बम राखिएको धम्कीपछि इजरायलबाट भियनातर्फ उडेको विमान बुल्गेरियामा अवतरण

काठमाडौं । बम राखिएको धम्की आएपछि इजरायलबाट अस्ट्रिया जाँदै गरेको अस्ट्रियन एयरलाइन्सको विमान बुल्गेरियामा आकस्मिक अवतरण गरिएको छ । आइतबार राति तेल अभिभबाट भियनातर्फ उडेको एयरबस ए३२० विमान बुल्गेरियाको राजधानी सोफियामा अवतरण गरिएको बुल्गेरियाको यातायात मन्त्रालयले जनाएको छ । विमान अवतरणपछि यात्रुलाई बाहिर निकालिएको थियो । यातायात मन्त्रालयका अनुसार विमानको सुरक्षाका लागि बुल्गेरियाली वायुसेनाले मिग–२९ लडाकु विमान परिचालन गरेको थियो । घटनामा कोही घाइते भएको खबर छैन । घटनाबारे अनुसन्धान सुरु गरिएको छ । बुल्गेरिया र इजरायलका सञ्चारमाध्यमले विमानमा बम राखिएको धम्की आएको जनाएका छन् । अस्ट्रियन एयरलाइन्सले पनि धम्की आएको पुष्टि गरेको छ । यद्यपि, धम्कीको विस्तृत विवरण सार्वजनिक गरिएको छैन । एएफपी समाचार संस्थालाई एयरलाइन्सका एक प्रवक्ताले विमानमा ५१ जना यात्रु र चालक दलका छ जना सदस्य रहेको बताएका छन् । धम्कीको सूचना प्राप्त भएको करिब ३० मिनेटपछि विमान सोफियामा अवतरण भएको थियो । विमान मार्ग परिवर्तन गर्दा रोमानियाको आकाशमा उडिरहेको थियो । उडानसम्बन्धी तथ्याङ्कअनुसार विमान आइतबार साँझ तेल अभिभस्थित बेन गुरियन विमानस्थलबाट उडेर करिब तीन घण्टापछि सोफियास्थित भासिल लेभ्स्की विमानस्थलमा अवतरण गरेको थियो । गत महिना पनि तेल अभिभतर्फ जाँदै गरेको फ्लाइदुबईको विमान अपहरण गर्ने प्रयास भएको थियो । विमानका पाइलटमाथि आक्रमण गरेका एक व्यक्तिलाई चालक दल र यात्रुले नियन्त्रणमा लिएका थिए । त्यसपछि विमानलाई साउदी अरेबियामा सुरक्षित अवतरण गराइएको थियो । त्यस्तै, गत साता ग्रिसको कोर्फु टापुबाट जर्मनीको न्युरेम्बर्गतर्फ जाँदै गरेको व्यावसायिक उडानबाट गल्तीवश अपहरणसम्बन्धी आपत्कालीन सङ्केत जारी भएपछि क्रोएसिया र जर्मनीले पनि लडाकु विमान परिचालन गरेका थिए ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

बुबाबिनाको दसैं औपचारिकता जस्तै : रेखा थापा
म चार–पाँच वर्षकी थिएँ होला, स्कर्ट लगाएकी थिएँ । लिंगेपिङमा मेरो पालो आउँदा जामा उडेर लाज होला भन्ने डरले कुनामा गएर टोलाएर बसेँ । ...

सप्तकोशीमा डुबेर बेपत्ता युवा मृत फेला
सुनसरी। सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक साेमबार बिहान मृत फेला परेका छन्। बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचापका २३ वर्षीय ओसन कोइरालाको शव आज बिहान फेला परेको... ...

बढ्यो सुन र चाँदी दुवैको भाउ
नेपाली बजारमा सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) छापावाल सुनको भाउ प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ कायम गरिएको हो। हिजो आइतबार सुनको मूल्य तोलाको २ लाख ८९ हजार ७ सय रुपैयाँ थियो। यस्तै अघिल्लो दिनको तुलनामा चाँदीको भाउ पनि बढेको छ। सुनचाँदी व्यवसा... ...

सप्तकोशीमा डुबेर बेपत्ता युवा मृत फेला
सुनसरी।सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक आज बिहान मृत फेला परेका छन्। बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचापका २३ वर्षीय ओसन कोइरालाको शव आज बिहान फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार निजको शव परीक्षणका लागि इनरुवास्थित जिल्ला अस्पताल पठाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ। ...


