँग जोडिएको छ । यो पेसा डोम समुदायको पुख्र्यौली र जीविकोपार्जनको प्... ...


