Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

अमेरिकी मध्यावधि निर्वाचनमा मस्क एक्लैले ४५ करोड डलर खर्च गरेको दाबी

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकी मध्यावधि निर्वाचनमा मस्क एक्लैले ४५ करोड डलर खर्च गरेको दाबी
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । अमेरिकी अर्बपति एलन मस्कले मध्यावधि निर्वाचनमा रिपब्लिकन उम्मेदवारलाई जिताउन करिब ४५ करोड डलर खर्च गरे पनि डेमोक्र्याटिक पार्टीले उल्लेखनीय जित हासिल गरेपछि अहिले यो विषय चर्चाको विषय बनेको छ । निर्वाचनमा कुनै एक व्यक्तिले खर्च गरेको यो अहिलेसम्मकै ठूलो रकम भएको बताइएको छ । मस्कले टेक्सससहित एरिजोना, मिसिगन, विस्कन्सिन र मिनेसोटाका विभिन्न निर्वाचन क्षेत्रमा रिपब्लिकन उम्मेदवारको पक्षमा करोडौँ डलर खर्च गरेका थिए । टेक्ससमा सिनेटको सिटका लागि भएको प्रतिस्पर्धामा डेमोक्र्याटिक उम्मेदवार जेम्स टालारिकोले रिपब्लिकन उम्मेदवार केन प्याक्सटनलाई पराजित गरे । प्याक्सटनको समर्थनमा मात्रै मस्कले कम्तीमा चार करोड ५० लाख डलर खर्च गरेको एक प्रतिवेदनमा उल्लेख छ । निर्वाचन परिणाम सार्वजनिक भएपछि मस्कले सामाजिक सञ्जाल एक्समा व्यङ्ग्यात्मक टिप्पणी गर्दै आफ्नो ‘निर्वाचनमा हस्तक्षेप गर्ने अन्तरिक्षीय लेजर’ले काम नगरेको बताएका थिए । उनले यसअघि डेमोक्र्याटिक उम्मेदवार विजयी भएमा आप्रवासन बढ्ने, वासिङ्टन डिसी र पोर्टो रिको राज्य बन्ने तथा सर्वोच्च अदालतका न्यायाधीशको सङ्ख्या बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए । निर्वाचनपछि उनले तीमध्ये केही टिप्पणी हटाएका छन् । रिपब्लिकन उम्मेदवारको पराजयले मस्कका कम्पनीहरू टेस्ला र स्पेसएक्समाथि सरकारी निगरानी तथा नियमन बढ्न सक्ने देखिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि स्पेसएक्सले अनुमानित १० अर्ब डलर बराबरका नयाँ सरकारी ठेक्का पाएको बताइएको छ । डेमोक्र्याटिक सांसदहरूले सरकारी काम र राष्ट्रिय सुरक्षामा कम्पनीको बढ्दो भूमिकामाथि छानबिन गर्नुपर्ने माग गरेका छन् । कृत्रिम बुद्धिमत्ता क्षेत्रमा काम गर्ने प्रविधि कम्पनीका विशाल तथ्याङ्क केन्द्र निर्माणमा पनि नयाँ चुनौती थपिन सक्ने देखिएको छ । जर्जियासहित विभिन्न राज्यमा तथ्याङ्क केन्द्रको तीव्र विस्तार नियन्त्रण गर्ने तथा प्रविधि कम्पनीलाई दिइने कर छुट घटाउने विषय निर्वाचनका प्रमुख मुद्दा बनेका थिए । मंगलबार विभिन्न राज्यमा तथ्याङ्क केन्द्रको विस्तार सीमित गर्ने दर्जनौँ प्रस्ताव पारित भएका छन् । निर्वाचन परिणामले प्रविधि क्षेत्रमा थप नियमनको सम्भावना बढाएपछि लगानीकर्तामाझ अनिश्चितता सिर्जना भएको विश्लेषकहरूको भनाइ छ । डेमोक्र्याटिक सांसद एड मार्कीले ठूला प्रविधि कम्पनीका प्रमुखमाथि छानबिन हुने सङ्केत गर्दै धेरै समन जारी गर्नुपर्ने टिप्पणी गरेका छन् । बुधबार बिहान अधिकांश प्रविधि कम्पनीका सेयर बढे पनि टेस्लाको सेयर ४.९ प्रतिशत र स्पेसएक्सको ३.४ प्रतिशतले घटेको थियो । निर्वाचनपछि मस्कले राजनीतिक विषयमा टिप्पणी गर्न छाडेर आफ्नो कम्पनी एक्सएआईले विकास गरेको कृत्रिम बुद्धिमत्ता प्रणाली ‘ग्रोक’को प्रशंसा गर्न थालेका थिए । यसैबीच, लिङ्क्डइनका संस्थापक तथा डेमोक्र्याटिक पार्टीका प्रमुख दाता रिड हफम्यानले निर्वाचन परिणामलाई अपेक्षाभन्दा ठूलो सफलता भन्दै स्वागत गरेका छन् । उनले मस्कजस्ता अर्बपतिले अधिनायकवादी प्रवृत्तिका नेताहरूलाई सत्तामा राख्न ठूलो रकम खर्च गरिरहेको टिप्पणी गर्दै अमेरिकी लोकतान्त्रिक मूल्यमा विश्वास गर्नेहरू पछि हट्न नहुने बताएका छन् । The post अमेरिकी मध्यावधि निर्वाचनमा मस्क एक्लैले ४५ करोड डलर खर्च गरेको दाबी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ट्रेकिङ कम्पनीलाई ५० हजार रुपियाँ जरिवाना
Latest NewsJust now

