Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, रु १ करोड ५६ लाखको क्षति

बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, रु १ करोड ५६ लाखको क्षति

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, रु १ करोड ५६ लाखको क्षति

बाँके । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको फर्नेस आयलको ट्याङ्कीमा आगलागी हुँदा रु एक करोड ५० लाख भन्दाबढीको क्षति भएको छ । बिहीबार बिहान करिब १ः३० बजे फलाम इन्जिनमा प्रयोग हुने तेल फर्नेस आयलको ट्याङ्कीमा विद्युत् लाइन सर्किट चुहावटसर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले बताए । उनका अनुसार, आगलागीबाट रु एक करोड ५६ लाख बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । आगलागीको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय खजुराखुर्दबाट प्रहरी टोली खटिएको थियो । नेपाल प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा एक घण्टाभित्र आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राठौरले जानकारी दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

मल्लकालीन परम्परा जोगाउँदै खाँ जात्रा
ताजा खबरJust now

मल्लकालीन परम्परा जोगाउँदै खाँ जात्रा

भक्तपुर।विजयादशमीको भोलीपल्ट आज पापांकुश एकादशीको दिन मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु (खाँ निस्कने) जात्रा सम्पन्न भएको छ। तत्कालीन राजदरबारको रूपमा रहेको लाय्कु दरबारस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने हातहतियार बोकेर युद्ध कला प्रदर्शन गर्दै उक्त जात्रा सम्पन्न गरिएको संस्कृतिकर्मी एवं जात्राका पमा नाइके श्यामकाजी पमा श्रेष्ठले जानकारी दिए। दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी ...

नेपालन्युज
चिनियाँ लाल सेनाको ‘लङ मार्च’मा राष्ट्रपतिको विशेष सम्बोधन
ताजा खबरJust now

चिनियाँ लाल सेनाको ‘लङ मार्च’मा राष्ट्रपतिको विशेष सम्बोधन

• चीनले लाल सेनाको ‘लङ मार्च’ विजयको ९०औँ वार्षिकोत्सव मनाउन बेइजिङमा समारोह आयोजना गरेको छ। • राष्ट्रपति सी चिनफिङले कार्यक्रममा महत्त्वपूर्ण सम्बोधन गरेका छन् र विभिन्न नेताहरू उपस्थित थिए। • चाइना मिडिया ग्रुपले विशेष सांस्कृतिक कार्यक्रम प्रसारण गर्नेछ, जसमा लङ मार्चको कठिन यात्रा स्मरण गरिनेछ। ...

नेपालबहस
कसरी जन्मियो कांग्रेसको चियापान संस्कृति ?
ताजा खबरJust now

कसरी जन्मियो कांग्रेसको चियापान संस्कृति ?

काठमाडाैँ । नेपाली कांग्रेसले २०३५ सालमा विश्वेश्वरप्रसाद (बीपी) कोइराला भारत निर्वाचनबाट फर्केपछि कोजाग्रत पूर्णिमाका दिन ‘चियापान समारोह’ गर्दै आएको छ । यसलाई कांग्रेस आफूले नेपाली राजनीतिको एउटा विशिष्ट र सांस्कृतिक... ...

रातोपाटी
सामाजिक सञ्जालबाट सात करोडको कमाइ
ताजा खबरJust now

सामाजिक सञ्जालबाट सात करोडको कमाइ

अर्घाखाँची।सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ, ‘मोबाइलमा झुण्डिने युवा बिग्रिन्छन्।’ फेसबुक, टिकटक र युट्युबले युवाको समय खेर फाल्छन्, पढाइ बिगार्छन् र उनीहरूलाई वास्तविक जीवनबाट टाढा लैजान्छन् भन्ने भाष्य पनि उत्तिकै सुनिन्छ। तर यही सामाजिक सञ्जाल कसैका लागि समय कटाउने माध्यम मात्र होइन, सीप, पहिचान, रोजगारी र आम्दानीको बलियो आधार बन्न सक्छ भन्ने उदाहरण बनेका छन् अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play