Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Others/बाढी र उद्धारबारे सेनाको ब्रिफिङ- ‘विपद् व्यवस्थापनमा दोहोरो कमाण्ड वाधक’

बाढी र उद्धारबारे सेनाको ब्रिफिङ- ‘विपद् व्यवस्थापनमा दोहोरो कमाण्ड वाधक’

10/30/2026, 1:29:20 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
बाढी र उद्धारबारे सेनाको ब्रिफिङ- ‘विपद् व्यवस्थापनमा दोहोरो कमाण्ड वाधक’

नेपाली सेनाले विपद् व्यवस्थापनमा दोहोरो कमाण्ड बाधक बनेको बताएको छ । शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको संसदीय विशेष समितिमा ब्रिफिङ गर्दै नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले विपद् व्यवस्थापनमा विभिन्न सरकारी निकायबीच क्षेत्राधिकारको दोहोरोपन देखिँदा समन्वयमा चुनौती थपिएको बताएका छन् । उनले छरितो र एकल ‘चेन अफ कमाण्ड’ आवश्यक रहेको औँल्याए । गोरखाको उत्तरी भेगस्थित सिरिङ्गे हिमालमा खसेको हिमपहिरोको गेग्रानले बुढीगण्डकीको सहायक नदी स्यार खोला करिब दुई घण्टा थुनिएपछि भीषण बाढी आएको थियो । बिहान ४ः२० बजे थुनिएको नदी ६ः१५ बजे खुलेपछि बाढी आरूघाट, धादिङको बेँसीघाट र मुग्लिन हुँदै करिब आठ घण्टामा चितवनसम्म पुगेको थियो । बाढीले निर्माणाधीन ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनालाई क्षति पुर्‍याउनुका साथै तीनवटा पक्की मोटरेबल र तीनवटा झोलुङ्गे गरी कुल ६ वटा पुल बगाएको थियो । घटनामा ६ जना सम्पर्कविहीन भएका छन् भने ९१.५ किलोमिटर सडक सञ्जाल अवरुद्ध भएको थियो । नेपाली सेनाले नदी थुनिएको सूचना पाउनासाथ बिहान ६ः३६ बजे नै हवाई रेकी टोली परिचालन गरेको र ७ः५२ बजे गोरखा पुगेर खोज तथा उद्धार कार्य सुरु गरेको जनाएको छ । ६ दिनसम्म सञ्चालित उक्त अपरेसनका क्रममा हवाई र जमिन दुवै मार्गबाट १ हजार २५ जनाको उद्धार गरिएको तथा १३ हजार ९३० किलोग्राम राहत सामग्री ढुवानी गरिएको सहायक रथी थापाले जानकारी दिए । यसका साथै मनास्लु पदमार्ग क्षेत्रमा रहेका विदेशी पर्यटकहरूको व्यवस्थापन र लाइफलाइन मानिने आरूघाटको बेलिब्रिज पुनर्निर्माण गरी आवागमन खुलाइएको थियो । संसदीय समितिसमक्ष भावी कार्यदिशा प्रस्तुत गर्दै सेनाले विपद्पछिको पुनर्निर्माण र पुनःस्थापनाको नेतृत्व जिल्ला विपद् व्यवस्थापन समितिले लिनुपर्ने र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले अनुगमन गर्नुपर्ने सुझाव दिएको छ । थापाले पुनःस्थापना र पुनर्निर्माणको नेतृत्व जिल्ला तहले गर्ने तथा प्राधिकरणले अनुगमन गर्ने व्यवस्था मिलाउनुपर्ने बताए । उनले भने, ‘पुनःस्थापना र पुनर्निर्माणको नेतृत्व जिल्ला तहले गर्ने तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुगमन गर्ने व्यवस्था मिलाउनुपर्छ ।’ खोजी कार्यलाई निरन्तरता दिने र भग्नावशेष हटाउँदा सरोकारवालाबीच स्पष्ट कार्यविभाजन गर्नुपर्ने पनि सेनाको सुझाव छ । सडक, स्वास्थ्य सेवा र शिक्षा प्रणालीलाई प्राथमिकताका साथ पुनःस्थापना गर्नुपर्ने तथा शव व्यवस्थापन निर्धारित प्रोटोकलअनुसार गर्नुपर्ने थापाले बताए । उनले हिमताल तथा हिमपहिरोको जोखिम न्यूनीकरणका लागि प्रभावकारी पूर्वसूचना प्रणाली विकास गर्नुपर्ने र उपकरणसहित दक्ष खोज तथा उद्धार जनशक्तिलाई तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिए । थापाले भने, ‘हिमताल तथा हिमपहिरोको जोखिम न्यूनिकरणका लागि प्रभावकारी पूर्वसूचना प्रणाली विकास गर्ने, उपकरणसहित दक्ष खोज तथा उद्धार जनशक्तिलाई तयारी अवस्थामा राख्ने ।’ नेपालतर्फ फर्किएका कम्तीमा ४५ वटा हिमताल जुनसुकै बेला फुट्न सक्ने जोखिम रहेको भन्दै सेनाले पूर्वसूचना प्रणालीलाई घरधुरी तहसम्म पुर्‍याउनुपर्नेमा जोड दिएको छ । विपद् व्यवस्थापनमा देखिएको अधिकारको दोहोरोपन हटाउनुपर्नेमा जोड दिँदै थापाले भने, ‘विपद् व्यवस्थापनमा देखिएको अधिकारको दोहोरोपन हटाई स्पष्ट, छिटो र प्रभावकारी कमान्ड तथा समन्वय प्रणाली विकास गर्ने ।’ विपद् व्यवस्थापनका क्रममा गृह मन्त्रालय, एनडीआरआरएमए तथा प्रदेश र स्थानीय तहका आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूबीच अधिकारको दोहोरोपन देखिएको उल्लेख गर्दै सेनाले संकटको घडीमा प्रभावकारी उद्धारका लागि स्पष्ट र छरितो एकीकृत कमाण्ड प्रणाली तर्जुमा गर्न नीति निर्माताहरूको ध्यानाकर्षण गराएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

