Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको सकुशल उद्धार

Share:WhatsAppFacebookX (Twitter)Telegram
डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको सकुशल उद्धार
Photo / Coverage: केन्द्रबिन्दु

सुर्खेत । डोल्पाको माथिल्लो क्षेत्रमा भारी हिमपातका कारण फसेका ६ जना भारतीय पर्यटकको सोमबार बिहान हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ । गत १४ कात्तिकदेखि हिमपातका कारण सम्पर्कविहीन भएका दुई महिला र चार पुरुषसहित ६ भारतीय पर्यटकको सोमबार बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको हो । सोमबार बिहान साढे ६ बजे उडेको हेलिकप्टरले सुरुमा दुई महिलालाई उद्धार गरी जिल्ला सदरमुकाम दुनै ल्याएको थियो । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ । त्यसपछि बाँकी चार पुरुषको उद्धारका लागि हेलिकप्टर पुनः घटनास्थल पुगेको थियो । उनीहरूलाई पनि सकुशल उद्धार गरिएको छ । डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले ६ जना भारतीय पर्यटकको सकुशल उद्धार गरिएको जानकारी दिइन् । उनका अनुसार उद्धार गरिएका सबैको अवस्था सामान्य रहेको छ । जिल्ला प्रशासन कार्यालय डोल्पामा १४ कात्तिकमा हिमपातका कारण पर्यटक फसेको जानकारी प्राप्त भएको थियो । त्यसपछि उद्धारका लागि पहल गरिए पनि प्रतिकूल मौसम र हेलिकप्टर व्यवस्थापनमा आएको समस्याका कारण उद्धारमा ढिलाइ भएको थियो । अनुमति नलिई जोखिमपूर्ण मार्गबाट यात्रा जिल्ला प्रशासन कार्यालयका अनुसार भारतीय पर्यटक आवश्यक प्रशासनिक अनुमति नलिई माथिल्लो डोल्पा पुगेका थिए । उनीहरू डोल्पोबुद्ध गाउँपालिकाको धो क्षेत्रबाट शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित फोक्सुण्डो तालतर्फ फर्कने क्रममा नुमला र वाग्ला पास आसपासको क्षेत्रमा हिमपातमा फसेका थिए । मौसम प्रतिकूल रहेको र भारी हिमपातको जोखिम भएकाले प्रशासन तथा स्थानीयवासीले हिमाली क्षेत्रमा यात्रा नगर्न सुझाव दिएका थिए । तर, आवश्यक अनुमति नलिई जोखिमपूर्ण मार्गबाट यात्रा गर्दा उनीहरू समस्यामा परेका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दोस्रो काठमाडौं हरर फिल्म फेस्ट सम्पन्न, उत्कृष्ट छोटो फिल्म ‘केएनएआर’ घोषित
Latest NewsJust now

दोस्रो काठमाडौं हरर फिल्म फेस्ट सम्पन्न, उत्कृष्ट छोटो फिल्म ‘केएनएआर’ घोषित

काठमाडौं । दोस्रो काठमाडौं हरर फिल्म फेस्ट (केएचएफएफ) सम्पन्न भएको छ । अक्टोबर ३० देखि काठमाडौंस्थित रुसी हाउसमा आयोजित महोत्सव आइतबार सम्पन्न भएको हो । नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीको आयोजना... ...

रातोपाटी
स्वदेशी फूलले बजार पाएपछि किसान उत्साहित (फोटोफिचर)
Latest NewsJust now

स्वदेशी फूलले बजार पाएपछि किसान उत्साहित (फोटोफिचर)

हेटौँडा, कात्तिक १६ गते । तिहार नजिकिँदै गर्दा मकवानपुरका सयपत्री फूल उत्पादक किसान उत्साहित भएका छन् । सरकारले भारतलगायत छिमेकी मुलुकबाट सयपत्री र मखमली फूल आयात तथा प्लास्टिकका फ... ...

गोरखापत्र
धरानबाट दुई सय नौ केजी गाँजासहित पाँच जना पक्राउ
Latest NewsJust now

धरानबाट दुई सय नौ केजी गाँजासहित पाँच जना पक्राउ

सुनसरी, कात्तिक १६ गते । धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले दुई क्विन्टलभन्दा बढी गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार गाँजा ओसारपसार भइ... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play