ट्रेकिङ कम्पनीलाई ५० हजार रुपियाँ जरिवाना

काठमाडौँ, कात्तिक १९ गते । पदयात्रा अनुमति नलिई विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लगेको अभियोगमा अध्यागमन विभागले एक ट्रेकिङ कम्पनीलाई ५० हजार रुपियाँ जरिवाना गरेको छ ।विभागले कान... ...

गोरखापत्र
जनता विपद् र महँगीको मारमा पर्दा सरकारको ध्यान आईजीपी हटाउनेतर्फ देखियो : भीष्मराज आङदेम्बे
Latest NewsJust now

जनता विपद् र महँगीको मारमा पर्दा सरकारको ध्यान आईजीपी हटाउनेतर्फ देखियो : भीष्मराज आङदेम्बे

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले देश गम्भीर संकटमा रहेका बेला सरकारको प्राथमिकता भने प्रहरी महानिरीक्षक (आईजीपी) हटाउनेतर्फमात्र मात्र केन्द्रित भएको भन्दै कटाक्ष गरेका... ...

रातोपाटी
बाढीका बेपत्ताको पर्खाइमा परिवारको पीडा
Latest NewsJust now

बाढीका बेपत्ताको पर्खाइमा परिवारको पीडा

बाँके।रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा आफन्त गुमाएका बाँकेका परिवारले बेपत्ताको सास वा लाश भेटिने आशा क्रमशः मार्दै गएका छन्। बाढीमा आफन्त बेपत्ता भएको ७० दिन बितिसक्दा पनि कुनै खबर नआएपछि उनीहरू अन्योल र पीडामा छन्। गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले बगाएर बेपत्ता पारेका आफन्तको अवस्था अझै अज्ञात रहेको नेपालगञ्ज उपमहानगरपालिका–२० थपुवाका अनलाल रोकायले बताए। उनका दाजु, भाउजु र छोरा ...

नेपालन्युज
गैरकानुनी गिरफ्तार गर्न नमानेपछि कार्कीलाई महानिरीक्षकबाट हटाइयो :  महामन्त्री राणा
Latest NewsJust now

गैरकानुनी गिरफ्तार गर्न नमानेपछि कार्कीलाई महानिरीक्षकबाट हटाइयो :  महामन्त्री राणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले गैरकानुनी गिरफ्तारी गर्न नमानेपछि सरकारले उनलाई पदबाट हटाएको बताएका छन् । कांग्रेस क्षेत्र नम्बर १ ललितपुरले बज्रबाराहीमा बिहीबार आयोजना... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play