Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

एआईबाट बनेका फाइल अब जेमिनाईमै सम्पादन गर्न सकिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
एआईबाट बनेका फाइल अब जेमिनाईमै सम्पादन गर्न सकिने
Photo / Coverage: पर्दाफास

गुगलले आफ्नो एआई एप जेमिनाईमा च्याटभित्रै फाइल हेर्न र सम्पादन गर्न सकिने नयाँ सुविधा ल्याएको छ । यससँगै प्रयोगकर्ताले फाइल डाउनलोड वा अन्य एपमा निर्यात नगरी जेमिनाईभित्रै आवश्यक परिवर्तन गर्न सक्नेछन् । प्रविधिसम्बन्धी वेबसाइट जीएसएम एरिनाका अनुसार यो सुविधाले जेमिनाईको फाइल निर्माणसम्बन्धी क्षमतालाई विस्तार गरेको हो । गुगलले यसअघि गत अप्रिलमा गुगल डक्स, गुगल सिट्स, पीडीएफ र मार्कडाउनजस्ता फाइल बनाउन सकिने सुविधा ल्याएको थियो । नयाँ सुविधामार्फत प्रयोगकर्ताले कागजात, पीडीएफ, प्रस्तुति सामग्री, स्प्रेडसिट, कोडलगायतका समर्थित फाइल जेमिनाई एप नछाडीकन सम्पादन गर्न सक्नेछन् । फाइललाई पूर्ण स्क्रिनमा खोलेर सामग्री परिवर्तन गर्न सकिनेछ । त्यस्तै, फाइलको कुनै निश्चित अंश छानेर त्यसबारे प्रश्न सोध्न, पाठ वा दृश्य सामग्री परिमार्जन गर्न र सम्पादनकै क्रममा थप निर्देशन दिन सकिनेछ । यसले एआईबाट तयार पारिएको सामग्रीलाई आवश्यकताअनुसार सुधार गर्न सहज बनाउने अपेक्षा गरिएको छ । यद्यपि, सबै फाइल सम्पादन सुविधा मोबाइलमा उपलब्ध छैनन् । पीडीएफ हेर्ने र सम्पादन गर्ने सुविधा वेब तथा मोबाइल दुवै संस्करणमा उपलब्ध छ । गुगल डक्स, गुगल सिट्स, स्लाइड, मार्कडाउन, टीएक्सटी र कोड फाइल सम्पादन गर्ने सुविधा भने हाल वेब संस्करणमा मात्र उपलब्ध रहेको जीएसएम एरिनाले जनाएको छ । गुगलका अनुसार नयाँ सुविधा जेमिनाई प्रयोग गर्ने सबै प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ । यो सुविधा जेमिनाई एपमा उपलब्ध सबै भाषामा प्रयोग गर्न सकिनेछ । नयाँ सुविधाले सामग्री निर्माणदेखि सम्पादनसम्मको काम एउटै च्याटमा गर्न सकिने बनाएको छ । यसबाट प्रयोगकर्ताले जेमिनाई र अन्य सम्पादन उपकरणबीच पटकपटक आवतजावत गर्नुपर्ने आवश्यकता कम हुने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
शाहरुख खान : ‘बाजीगर’देखि ‘जवान’सम्म, एन्टी हिरोबाट सुपरस्टारसम्म
OthersJust now

शाहरुख खान : ‘बाजीगर’देखि ‘जवान’सम्म, एन्टी हिरोबाट सुपरस्टारसम्म

सन् १९९२ मा टेलिभिजनबाट आएका नयाँ अभिनेता शाहरुख खानको फिल्म ‘दीवाना’ प्रदर्शनमा आउँदा धेरैलाई लागेको थियो, एउटा प्रतिभाशाली कलाकारले दर्शकको मन जित्न थालिसकेको छ । बेपरवाह स्वभाव र विद्रोही राज (शाहरुख) ले ‘दीवाना’मार्फत फिल्ममा मात्र प्रवेश गरेका थिएनन्, सीधै दर्शकको मनमा ठाउँ बनाएका थिए । तर, शाहरुखले वास्तविक अर्थमा बक्स अफिसमा तहल्का मच्चाएको वर्ष थियो… ...

अनलाइन खबर
४१५ रुपैयाँको खानेतेल किनेका गौरीशंकरले जिते १० लाख रुपैयाँ
OthersJust now

४१५ रुपैयाँको खानेतेल किनेका गौरीशंकरले जिते १० लाख रुपैयाँ

४१५ रुपैयाँमा तोरीको तेल किनेका धनुषाको नगराइन नगरपालिका वडा नम्बर ९ का गौरीशंकर पण्डितले १० लाख रुपैयाँ जिते । ...

अनलाइन खबर
ट्रम्पको घट्दो लोकप्रियताले डेमोक्र्याट्सलाई फाइदा होला ?
OthersJust now

ट्रम्पको घट्दो लोकप्रियताले डेमोक्र्याट्सलाई फाइदा होला ?

पछिल्ला महिनामा सार्वजनिक भएका जनमत सर्वेक्षणहरूले प्रतिनिधिसभामा डेमोक्र्याट्सले बहुमत हासिल गर्ने सम्भावना बलियो देखाएका छन्। प्रतिनिधिसभामा बहुमतका लागि २१८ सिट आवश्यक पर्छ। ...

अनलाइन खबर
आरएसडीसी लघुवित्तले ९.४० प्रतिशत नगद लाभांश दिने
OthersJust now

आरएसडीसी लघुवित्तले ९.४० प्रतिशत नगद लाभांश दिने

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई ९.४० प्रतिशत नगद लाभांश दिने भएको छ । संस्थाको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । संस्थाले हाल कायम चुक्तापुँजी १ अर्ब ३ करोड ४० लाख ६४ हजार ४१७ रुपैयाँको ९.४० प्रतिशतका दरले कुल ९ करोड […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play