दशैँ बिदा सकियो, हुम्लाका सरकारी कार्यालय प्रमुखविहीन
OthersJust now

दशैँ बिदा सकियो, हुम्लाका सरकारी कार्यालय प्रमुखविहीन

हिन्दुहरुको महान पर्व बडादशैँ सकिएको चार दिन पुग्दासम्म जिल्लास्थित अधिकांस सरकारी कार्यालयका प्रमुखविहीन छन् । हुम्लाका स्थानीय तह, संघ र प्रदेश मातहतका कार्यालय प्रमुख दशैँ मनाउन घर गएपनि हालसम्म जिल्ला बाहिर बसेका छन् । उनीहरु दशैँ बिदामा गएपनि कार्यालयमा उपस्थित नसकेपछि निमित्तका भरमा दैनिक कार्य सञ्चालन हुँदै आएको छ । दशैंको अवसरमा सरकारले दिएको लामो बिदापछि सोमबारबाट कार्यालय खुले पनि यहाँका अधिकांस ...

पर्दाफास
अर्घाखाँचीमै सवारी नवीकरण सेवा, ब्लुबुक नवीकरण गर्न बुटवल जानु नपर्ने
OthersJust now

अर्घाखाँचीमै सवारी नवीकरण सेवा, ब्लुबुक नवीकरण गर्न बुटवल जानु नपर्ने

सेवा सुरु भएसँगै सवारी साधनको नवीकरण र राजस्व बुझाउन बुटवल पुग्नुपर्ने बाध्यता हटेको भन्दै मुख्यमन्त्री आचार्यले यातायात क्षेत्रका अन्य सेवा पनि क्रमशः जिल्लामै विस्तार गर्ने योजना रहेको बताए । ...

अनलाइन खबर
जनकपुर बोल्ट्सका हरेक ‘डट बल’मा मधेशका महिलालाई एक सेनेटरी प्याड
OthersJust now

जनकपुर बोल्ट्सका हरेक ‘डट बल’मा मधेशका महिलालाई एक सेनेटरी प्याड

अभियानअन्तर्गत जनकपुर बोल्ट्सका बलरले फाल्ने प्रत्येक ‘डट बल’ बराबर मधेशका ग्रामीण क्षेत्रमा एक थान सेनेटरी प्याड वितरण गरिनेछ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play