Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बाढी पहिरो प्रभावितलाई प्रवासीको आठ लाख सहयोग

बाढी पहिरो प्रभावितलाई प्रवासीको आठ लाख सहयोग

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाढी पहिरो प्रभावितलाई प्रवासीको आठ लाख सहयोग

म्याग्दी।पछिल्लो मनसुनजन्य विपदबाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकालाई प्रवासीहरुबाट करिब आठ लाख सहयोग प्राप्त भएको छ। रोजगारी, पेसा, व्यवसाय र अध्ययनको सिलसिलामा अष्ट्रेलियामा रहेका जलजला जन्मथलो भएकाहरु आबद्ध पर्वत जलजला ‘नेपाली कम्युनिटी’ ले सात लाख ८३ हजार ३५८ रुपौंयाँ सहयोग गरेको हो। अष्ट्रेलियामा रहेका विक्रम खत्रीको नेतृत्वमा संकलन गरिएको उक्त रकम जलजला गाउँपालिकाको विपद् कोषमा जम्मा भएको अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए। अध्यक्ष आचार्यले सहयोगदाताहरुलाई धन्यवाद दिँदै विपदबाट क्षति पुगेका निजी आवास र भौतिक पूर्वाधार पुनर्निर्माणमा परिचालन गरिने बताए। उनका अनुसार बाढीपहिरोबाट जलजलामा १२६ घर पूर्ण र ५० घर आंशिक रूपमा क्षति भएका छन्। थप एक ४० घर जोखिममा रहेका गाउँपालिकाले विवरण संकलन गरेको छ। फर्से, लामाखेत, ताङवाङ, खानीगाउँ, पालसीङ बढी प्रभावित भएका छन्। तटीय क्षेत्रमा कटान र बाढीको जोखिम बढेको छ। गाउँपालिका उपाध्यक्ष दीपक आचार्यले बाढीपहिरो प्रभावितको पुनर्वास र पुनर्निर्माणका लागि अल्पकालीन तथा दीर्घकालीन योजना बनाइएको बताए। “तत्कालका लागि जस्तापाता, भाँडाकुँडा, लत्ताकपडा र खाद्यान्न उपलब्ध गराएर अस्थायी टहरा बनाई बसोबासको व्यवस्था मिलाउने योजना छ,” उनले भने, “दीर्घकालीन रूपमा सरकारको नीतिअनुसार निजी आवास र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण गर्नेछौं।” उनका अनुसार निजी आवाससँगै क्षतिग्रस्त सडक, खानेपानी, सिँचाइ र विद्यालय भवन पुनर्निर्माण तथा जोखिममा रहेका बस्तीको संरक्षण गर्नुपर्नेछ। बाढीपहिरो नियन्त्रणका लागि आवश्यक आर्थिक स्रोत जुटाउन संघीय तथा प्रदेश सरकार, दातृ निकाय र दातासँग समन्वय भइरहेको उनले बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

नौरथाभर पूजाआजामा व्यस्त रहन्छु : भवानी राणा
ताजा खबरJust now

नौरथाभर पूजाआजामा व्यस्त रहन्छु : भवानी राणा

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष राणा भन्छिन्- 'म आफैंले पाठ पनि गर्छु । गुरु राखेर पूजा पनि हुन्छ । १८ वर्षदेखि दसैंमा यही नित्यकर्म गर्दै आएकी छु ।' ...

कान्तिपुर
वेस्ट ब्याङ्कमा कूटनीतिज्ञ र फ्रान्सेली मेयरमाथि आक्रमण
ताजा खबरJust now

वेस्ट ब्याङ्कमा कूटनीतिज्ञ र फ्रान्सेली मेयरमाथि आक्रमण

काठमाडौं । इजरायली बस्तीका बासिन्दाहरूले कब्जामा रहेको वेस्ट ब्याङ्कमा युरोपेली कूटनीतिज्ञहरूको टोलीमाथि आक्रमण गर्नुका साथै फ्रान्सेली मेयर बर्नार्ड बाउडोक्सलाई कुटपिट गरेका छन्। अमेरिकी फोटो पत्रकारमाथि आक्रमण भएको भोलिपल्टै भएका घटनाप्रति अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चिन्ता व्यक्त गरेका छन्। उत्तरी फ्रान्सको औल्नोए–आयमेरिसका ७८ वर्षीय मेयर बाउडोक्स प्यालेस्टिनी किसानहरूसँग जैतुन टिप्न सहभागी भएका बेला मुख छोपेका व्यक्तिहरूले उनलाई लात्ती र फलामको बारले प्रहार ...

केन्द्रबिन्दु
खोइँछ भर्न जनकपुरको राजदेवी मन्दिरमा महिलाको घुइँचो
ताजा खबरJust now

खोइँछ भर्न जनकपुरको राजदेवी मन्दिरमा महिलाको घुइँचो

जनकपुरधाम । दसैँको महाअष्टमीका अवसरमा जनकपुरधामस्थित प्रसिद्ध राजदेवी मन्दिरमा दुर्गा माताको खोइँछ भर्न हजारौँ महिलाको घुइँचो लागेको छ। सन्तानको दीर्घायु, पारिवारिक सुख, शान्ति र समृद्धिको कामना गर्दै महिलाहरू बिहानैदेखि विभिन्न शक्तिपीठमा... ...

रातोपाटी
बुटवलमा दसैं, अर्घाखाँचीमा घुमघाम : चन्द्र टण्डन
ताजा खबरJust now

बुटवलमा दसैं, अर्घाखाँचीमा घुमघाम : चन्द्र टण्डन

सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक टण्डनले यसपालि दसैं बिदामा विदेश घुम्ने योजना बनाएनन् । मुलुकलाई परेको पीडा भुलाउन र रीति तथा परम्परा जोगाउन दसैंलगायत चाडपर्व मनाउनुपर्ने बताए । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play