बाढीपहिरोले यसवर्षको दसैँ भएन उल्लासमय

चितवन । भोटेकोशी, त्रिशूली र बूढीगण्डकी नदीमा गएको बाढीले जनधनको अपूरणीय क्षति पुर्याएको र बाढीपहिरोका कारण प्रमुख राजमार्ग प्रभावित भएकाले विगतको तुलनामा यसवर्षको दसैँ खल्लो भएको स्थानीयको भनाइ छ । भोटेकाशी बाढीमा परी आफन्त गुमाएका, त्रिशूली तथा नारायणी नदीको बाढीपछि उद्धारमा सक्रिय भएका तथा राहत वितरणमा खटिएका चितवनवासीको यो दसैँमा रमाउन नसकिएको तथा यसअघिको तुलनामा रौनक तथा उत्साह नआएको भनाइ छ । “बाढीका कारण ठूलोे सङ्ख्यामा मानिस अहिले पनि बेपत्ता छन् । कतिपयको शव पहिचान भएको छ । भेटिएका शव डिएनए परीक्षणका लागि जमिनमुनि व्यवस्थापन गरिएको अवस्था छ । आफ्ना परिवारका सदस्यको निधन र बेपत्ता हुँदाको पीडा सही नसक्नु छ । विपद्सँगै दशा लागेको वर्षको यो दसैँ मनाउनेभन्दा पनि सम्झन पनि सकिएको छैन”, उनीहरूको भनाइ छ । भोटेकोशी बाढीले गोसाइँकुण्ड तीर्थ यात्रामा हिँड्नुुभएका मामा विश्वनाथ पौडेलकोे अवस्था अज्ञात बनाएपछि स्थानीय कृष्णपुरका किशोर सापकोटालाई यस वर्षको दसैँ खल्लो लाग्यो । “घरमा टीका भए पनि शाक्य मामाको सम्झनाले हर्षाेल्लासका साथ उत्साहपूर्ण वातावरणमा दसैँ मनाउन सकिएन । दसैँ त आयो, हाम्रोमा आएन”, उनले भने । भोटेकोशी बाढीमा बगाएकाको शव बोक्ने काममा लागेका संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष नवराज लामिछाने नवरात्रिभर फलारी बसेर पूजापाठ गर्नु भए पनि दसैँको खुसी पाउन नसकेको बताउँछन् । उनले भने, “धार्मिक कर्म गरेँ, तर दसैँको उत्साह हामीलाई भएन । नदी किनारमा उद्धारमा खटिँदाको क्षण सम्झनामा आइरहँदा हर्षाेल्लासका साथ दसैँ मान्ने अवस्थै रहेन ।” भोटेकोशी बाढीपछि चितवनस्थित नारायणीमा सबैभन्दा बढी शव तैरिएको अवस्थामा एम्बुलेन्स चालकका रुपमा उद्धारमा खटिएका र दसैँको मुखमा खाद्यान्न अभाव भएका विपन्न परिवारसम्म राहत बाँडेको समाजसेवी लामिछानेले भने , “यस्तो विषम परिस्थितिमा यस वर्ष कुन खुसीले दसैँ मनाइएन ।” महाअष्टमीका दिनमा समेत खानाको अभाव भएको गुनासोसँगै भूमिहीन बस्तीमा आफ्नै गाडीमा खाद्यान्न बोकेर पुगेका समाजसेवी विनोद ढकालले जिल्लाको पहाडी चेपाङ बस्तीमा यसवर्ष पनि खाद्यान्न बाँडे । उनले भने, “बाढीका कारण कैयौँ मान्छे मरे, कति हराए, कतै गरिबीको चपेटा, यस्तो हालतमा खुसीसाथ कसरी दसैँ मनाउनु, प्रतिकुल परिस्थितिका बीच यस वर्ष समाजसेवामा समर्पित भएर दसैँ मनाइयो ।” दसैँको टीकाको दिनमा उनले नेतृत्व गरिरहेका चितवन मानव सेवा आश्रमका बुवाआमा र बालबालिकासँग टीका लगाएपछि परिवार र इष्टमित्रसँग टीका थापे पनि उत्साहपूर्ण नभएको उनले बताए । भोटेकोशी बाढीले बगाएर यहाँ ल्याएका शव उद्धारमा खटिएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेल विगतकोजस्तो चहलपहल यस वर्षको दसैँमा नभएको बताउँछन् । सवारी आवतजावतसमेत कम भएको भन्दै उनले भने, “सबैतिरको प्रतिक्रिया सुन्दा विगतजस्तो दसैँ यस वर्ष भएन ।” राजमार्ग र भित्री सडकमा कम सवारी गुडेको उनको भनाई छ । कतिबेला पानी आउँछ र राजमार्ग बन्द हुन्छ भन्ने डरैडरका कारण मानिसको आवतजावत कम भइदिँदा परिवारसँग रही दसैँ मनाउनेक्रम कमी आएको तथा आआफ्ना घरमा टीका लगाएर आफन्तजन तथा इष्टमित्रकामा नगाएकाले पनि यस वर्षको दसैँमा चहलपहल कम भएको देखिन्छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

पाटनको अष्टमातृका नाच सम्पन्न
ललितपुर । परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने ललितपुरको पाटनको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको अष्टमातृका नाच (गँः प्याखँ) बिहीबार सम्पन्न भएको छ । हरेक वर्ष घटस्थापनाको दिनदेखि... ...

अफ्रिकामा फैलिँदै इबोला
काठमाडौँ । नाइजेरियामा इबोला भाइरसको सङ्क्रमण पुष्टि भएपछि अफ्रिकाले थप जटिल प्रकोपको सामना गर्नुपरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अफ्रिका क्षेत्रीय निर्देशक मोहम्मद जनाबीले चेतावनी दिएका छन् । बिहीबार आयोजित अनलाइन... ...

अर्थमन्त्री वाग्ले ‘एनडीटीभी वर्ल्ड समिट’मा सहभागी हुन नयाँदिल्लीमा
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली आइपुगेका छन्। उनी भारतीय टेलिभिजन च्यानल एनडीटीभीले आयोजना गर्ने ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सहभागी हुन बिहीबार बिहान नयाँदिल्ली पुगेका हुन्। डा. वाग्ले बिहीबार बिहान १० बजे एयर इन्डियाको नियमित उडानबाट नयाँदिल्ली पुगेका हुन्। दुई सदस्यीय भ्रमण टोलीमा उनीसँगै प्रमुख स्वकीय सचिव नवीन ढुङ्गाना सहभागी छन्। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका ...

अर्थमन्त्री वाग्ले ‘एनडीटीभी वर्ल्ड समिट’मा सहभागी हुन नयाँदिल्लीमा
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली आइपुगेका छन्। उनी भारतीय टेलिभिजन च्यानल एनडीटीभीले आयोजना गर्ने ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सहभागी हुन बिहीबार बिहान नयाँदिल्ली पुगेका हुन्। डा. वाग्ले बिहीबार बिहान १० बजे एयर इन्डियाको नियमित उडानबाट नयाँदिल्ली पुगेका हुन्। दुई सदस्यीय भ्रमण टोलीमा उनीसँगै प्रमुख स्वकीय सचिव नवीन ढुङ्गाना सहभागी छन्। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका ...


