बाढीपहिरोले बेनी–जोमसोम–कोरला सडकमा अर्बौंको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने अनुमान

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्का कारण चीन र भारतलाई जोड्ने रणनीतिक महत्त्वको बेनी–जोमसोम–कोरला सडकमा करिब १ अर्ब रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको छ । गत असोज दोस्रो साताको अविरल वर्षापछि आएको पहिरो तथा कालीगण्डकी नदीको बाढी र कटानका कारण क्षतविक्षत बनेको यो सडकलाई पुरानै अवस्थामा फर्काउन ३ देखि ४ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ । बेनी–जोमसोम–कोरला सडक योजनाका अनुसार कालीगण्डकीको बाढीले १० ठाउँमा सडक बगाउनुका साथै ५० भन्दा बढी स्थानमा पहिरोले क्षति पुर्याएको छ । आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार करिब ८० देखि ९० करोड रुपैयाँ क्षति भएको सडकलाई अस्थायी मर्मत गरी २ हप्तामै सञ्चालनमा ल्याइए पनि दिगो पुनर्निर्माणका लागि ठूलो बजेट आवश्यक पर्छ । “पहिरो र नदी नियन्त्रणका साथै म्याग्दी खण्डमा अब अस्फाल्ट पिचको डिजाइनअनुसार काम गर्नुपर्ने देखिएको छ,” शर्माले भने । पर्वतको मालढुङ्गादेखि मुस्ताङको कोरला नाका जोड्ने २०२ किलोमिटर सडकमध्ये म्याग्दीको ३३ किलोमिटर दूरीमा सबैभन्दा धेरै क्षति पुगेको छ । सङ्घीय सडक सुपरिवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीका अनुसार आव २०७३/७४ मा निर्माण सुरु भएयता यस सडक खण्डमा हालसम्मकै उच्च क्षति भएको हो । बाढी-पहिरोपछि पहिले १ घण्टा ३ मिनेटमा पार गरिने म्याग्दी खण्ड पार गर्न अहिले ३ देखि ४ घण्टासम्म लाग्ने गरेको छ । पर्वत र म्याग्दीका दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र नदी कटानले क्षति पुर्याएको छ । कालीगण्डकीले बगाएको पोखरेबगर सडक पुलमा अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिए पनि एकतर्फी बाटोका कारण सवारीसाधन फस्ने र घण्टौँ जाम हुने समस्या रहेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए । उत्तरी सीमावर्ती नाका पुग्ने मालवाहक कन्टेनर, मुस्ताङ भ्रमणमा जाने पर्यटक र सर्वसाधारणको चापका कारण यो सडक निकै व्यस्त रहँदै आएको छ । केही दिनअघि क्षतिग्रस्त सडकको निरीक्षण गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सडक पुनर्निर्माणका लागि बजेटको कमी हुन नदिने र कामलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता जनाएका थिए ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

पर्सामा एक महिनामा १११ अपराधका घटना
काठमाडौं।जिल्ला प्रहरी कार्यालय पर्साले असोज महिनामा जिल्लामा भएका आपराधिक गतिविधि, अपराध अनुसन्धान तथा नियन्त्रणको प्रगति विवरण सार्वजनिक भएको छ। पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार उक्त महिनामा विभिन्न प्रकृतिका ११ वटा अपराधका घटना दर्ता भए। शान्ति सुरक्षाको हिसाबले निकै चुनौतीपूर्ण मानिने पर्सा जिल्लामा चाडबाड, विशेष गरी बडादशैं लक्षित सुरक्षा योजना लागू गरिएको उक्त महिनामा सामाजिक अपराधका ६१ घटना ...

सुर्खेतमा फोर्स गाडी दुर्घटना, ९ जना घाइते
सुर्खेत। पश्चिम सुर्खेतको पञ्चपुरीमा फारेर फोर्स गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। कैलालीको लम्किबाट अछामका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी मंगलबार अनियन्त्रित पञ्चपुरी नगरपालिका–३,... ...

तामाकोशी किनारका फाँटमा धान पहेँलपुर, दसैँको समयमा बाली भित्र्याउने चटारोमा किसान
रामेछाप । रामेछापको तामाकोशी नदी किनारका फाँटमा धानबाली पाकेर पहेँलपुर भएको छ । दसैँको समयमा धान पाकेपछि किसानहरू बाली काटेर भित्र्याउने तयारीमा जुटेका छन् । नदी किनारका फाँटमा लहलहाएको धानबालीले ग्रामीण क्षेत्रको प्राकृतिक सौन्दर्यसमेत बढाएको छ । तामाकोशी नदी आसपासका खेतमा पाकेको धानले फाँटहरू पहेँलाम्मे देखिएका छन् । धानका बाला झुलेसँगै किसानहरूलाई वर्षभरि गरेको मेहनतको प्रतिफल भित्र्याउने चटारो सुरु भएको छ ...

दशैंको महानवमीमा काठमाडौंको मौसम र बाक्लो घरबस्तीको दृश्य (फोटो फिचर)
• बडादशैंको महानवमीका दिन काठमाडौं उपत्यकामा मौसमको दृश्य र घरबस्तीको चहलपहल देखिएको छ। • उपत्यकाका घरबस्ती र प्राकृतिक वातावरणले काठमाडौंको सहरी स्वरूपलाई झल्काउँछ। ...


