बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो, दुई महिनाभित्र कालोपत्र सम्पन्न गर्ने लक्ष्य

काठमाडौं। लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा बजार क्षेत्रको सडक निर्माण कार्य अघि बढेको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सडक निर्माण कार्य पुनः सुरु भएको जानकारी दिँदै आगामी दुई महिनाभित्र कालोपत्र सम्पन्न गर्ने लक्ष्य राखिएको बताएका छन्। सडकको सेन्टरलाइन र इन्टरसेक्सन (चोक) सम्बन्धी विवादका कारण निर्माण कार्य रोकिएको थियो । मन्त्रालयको पटक–पटकको सहजीकरणपछि विवाद समाधान भएसँगै निर्माण कार्य अघि बढाइएको मन्त्री लम्सालले जानकारी दिए। हाल निर्माणस्थलमा सडकको पुरानो सतह हटाउने काम भइरहेको छ । बाँकी सडकखण्डलाई सर्भिस लेनसहित चार लेनमा स्तरोन्नति गरी यसै वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए। मन्त्री लम्सालका अनुसार साँगा–धुलिखेल सडकखण्डको सर्भिस लेनसहित कूल लम्बाइ सात दशमलव नौ किलोमिटर रहेको छ । जसमध्ये छ दशमलव पाँच किलोमिटर सडकमा कालोपत्र सम्पन्न भइसकेको छ। अब बाँकी एक दशमलव चार किलोमिटर सडक निर्माण गर्न बाँकी छ । बाँकी सडकखण्डमा पनि निर्माण कार्यलाई तीव्रता दिँदै सर्भिस लेनसहित चार लेनमा स्तरोन्नति गरिने मन्त्रालयले जनाएको छ । लामो समयदेखि रोकिएको सडक निर्माण कार्य अघि बढेसँगै बनेपा बजार क्षेत्रको यातायात व्यवस्थापन सहज हुने र सडक पूर्वाधारमा सुधार आउने अपेक्षा गरिएको मन्त्री लम्सालले जनाए।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

‘इनम’सँग कनेक्सनको आरोपपछि बोले न्यायाधीश फुयाल, ‘अनुसन्धानका लागि सहयोग गर्छु’
काठमाडौं । उच्च पदस्थलाई प्रभावमा पारी विचौलियाको आरोपमा पक्राउ परेका विवादित इनम सापकोटासँगको कनेन्सनबारे आरोपपछि सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले प्रतिक्रिया जनाएका छन् । न्यायाधीश सापकोटा इनममार्फत् न्याय सम्पादनमा समेत सेटिङको आरोपबारे समाचार छापिएपछि विवादमा तानिएका छन् । उनले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै ‘स्वतन्त्र, निष्पक्ष र सुशासनसहितको न्यायपालिकाप्रति आफ्नो पूर्ण प्रतिबद्धता रहेको दाबी गर्दै […] ...

एनपीएलमा दर्शकलाई सास्ती, क्यानले सुनेन गुनासो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सफलतापूर्वक सञ्चालन भइरहँदा पनि दर्शकले भोग्नुपरेका आधारभूत समस्याबारे नेपाल क्रिकेट संघको ध्यान नगएको भन्दै गुनासो बढेको छ । मैदान र खेलको आकर्षण बढे पनि टिकट व्यवस्थापन, पार्किङ, शौचालय, खानेपानी र खानाको मूल्यजस्ता विषयमा दर्शकले असुविधा भोग्नुपरेको गुनासो गरेका छन् । दर्शकका अनुसार पहिलो संस्करणदेखि उठ्दै आएका समस्या दोस्रो र तेस्रो संस्करणसम्म पनि दोहोरिएका ...

सुनकोसी मरिण डाइभर्सनका निर्देशक रिजाल पक्राउ
सुनकोसी मरिण डाइभर्सन आयोजनाका निर्देक कृष्णकुमार रिजाल पक्राउ परेका छन्। बिहीबार जिल्ला प्रहरी कार्यालय, सिन्धुलीको टोलीले रिजाललाई कार्यकक्षबाटै पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर, काठमाडौं उपस्थित गराउन पत्राचार गरेपछि रिजाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ। आयोजनाका निर्देशक रिजाललाई बिहीबार नै जिल्ला प्रहरी कार्यालय, ... ...

गिटहबको ‘अक्टोभर्स’ प्रतिवेदनमा ‘भोटेकोशी बाढी’ पोर्टल उत्कृष्ट प्रोजेक्टमा समावेश
भोटेकोशी बाढीसम्बन्धी आधिकारिक सूचनालाई एकीकृत रूपमा प्रवाह गर्न तयार पारिएको ‘रसुवा–भोटेकोशी बाढी’ पोर्टललाई गिटहबले आफ्नो ‘अक्टोभर्स २०२६’ प्रतिवेदनमा वर्षकै उत्कृष्ट प्रोजेक्टका रूपमा उल्लेख गरेको छ । ...


