Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

बागलुङ प्रहरीलाई भाडाको कोठामा बस्नुपर्ने बाध्यता हट्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
बागलुङ प्रहरीलाई भाडाको कोठामा बस्नुपर्ने बाध्यता हट्यो
Photo / Coverage: विश्वखबर

काठमाडौं – साँघुरो र पुरानो भवनबाट प्रशासनिक कामदेखि हिरासत व्यवस्थापनसम्म गर्नुपर्ने बाध्यता झेल्दै आएको जिल्ला प्रहरी कार्यालय बागलुङको भौतिक पूर्वाधारमा सुधार भएको छ । प्रहरी परिसरभित्र चारवटा नयाँ भवन निर्माण भएपछि प्रहरी कर्मचारीलाई आवास, ब्यारेक र हिरासतको सुविधा उपलब्ध भएको छ । यससँगै यसअघि भाडाका कोठामा बस्दै आएका प्रहरी कर्मचारीले कार्यालय परिसरभित्रै आवास पाएका छन् । जिल्ला सदरमुकामस्थित प्रहरी कार्यालयमा यसअघि जस्ताले छाएका टहरा र करिब ३० वर्ष पुरानो साँघुरो भवनबाट सेवा सञ्चालन हुँदै आएको थियो । पर्याप्त भवन नहुँदा प्रशासनिक काम, प्रहरी आवास, हिरासत कक्ष र हातहतियार भण्डारणसमेत एउटै पुरानो भवनबाट गर्नुपर्ने अवस्था थियो । आवासको अभावमा केही प्रहरी कर्मचारी भाडाका कोठामा बस्न बाध्य थिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईँका अनुसार अहिले ब्यारेक, हिरासत कक्ष, प्रहरी अधिकृतको आवास र कार्यालय प्रमुखको निवास गरी चारवटा सुविधासम्पन्न भवन निर्माण भएका छन् । नयाँ संरचना निर्माण भएपछि प्रहरीको आवास तथा दैनिक कार्यसम्पादनमा सहजता थपिएको उहाँले बताए । सङ्घीय सरकारको प्रहरी पूर्वाधार निर्माण कार्यक्रमअन्तर्गत नौ करोड ७१ लाख ९३ हजार ५०० रुपैयाँ लागतमा प्रहरी परिसरमा ब्यारेक, हिरासत कक्ष, वरिष्ठ प्रहरी अधिकृतको आवास, कार्यालय प्रमुखको निवास, मोटर ग्यारेज, पर्खाल र प्रवेशद्वार निर्माण गरिएको हो । पुरानो कार्यालय भवनको समेत मर्मतसम्भार तथा सौन्दर्यकरण गरिएको छ । नवनिर्मित ब्यारेक भवनको भुइँतलामा मेस, भण्डार कक्ष र प्रहरी कर्मचारीका लागि आवासको व्यवस्था गरिएको छ । महिला प्रहरीका लागि छुट्टै ब्यारेकसमेत निर्माण गरिएको छ । पहिलो र दोस्रो तलासहित आठ हजार ६७१ वर्गफिट क्षेत्रफलमा बनेको उक्त भवनमा १४० जना प्रहरी कर्मचारी बस्न सक्ने क्षमता छ । प्रहरी परिसरमा महिला र पुरुषका लागि छुट्टाछुट्टै हिरासत कक्ष निर्माण गरिएका छन् । हिरासत भवनमा सुरक्षाकक्ष, भेटघाट कक्ष, नाबालिगका लागि दुईवटा छुट्टै हिरासत कक्ष, अन्तर्वार्ता कक्ष र हातहतियार भण्डारण कक्षको व्यवस्था गरिएको छ । शौचालयसहितको व्यवस्थित हिरासत भवन निर्माण भएपछि थुनुवाको व्यवस्थापनमा समेत सहज भएको प्रहरीले जनाएको छ । प्रहरी अधिकृत र कार्यालय प्रमुखका लागि छुट्टाछुट्टै दुई आवासीय भवन निर्माण गरिएका छन् । यसअघि कार्यालय प्रमुखको निवास पुरानो अञ्चल प्रहरी कार्यालयबाट सञ्चालन हुँदै आएको थियो । पर्याप्त कार्यकक्ष र आवासको व्यवस्था भएपछि प्रहरीको दैनिक कार्यसम्पादन, सुरक्षा व्यवस्थापन तथा सेवा प्रवाह प्रभावकारी हुने र कर्मचारीको मनोबलसमेत बढ्ने अपेक्षा गरिएको छ । जिल्ला प्रहरी कार्यालयको भौतिक पूर्वाधारमा सुधार भए पनि जिल्लाका अन्य प्रहरीचौकीको अवस्था भने अझै कमजोर छ। जिल्लाका १५ वटा प्रहरीचौकी भाडाका घरबाट सञ्चालन भइरहेका छन् । प्रहरी उपरीक्षक प्रसाईँका अनुसार आठवटा प्रहरीचौकीको आफ्नै जग्गासमेत छैन भने जग्गा भएका सातवटा चौकीमा भवन निर्माण हुन सकेको छैन । जिल्लाको मुख्य प्रवेशद्वार मालढुङ्गास्थित प्रहरीचौकी भवन अभावमा चार वर्षदेखि घाटको सत्तलबाट सञ्चालन हुँदै आएको छ। उक्त चौकीका लागि भने हालै भवन निर्माणको शिलान्यास गरिएको छ । जिल्ला सदरमुकामको प्रहरी कार्यालयमा पूर्वाधार थपिए पनि जिल्लाका अन्य चौकीको भवन तथा जग्गासम्बन्धी समस्या समाधान गर्नुपर्ने चुनौती भने कायमै छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जिफन्टले  सुरु गर्‍यो श्रम तथा ट्रेड युनियनको ज्ञान दिने ‘एआई’
Latest NewsJust now

