बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी । गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै स्थानमा विद्युत आपूर्ति पूर्ववत् भएको छ । नेपाल विद्युत प्राधिकरणको बेनी र तातोपानी वितरण केन्द्रले बाढीपहिरोले क्षति पुगेका प्रशारण, शाखा लाइन लगायतका संरचना मर्मत गरेर विद्युत आपूर्ति पूर्ववत् गरेका हुन् । प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा शनिबार बत्ती बलेको जानकारी दिए । “धेरै ठाउँमा दुईरतीन दिनमै विद्युत आपूर्ति गराएका थियौ । पाउद्धार, गिवाङ, किन्दु क्षेत्रमा चाडपर्वको समय पनि नभनी कर्मचारी र कमजदुरहरु दसैँको समयमा रातीसम्म परिचालन भयौ,” उनले भने “कतिपय ठाउँमा वैकल्पिक माध्यम र संरचनाबाट विद्युत आपुर्ति गराएका छौ । दोस्रो चरणमा थप मर्मत गरि विद्युत आपुर्तिलाई नियमित र ब्यवस्थित बनाउने प्रयासमा छौ ।” म्याग्दी बितरण केन्द्र अन्तरगतको मिलनचोक सबस्टेशन मार्फत पर्वतको जलजला गाउँपालिकाको मल्लाज, वारीबेनीका सहित २४ हजार चार सय ९० ग्राहक छन् । तातोपानी वितरण केन्द्र अन्र्तगत अन्नपूर्ण गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडा सहित मुस्ताङमा विद्युत आपूर्ति हुन्छ । बाढी पहिरोले प्राधिकरणको ३३/११ केभीको प्रशारण, वितरण लाइनका दुई सय ५० वटा पोल र त्यहाँ तानिएका तार क्षति गरेको थियो । कुल रु एक करोड ५० लाख क्षति पुगेको प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख गामीले जानकारी दिए । अन्नपूर्ण गाउँपालिकाको राम्चे र हिस्तानमा पर्वतको जलजला गाउँपालिका–५ लेकफाँट तर्फबाट विद्युत आपूर्ति गरिएको छ । यस क्षेत्रमा यसअघि महभिरतर्फबाट विद्युत आपूर्ति हुने गरेको थियो । पाउद्धारमा हेलिकप्टरबाट ढुवानी गरिएको ट्रान्सफर्मरले काम नगरेपछि घार गाउँबाट विद्युत आपूर्ति गराइएको बेनी वितरण केन्द्रका प्रमुख गामीले बताए । विद्युत आपूर्ति हुन थालेपछि ग्रामीण क्षेत्रको जनजीवन सहज हुन थालेको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

दसैँ बिदा सकिएसँगै बीपी राजमार्गमा सवारी चाप (तस्बिरहरू)
काठमाडौँ । दसैँ बिदा सकिएसँगै बीपी राजमार्गमा सवारी चाप बढेको छ। दसैँ मनाउन घर गएकाहरू काठमाडौँ फर्किँदा राजमार्गमा सवारी चाप बढेको हो । राजमार्गमा चहलपहल बढेसँगै सिन्धुलीका पर्यटकीय स्थलहरू सिन्धुलीगढी र... ...

कहाँ-कहाँ भए दुर्घटना, जसमा १० जनाले गुमाए ज्यान ?
काठमाडौं । पछिल्लो २४ घण्टामा देशका सात जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार मकवानपुर, उदयपुर, सप्तरी, सर्लाही, रौतहट, ललितपुर र बाँकेमा भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल, स्कुटर, कार, विद्युतीय गाडी (ईभी), ट्रक र ई–रिक्सा संलग्न थिए । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ स्थित एचआईडी […] ...

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान
दाङ । यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन् । पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका... ...

जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि श्वेतपत्र सार्वजनिक
काठमाडौँ, कात्तिक ८ गते । सरकारले जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि दुई वटा श्वेतपत्र सार्वजनिक गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अ... ...


