Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

बाढीका बेपत्ताको पर्खाइमा परिवारको पीडा

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाढीका बेपत्ताको पर्खाइमा परिवारको पीडा
Photo / Coverage: नेपालन्युज

बाँके।रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा आफन्त गुमाएका बाँकेका परिवारले बेपत्ताको सास वा लाश भेटिने आशा क्रमशः मार्दै गएका छन्। बाढीमा आफन्त बेपत्ता भएको ७० दिन बितिसक्दा पनि कुनै खबर नआएपछि उनीहरू अन्योल र पीडामा छन्। गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले बगाएर बेपत्ता पारेका आफन्तको अवस्था अझै अज्ञात रहेको नेपालगञ्ज उपमहानगरपालिका–२० थपुवाका अनलाल रोकायले बताए। उनका दाजु, भाउजु र छोरा बाढीमा बेपत्ता भएका थिए। “७० दिनभन्दा बढी भयो, बेपत्ता भएका हाम्रा मान्छेको न त सास भेटिएको छ, न त लाश नै। अब सास र लाश भेटिने आशा मर्दै गएको छ”, उनले भने, “डिएनए परीक्षणको रिपोर्ट पनि आएको छैन। सरकारले मृत्यु घोषणा गरिदिए मृत्यु संस्कार गर्ने सोच बनाएका छौं।” आफन्तको मृत्यु संस्कार समेत गर्न नपाउँदा पीडामाथि पीडा थपिएको उनले बताए। बेपत्ताको कुनै खबर नआउँदा यस वर्षको दसैँ र तिहार उनका लागि झन् पीडादायी बने। चाडपर्वका बेला बेपत्ता दाजु, भाउजु र छोराको सम्झनाले सताउने गरेको उनले सुनाए। रसुवा भन्सार कार्यालयको टिमुरे क्षेत्रमा काम गर्दै आएका ५३ वर्षीय दाजु शेरसिंह रोकाय, ५६ वर्षीया भाउजु विष्णुमती रोकाय र उनीहरूलाई भेट्न तथा गोसाइँकुण्ड दर्शन गर्न पुगेका १९ वर्षीय छोरा दीपक रोकाय बाढीमा परी बेपत्ता भएका थिए। बुढेसकालको सहारा एक्लो छोरा र जीवनको आधार बनेका दाजु–भाउजु एकै पटक बेपत्ता भएपछि अनलाल र उनकी श्रीमती कर्णसरी रोकाय शोकमा छन्। लामो समयसम्म पनि आफन्तको अवस्था पत्ता नलाग्दा परिवारमा निराशा बढ्दै गएको छ। “हाम्रा मान्छे कतै फर्किहाल्छन् कि भन्ने आशा अब मर्दै गएको छ। न सास पाइयो, न लाश नै। दोधारमै समय बितिरहेको छ”, अनलालले भने, “दसैं र तिहारमा मनभित्रको असह्य पीडा झन् बल्झिएर आउने गरेको छ।” शव पहिचानका लागि डिएनए परीक्षणको नमुना दिएपछि आफन्तको अवस्था थाहा हुने आशा जागेको भए पनि अहिलेसम्म रिपोर्ट नआएको उनले बताए। उनले नेपालगञ्जस्थित भेरी अस्पतालमा डिएनए परीक्षणका लागि नमुना दिएका थिए। डिएनए परीक्षणको नतिजा र बेपत्ता व्यक्तिको अवस्थाबारे सरकारले आधिकारिक जानकारी नदिँदा परिवारले सामाजिक तथा धार्मिक संस्कार गर्न नसकेको उनको भनाइ छ। सरकारले मृत्यु भएको वा खोजी गर्दा पनि फेला पार्न नसकिएकोबारे आधिकारिक घोषणा गरेमा संस्कार गर्न सहज हुने उनले बताए। “सास वा लाश केहीको अत्तोपत्तो छैन। के आधारमा सामाजिक संस्कार गर्ने भन्ने दोधारमा छौं”, उनले भने, “हामी डिएनए रिपोर्टको प्रतीक्षामा छौं। सरकारले आधिकारिक रूपमा मृत वा फेला पार्न नसकिएको घोषणा गरेपछि मात्रै सामाजिक संस्कार गर्ने सोच बनाएका छौं।” सोही बाढीमा परी थपुवाका आराम दमाईं र उजना दमाईं पनि बेपत्ता भएका थिए। रोजीरोटीका लागि रसुवा पुगेका उनीहरूका १६ वर्षीय छोरा सुभास नेपाली, ११ वर्षीय छोरा अश्विन र नौ वर्षीया छोरी स्मारिका आमाबुवा फर्किने आशामा दिन बिताइरहेका छन्। थपुवाका दुवै परिवारमा चाडपर्व समेत शोकमा बितेका छन्। बेपत्ता परिवारको सामाजिक तथा धार्मिक संस्कार गर्न र उनीहरूमा रहेको अन्योल अन्त्य गर्न डिएनए परीक्षणको नतिजा शीघ्र सार्वजनिक गर्नुका साथै सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने नेपालगञ्ज उपमहानगरपालिका–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले बताए। भोटेकोशी बाढीमा परी बाँकेका २३ जना अझै बेपत्ता रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए। उनका अनुसार हालसम्म तीन जनाको शव पहिचान भई मृत्यु घोषणा गरिएको छ भने ३२ जनाको सकुशल उद्धार गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमेरिकी मध्यावधि निर्वाचनमा मस्क एक्लैले ४५ करोड डलर खर्च गरेको दाबी
Latest NewsJust now