जिफन्टले  सुरु गर्‍यो श्रम तथा ट्रेड युनियनको ज्ञान दिने ‘एआई’

काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले मजदुर आन्दोलनका दश हजार बढि ऐतिहासिक दस्तावेजहरुलाई ‘र्‍याकदेखि स्क्रिनसम्म’को मूलभावमा कृतिम बौद्धिकता (एआई)मा आधारित पुस्तकालयलाई डिजिटल घरमा रुपान्तरण गरेको छ । जिफन्टको अर्गनाइजिङ एकेडेमीअन्तर्गत... ...

रातोपाटी
स्वार्थको द्वन्द्व हुने भन्दै थापालाई जापानको राजदूत नबनाउने रास्वपा शीर्ष नेतृत्वमा समझदारी
Latest NewsJust now

स्वार्थको द्वन्द्व हुने भन्दै थापालाई जापानको राजदूत नबनाउने रास्वपा शीर्ष नेतृत्वमा समझदारी

जापानका लागि प्रस्तावित राजदूत जिग्यानकुमार थापाको सम्बन्धमा निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक सोमबार बोलाएको छ । थापालाई नाम फिर्ता लिन सुझाव दिइएको छ, नाम फिर्ता नलिए संसदीय सुनुवाइ समितिले निर्णय लिने । ...

कान्तिपुर
सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक जारी
Latest NewsJust now

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी बैठकमा समसामयिक राजनीतिक विषय, पत्रकारमाथि राज्यको बढ्दो ज्यादती, कर्मचारीमाथि सिर्जना गरिएको त्रासदी तथा संसदीय दल... ...

रातोपाटी
तस्बिरमा हेर्नुहोस्, बुढीगण्डकीमा आएको बाढीले गोरखामा पुर्‍याएको क्षति
Latest NewsJust now

तस्बिरमा हेर्नुहोस्, बुढीगण्डकीमा आएको बाढीले गोरखामा पुर्‍याएको क्षति

गोरखा । गत असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाका विभिन्न बस्ती र बजारमा ठुलो क्षति पुर्‍याएको छ। बाढीले घर, पसल, गोदाम र अन्य भौतिक संरचनामा क्षति पुर्‍याउनुका साथै... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play