Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

११ फिटको राजगोमनको उद्धार

Share:WhatsAppFacebookX (Twitter)Telegram
११ फिटको राजगोमनको उद्धार
Photo / Coverage: नेपालन्युज

मकवानपुर।हेटौंडा उपमहानगरपालिका–१५ भोर्लेस्थित एक किराना पसलबाट राजगोमन सर्प (किङ कोब्रा) को सुरक्षित उद्धार गरिएको छ। स्थानीय महेन्द्र दोङको पसलको दराजमा भेटिएको करिब ११ फिट लामो विषालु राजगोमन सर्पलाई उद्धारकर्ता राजेश थापा ‘गरिब’ र रोशन थापा ‘दीप’ ले करिब आधा घण्टाको प्रयासपछि सुरक्षित उद्धार गरेका हुन्। पसलको दराजमा सर्प देखिएपछि स्थानीय वडा सदस्य सिंहबहादुरले उद्धारकर्ता राजेश र रोशनलाई खबर गरेसँगै उनीहरूले राजगोमनलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएका हुन्। त्यसअघि स्थानीयवासीले सर्पलाई भगाउने प्रयासमा पेट्रोल खन्याएको कारण उद्धारमा थप चुनौती सिर्जना भएको बताउँदै उद्धारकर्ता राजेशले धुवाँ लगाएर पेट्रोल खन्याइएपछि सर्प आक्रामक बन्दा सुरक्षित रूपमा नियन्त्रणमा लिन विशेष सावधानी अपनाउनु परेको बताए। सर्पलाई धपाउने उद्देश्यले पेट्रोल वा डिजेल प्रयोग गर्नु जोखिमपूर्ण हुने बताउँदै उनले सामान्य अवस्थामा रहेको सर्पले समेत आफूलाई खतरा महसुस गरेमा आक्रमण गर्न सक्ने भएकाले यस्तो गतिविधि नगर्न आग्रह गरे। वडा सदस्य सिंहबहादुरले स्थानीयवासीको सहयोगमा उद्धार गरिएको राजगोमनलाई मानव बस्तीबाट टाढा जङ्गलमा सुरक्षित रूपमा छाडिएको उद्धारकर्ता रोशनले बताए। आफूहरूले हालसम्म १६ पटक राजगोमनको उद्धार गरिसकेको बताउँदै उनले हेटौंडासहित मकवानपुरगढी, बकैया र बागमती गाउँपालिकाका विभिन्न स्थानबाट राजगोमन उद्धार गरिएको बताए। यसअघि १४औं पटकको उद्धारका क्रममा आफूूलाई बकैया र बागमती गाउँपालिकाको सीमावर्ती क्षेत्रमा राजगोमनले टोकेको बताए।राजगोमन विश्वकै सबैभन्दा लामो विषालु सर्प भएको बताउँदै उनले यसको विषले स्नायु प्रणालीमा गम्भीर असर पुर्‍याउन सक्ने बताए। उनका अनुुसार गोमनको टोकाइबाट मानिसको ज्यान समेत जान सक्छ। यद्यपि, राजगोमनले सामान्यतया मानिसलाई आक्रमण गर्न खोज्दैन। खतरा महसुस गरेमा भने आफ्नो सुरक्षाका लागि आक्रामक बन्न सक्छ। सर्पलाई मार्नुको सट्टा उद्धार गरी प्राकृतिक वासस्थानमा फर्काउनु पर्ने उल्लेख गर्दै उनले वातावरणीय सन्तुलन कायम राख्न र खाद्य शृङ्खलालाई व्यवस्थित बनाउन सर्पको महत्वपूर्ण भूमिका हुने भएकाले यसको संरक्षण आवश्यक रहेको बताए। मकवानपुरमा राजगोमनका अतिरिक्त मोनोसेलेट कोब्रा, स्पेक्टाकल्ड कोब्रा, बेन्डेड करेट, कोरल स्नेक, ग्रिन पिट भाइपर र रेडनेक किलब्याकलगायतका विभिन्न प्रजातिका सर्प पाइन्छन्। सर्पले टोकेमा झारफुक वा घरेलु उपचारमा समय खेर नफाली तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न आवश्यक रहेको बताइन्छ। सर्पको उद्धारपछि डिभिजन वन कार्यालय मकवानपुरसँगको समन्वयमा सुरक्षित वासस्थानमा छाड्ने गरेको उनले जानकारी दिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चीनमा शृखङ्ला खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
Latest NewsJust now

चीनमा शृखङ्ला खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौँ, कात्तिक १६ गते । चीनमा हुने ‘बेल्ट एन्ड रोड यु–१९ सिरिज’ मा सहभागी हुन जाने नेपाली महिला क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज यहाँ आयोजित... ...

गोरखापत्र
म्याग्दीमा मनसुनजन्य विपद्बाट करिब आठ सय घरपरिवार प्रभावित
Latest NewsJust now

म्याग्दीमा मनसुनजन्य विपद्बाट करिब आठ सय घरपरिवार प्रभावित

• म्याग्दीमा मनसुनजन्य विपदबाट करिब ८०० घरपरिवार प्रभावित भएका छन्, जसमा ७८९ घरपरिवार पूर्ण र आंशिक क्षति भइसकेका छन्। • विपदका कारण ५ जनाको मृत्यु भएको र २४३ घर पूर्ण तथा १८४ घर आंशिक क्षति भएको विवरण संकलन गरिएको छ। • सरकारले प्रभावित क्षेत्रलाई विपद् संकटग्रस्त घोषणा गर्दै पुनर्निर्माणका लागि अनुदान र कार्ययोजना तयार गरेको छ। ...

नेपालबहस
मझिमटारमा आकाशे पुलको गर्डर राखिँदै, पृथ्वी राजमार्ग तीन घण्टा बन्द
Latest NewsJust now

मझिमटारमा आकाशे पुलको गर्डर राखिँदै, पृथ्वी राजमार्ग तीन घण्टा बन्द

• मलेखु–मुग्लिङ सडकखण्डको बेनिघाट रोराङ गाउँपालिका–९ मा निर्माणाधीन आकाशे पुलको गर्डर राख्नका लागि सवारी आवागमन बन्द गरिएको छ। • सोमबार पूर्वान्ह ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक बन्द रहनेछ। • सवारी चालक र यात्रुलाई धैर्यतापूर्वक यथास्थानमा रहन र ट्राफिक नियमको पालना गर्न अनुरोध गरिएको छ। ...

नेपालबहस
‘कबड्डी-५’ ले १० दिनमै कमायो १० करोड
Latest NewsJust now

‘कबड्डी-५’ ले १० दिनमै कमायो १० करोड

दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म ‘कबड्डी-५: आफ्टर द फाइनल म्याच’ व्यापार १० करोड नाघेको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्सअफिस रिपोर्टअनुसार, यस फिल्मले १० करोड ७६ लाख ६३ हजार ७१५ ग्रस कलेक्सज गरेको हो।  कात्तिक ६ गतेबाट प्रदर्शन भएको ‘कबड्डी-५’ ले १० दिनमै १० करोडको आँकडा पार गरेको छ। यस अवधिभर फिल्मलाई ती... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play