अमेरिकी मध्यावधि निर्वाचनमा मस्क एक्लैले ४५ करोड डलर खर्च गरेको दाबी

काठमाडौं । अमेरिकी अर्बपति एलन मस्कले मध्यावधि निर्वाचनमा रिपब्लिकन उम्मेदवारलाई जिताउन करिब ४५ करोड डलर खर्च गरे पनि डेमोक्र्याटिक पार्टीले उल्लेखनीय जित हासिल गरेपछि अहिले यो विषय चर्चाको विषय बनेको छ । निर्वाचनमा कुनै एक व्यक्तिले खर्च गरेको यो अहिलेसम्मकै ठूलो रकम भएको बताइएको छ । मस्कले टेक्सससहित एरिजोना, मिसिगन, विस्कन्सिन र मिनेसोटाका विभिन्न निर्वाचन क्षेत्रमा रिपब्लिकन उम्मेदवारको पक्षमा करोडौँ डलर ...

कर्पोरट खबर
ट्रेकिङ कम्पनीलाई ५० हजार रुपियाँ जरिवाना
Latest NewsJust now

ट्रेकिङ कम्पनीलाई ५० हजार रुपियाँ जरिवाना

काठमाडौँ, कात्तिक १९ गते । पदयात्रा अनुमति नलिई विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लगेको अभियोगमा अध्यागमन विभागले एक ट्रेकिङ कम्पनीलाई ५० हजार रुपियाँ जरिवाना गरेको छ ।विभागले कान... ...

गोरखापत्र
जनता विपद् र महँगीको मारमा पर्दा सरकारको ध्यान आईजीपी हटाउनेतर्फ देखियो : भीष्मराज आङदेम्बे
Latest NewsJust now

जनता विपद् र महँगीको मारमा पर्दा सरकारको ध्यान आईजीपी हटाउनेतर्फ देखियो : भीष्मराज आङदेम्बे

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले देश गम्भीर संकटमा रहेका बेला सरकारको प्राथमिकता भने प्रहरी महानिरीक्षक (आईजीपी) हटाउनेतर्फमात्र मात्र केन्द्रित भएको भन्दै कटाक्ष गरेका... ...

रातोपाटी
गैरकानुनी गिरफ्तार गर्न नमानेपछि कार्कीलाई महानिरीक्षकबाट हटाइयो :  महामन्त्री राणा
Latest NewsJust now

गैरकानुनी गिरफ्तार गर्न नमानेपछि कार्कीलाई महानिरीक्षकबाट हटाइयो :  महामन्त्री राणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले गैरकानुनी गिरफ्तारी गर्न नमानेपछि सरकारले उनलाई पदबाट हटाएको बताएका छन् । कांग्रेस क्षेत्र नम्बर १ ललितपुरले बज्रबाराहीमा बिहीबार आयोजना... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play