Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

बर्खास्तीविरुद्ध एआईजी वंशीराज दाहालले दिए पुनरावेदनका लागि निवेदन

Share:WhatsAppFacebookX (Twitter)Telegram
बर्खास्तीविरुद्ध एआईजी वंशीराज दाहालले दिए पुनरावेदनका लागि निवेदन
Photo / Coverage: पर्दाफास

बर्खास्तीमा परेका सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहालले सरकारको निर्णयविरुद्ध पुनरावेदन दिएका छन् । दाहालले गृहमन्त्रीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुनरावेदन निवेदन दिएकाे स्राेतले बतायाे । मन्त्रिपरिषद्ले यसअघि गरेको बर्खास्तीको निर्णय नै सदर गरेमा दाहालका लागि अदालत जाने बाटो खुल्नेछ । अहिलेको प्रक्रियाअनुसार सोझै अदालत जान नमिल्ने भएकाले उनले पहिले मन्त्रिपरिषद्मा पुनरावेदन दिएको स्रोतले जनाएको छ । संवेदनशील तथा गम्भीर सूचना चुहाएको आरोपमा सरकारले गत २३ असोजमा दाहाललाई बर्खास्त गरेको थियो । बिचौलियाको आरोप लागेका इनम सापकोटासँग उनको सम्पर्क देखिएको र प्रधानमन्त्रीसँग सम्बन्धित सूचना चुहाएको आरोप उनीमाथि थियो । इनम पक्राउ परेपछि उनको मोबाइलमा एआईजी दाहालसँगको सम्पर्क देखिएको थियो । त्यसपछि इनमसँगको सम्बन्ध र संवेदनशील सूचना चुहाएको आरोपमा सरकारले १९ असोजमा दाहाललाई निलम्बन गरेको थियो । घटनाको छानबिन गर्ने जिम्मेवारी एआईजी अञ्जनीकुमार पोखरेललाई दिइएको थियो । छानबिनपछि प्रहरी कर्मचारीले पालना गर्नुपर्ने पदीय आचरणविपरीत काम गरेको भन्दै सरकारले २३ असोजमा दाहाललाई बर्खास्त गरेको थियो । यसअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ११ असोजमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई उनकै निवासबाट पक्राउ गरेको थियो । उनलाई राति २ बजे पक्राउ गरी १२ घण्टासम्म प्रहरी नियन्त्रणमा राखेर केरकार गरिएको थियो । जबरालाई पक्राउ गरेलगत्तै एआईजी दाहालले प्रहरी हिरासतमा पुगेर भेटेको विषयसमेत सार्वजनिक भएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रहरीका तल्लो तहका कर्मचारीका गुनासा सुन्न एसपी पुरीको नेतृत्वमा ८ सदस्यीय टोली गठन
OthersJust now

प्रहरीका तल्लो तहका कर्मचारीका गुनासा सुन्न एसपी पुरीको नेतृत्वमा ८ सदस्यीय टोली गठन

प्रहरी प्रधान कार्यालयले कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका कर्मचारीको गुनासो सुन्न र सम्बोधन गर्न आठ सदस्यीय टोली गठन गरेको छ। अपराध अनुसन्धान विभागका प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीको नेतृत्वमा गठित टोलीलाई प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले हस्ताक्षर गरेको पत्रमार्फत जिम्मेवारी तोकिएको हो। टोलीले आधारभूत तहका प्रहरी कर्मचारीका मर्का र गुनासो सुनेर अभिलेख राख्नेछ। प्राप्त गुनासो समयमै सम्बोधन गर्न सम्बन्धित कार्यालयसँग समन्वय ...

पर्दाफास
बालेन-मोदी भेटले कोर्ला त कूटनीतिको नयाँ कोर्स ?
OthersJust now

बालेन-मोदी भेटले कोर्ला त कूटनीतिको नयाँ कोर्स ?

सन् १९६० मा बीपी र नेहरूले कोरेको कूटनीतिक जगलाई सन् २०२६ को बहुध्रुवीय यथार्थमा प्रधानमन्त्री वालेन्द्र शाह र नरेन्द्र मोदीले नयाँ उचाइ दिन सक्छन् वा सक्दैनन् भन्ने प्रश्नको उत्तर थाती रहेका विवादको निरूपण, व्यापार असन्तुलन न्यूनीकरण र आयोजना कार्यान्वयनको गतिमा निर्भर रहनेछ। ...

अनलाइन खबर
गायक तथा संगीतकार भविन ढुंगानाको ‘अनप्लग्ड लाइभ कन्सर्ट’ हुँदै
OthersJust now

गायक तथा संगीतकार भविन ढुंगानाको ‘अनप्लग्ड लाइभ कन्सर्ट’ हुँदै

काठमाडौं । गायक तथा संगीतकार भविन ढुंगानाले आगामी मंसिर १३ मा काठमाडौंमा विशेष सांगीतिक कार्यक्रम ‘भविन ढुंगाना लाइभ इन कन्सर्ट’ आयोजना गर्ने भएका छन् । जमलस्थित सांस्कृतिक संस्थानको मिनी हलमा साँझ ५ बजेदेखि सुरु हुनेछ । करिब १०० जना दर्शकको सहभागितामा आयोजना हुने कार्यक्रमलाई आत्मीय तथा विशेष सांगीतिक प्रस्तुतिका रूपमा तयार गरिएको आयोजकले जनाएको छ… ...

अनलाइन खबर
विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन आवश्यक : सभामुख
OthersJust now

विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन आवश्यक : सभामुख

३ मंसिर, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले विकास पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन र जोखिम मूल्याङ्कनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । नेपाल भौगर्भिक समाजद्वारा यहाँ आयोजित भौगर्भिक सम्मेलनमा उनले सडक, सुरुङमार्ग, जलविद्युत् आयोजना, विमानस्थल तथा सहरी पूर्वाधार निर्माण गर्दा भौगर्भिक अवस्थाको वैज्ञानिक अध्ययन गर्नुपर्नेमा जोड दिए । उनले भौगर्भिक विशिष्टताका कारण नेपाल भूकम्प, पहिरो, बाढी, हिमताल… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play