Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य
Photo / Coverage: पर्दाफास

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार भारतीय ठूलो गोलभेडा प्रतिकिलो ६० रुपैयाँ, सानो लोकल गोलभेडा प्रतिकिलो ३५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, सानो (टनेल) गोलभेडा ४५ रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५५ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५५ रुपैयाँ, आलु रातो (मुडे) ५५ रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ र सेतो आलु २८ रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज ८५ रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ र तराई गाजर ७० रुपैयाँमा बिक्री भइरहेको छ । यस्तै बन्दा (लोकल) ४० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो मूला (हाइब्रिड) ३० रुपैयाँ, लाम्चो भन्टा ४० रुपैयाँ, डल्लो भन्टा ६० रुपैयाँ, घिउ सिमी (लोकल) ५० रुपैयाँ र घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ५० रुपैयाँ रहेको छ । त्यसैगरी टाटे सिमी ६० रुपैयाँ, भटमासकोसा १०० रुपैयाँ, तितो करेला ८० रुपैयाँ, लौका ५० रुपैयाँमा कारोबार भइरहेको छ । रायोको साग ३० रुपैयाँ, पालुङ्गो साग ८० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ र हरियो प्याज २५० रुपैयाँ तोकिएको छ । कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ २८० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरिलो ७०० रुपैयाँ, न्यूरो ९० रुपैयाँ, चुकन्दर ८० रुपैयाँ, सेलरी ४०० रुपैयाँ, पुदीना ६०० रुपैयाँ र गान्टे मूला ८० रुपैयाँ रहेको छ । यस्तै समितिले स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, स्याउ (मुस्ताङ्ग) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (जुम्ला) प्रतिकिलो २५०, केरा (नेपाली) प्रतिदर्जन १०० रुपैयाँ, केरा (मालभोग) प्रतिदर्जन १०० रुपैयाँ, कागती प्रतिकिलो २०० रुपैयाँ, अनार ३०० रुपैयाँ तोकिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इजरायलमा राजनीतिक गतिरोध, इरानसँग फेरि युद्धको आशंका
OthersJust now

इजरायलमा राजनीतिक गतिरोध, इरानसँग फेरि युद्धको आशंका

१६ कात्तिक, काठमाडौं । इजरायलमा अक्टोबर २७ मा सम्पन्न आमनिर्वाचनपछि उत्पन्न राजनीतिक गतिरोध र अनिर्णयका बीच इरानसँगको सैन्य तनाव पुनः चुलिने संकेत देखिएको छ । इजरायली विपक्षी गठबन्धन ‘द डेमोक्र्याट्स’का नेता याइर गोलानले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो राजनीतिक अस्तित्व जोगाउन इरानसँगको नयाँ सैन्य मुठभेडलाई हतियार बनाउन सक्ने चेतावनी दिएका छन् । सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै… ...

अनलाइन खबर
जलवायु वित्तलाई अनुदानमा आधारित, सहज र प्रत्यक्ष पहुँचयोग्य बनाउन माग
OthersJust now

जलवायु वित्तलाई अनुदानमा आधारित, सहज र प्रत्यक्ष पहुँचयोग्य बनाउन माग

नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–३१ मा पर्वतीय जोखिमलाई विश्व जलवायु वार्ताको केन्द्रमा राख्न प्रस्ताव गर्ने भएको छ । ...

अनलाइन खबर
न्युजिल्यान्डमा नेपाली विद्यार्थीलाई रोजगारी खोज्न अभिमुखीकरण
OthersJust now

न्युजिल्यान्डमा नेपाली विद्यार्थीलाई रोजगारी खोज्न अभिमुखीकरण

सिड्नी । न्युजिल्यान्डमा अध्ययनरत नेपाली विद्यार्थी तथा नयाँ आप्रवासीलाई रोजगारीका अवसर खोज्न, आफ्नो सीप प्रस्तुत गर्न र व्यावसायिक सञ्जाल विस्तार गर्न सहयोग पुर्‍याउने उद्देश्यले ‘जब विनिङ एन्ड इन्टरयाक्सन २०२६’ कार्यक्रम सम्पन्न भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजिल्यान्ड र न्युजिल्यान्ड–नेपाल चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा आइतबार अकल्यान्डस्थित युनिभर्सिटी अफ अकल्यान्डको ‘सर ओवेन जी ग्लेन बिल्डिङ’मा… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play