Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

बागमतीलाई योगमय प्रदेश घोषणा गर्छौ : मुख्यमन्त्री थापा

Share:WhatsAppFacebookX (Twitter)Telegram
बागमतीलाई योगमय प्रदेश घोषणा गर्छौ : मुख्यमन्त्री थापा
Photo / Coverage: नेपालन्युज

भक्तपुर।बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बागमती प्रदेशलाई योगमय प्रदेश घोषणा गरिने बताएका छन्। डोलेश्वर मन्दिर पातञ्जल योग साधना केन्द्रको दोश्रो वार्षिकोत्सव कार्यक्रममा उनले प्रदेशका १३ जिल्लालाई योगमय बनाउन प्रदेश सरकारले कार्यक्रम ल्याउन लागेको जानकारी दिए । मुख्यमन्त्री थापा मगरले “योग साधना गर्ने पतञ्जली र जीवन विज्ञान सबैलाई केमा सहयोग आवश्यक छ, त्यो गर्न प्रदेश सरकार तयार छ। यो प्रदेशलाई योग साधना प्रदेश घोषणा गर्ने तयारीमा छौं, त्यसका लागि तपाईंहरु लाग्नुस्।” उनले सार्वजनिक भवन, विद्यालय, सामुदायिक भवनलगायतका क्षेत्रहरुमा विहानको समयमा योग साधना सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए। मुख्यमन्त्री थापाले भने, “प्रदेश सरकारले यस वर्ष जनस्वास्थ्य कार्यालयमार्फत योगका लागि केही बजेट राखेका छौं, तर त्यो बजेटबाट पातञ्जल योग, पतञ्जली योग, जीवन विज्ञानलगायत योगमा सक्रिय संस्थाहरुमार्फत योगको विकासका लागि खर्च गरिने छ।” उनले डोलेश्वरमा धर्मशाला बनेपछि स्थायी रुपमा योग गर्न निकै सहज हुने बताए। कार्यक्रममा सूर्यविनायक नगरपालिका–८ वडाध्यक्ष पुष्पराज बस्नेत, पातञ्जल योग केन्द्रीय समितिका अध्यक्ष बालमुकुन्द सुवाल, केन्द्रीय महासचिव नवराज काफ्लेलगायतले योग साधनाको महत्व र यसले मानव जीवनलाई स्वस्थ्य तुल्याउन पुर्‍याउने योगदानबारे चर्चा गरे।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
४६ वर्षको उमेरमा रोनाल्डिन्होको मैदान पुनरागमन
Latest NewsJust now

४६ वर्षको उमेरमा रोनाल्डिन्होको मैदान पुनरागमन

रोम । ब्राजिलका महान् फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा मैदानमा सनसनीपूर्ण पुनरागमन गरेका छन्। इटालियन तेस्रो डिभिजन क्लब ‘राभेना’बाट खेल्दै उनले ‘फोर्ली’विरुद्धको डर्बी खेलमा आफ्नो टोलीलाई २–० को जित दिलाउन योगदान पुर्‍याए। गत... ...

रातोपाटी
जलवायु न्याय, वित्त र पर्वतीय विषय हाम्रा मुद्दा हुन् : मन्त्री चौधरी
Latest NewsJust now

जलवायु न्याय, वित्त र पर्वतीय विषय हाम्रा मुद्दा हुन् : मन्त्री चौधरी

अन्ताल्या (टर्किए), कात्तिक ३० गते । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपालको मुख्य मुद्दा जलवायु न्याय, वित्त र पर्वतीय विषय भएको बताउनुभएको छ । नेपालले टर्किएको अन्ताल्य... ...

गोरखापत्र
सुडानमा ड्रोन आक्रमण, चार बालबालिकासहित १५ जनाको मृत्यु
Latest NewsJust now

सुडानमा ड्रोन आक्रमण, चार बालबालिकासहित १५ जनाको मृत्यु

काठमाडाैँ । सुडानको पश्चिम कोर्डोफान राज्यस्थित एक गाउँमा सेनाले गरेको ड्रोन आक्रमणमा फुटबल खेलिरहेका चार बालबालिकासहित १५ जनाको मृत्यु भएको छ। आइतबार अबु कल्ब गाउँमा भएको आक्रमणमा अन्य केही घाइते... ...

रातोपाटी
मस्कोतर्फ लक्षित १३९ युक्रेनी ड्रोन रुसले खसाल्यो
Latest NewsJust now

मस्कोतर्फ लक्षित १३९ युक्रेनी ड्रोन रुसले खसाल्यो

मस्काे । रुसले राजधानी मस्कोतर्फ लक्षित १३९ वटा युक्रेनी ड्रोन रातभरको कारबाहीमा खसालेको जनाएको छ । मस्कोका मेयर सर्गेई सोब्यानिनका अनुसार रुसी हवाई प्रतिरक्षा प्रणालीले रातभरदेखि सोमबार बिहानसम्म ती ड्रोनहरूलाई... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play