बडादसैंको टीका आज पनि लगाइँदै

काठमाडौं।विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि टीका र जमरा लगाएर दसैं मनाइँदैछ । आज पनि नवदुर्गाको प्रसादका रूपमा मान्यजनका हातबाट शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर बडादसैं मनाइएको छ । बुधबार बडादसैंको मुख्य दिन अर्थात् बिजया दशमी हो भने आज एकादशी हो। त्यसैले हिजो टीका थाप्न नभ्याएकाहरुले आज पनि आफन्त तथा मान्यजनहरुकामा पुगेर बिजया दशमीको टीका थापिरहेका छन्। हिजो घरैमा टीका लगाएका कतिपय सर्वसाधारण आज काठमाडौं बाहिर रहेका आफन्त र मान्यजनकहाँ गइरहेका छन्। काठमाडौंबाट लामो तथा छोटो दूरीका सवारीसाधन फाट्टफुट्ट सञ्चालन भइरहेकाले कतिपय नागरिक आफन्त र मान्यजनहरुकहाँ टीका थाप्नका लागि बाहिरिएका हुन् । त्यस्तै मानिसहरु बाहिरबाट पनि काठमाडौं आइरहेका छन्। बडादसैंको टीकाको मुख्य दिन बुधबार भए पनि कोजाग्रत पूर्णिमासम्म नै मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने प्रचलन रही आएको छ। त्यसैले आज पनि बडादसैंको टीका लगाउने र लगाइदिने एवम् आशीर्वाद लिने दिने क्रम जारी नै रहेकाले काठमाडौंमा चहलपहल केही बढेको देखिएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

२४ घण्टामा भएका सवारी दुर्घटनाबाट पाँच जनाको मृत्यु, ३१३ जना घाइते
गएको २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ। ती घटनामा ३१३ जना घाइते भएका प्रहरीले जनाएको छ। सबैभन्दा धेरै कोसी प्रदेशमा दुई जनाको मृत्यु र १०८ जना घाइते भएका छन्। काठमाडौँ उपत्यकामा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। उपत्यकाबाहेक बागमती प्रदेशमा एक जनाको मृत्यु र २० जना घाइते भएका छन्।&nb... ...

मासु खाएपछि अपच भयो? अपनाउनुहोस् यी घरेलु उपाय
काठमाडौं । दशैँकाे समय छ । धेरै मासु नखाएपनि टिका थाप्न जाँदा थोरै थोरै गरेर खाएको थोरै मासुले पनि कहिलेकाहीँ विगार गर्न सक्छ ।मासु खाएपछि पेट भारी हुने, ग्यास बढ्ने, डकार आउने वा पेट फुल्ने समस्या धेरैलाई हुन सक्छ। विशेषगरी चिल्लो, पिरो र धेरै मात्रामा मासु खाँदा पाचन प्रक्रियामा असहजता हुन सक्छ। यस्तो अवस्थामा खानपानमा ध्यान दिनुका साथै केही सामान्य ...

थिमिमा मल्लकालीन युद्धकला झल्काउने खाँ पिहाँवइगु जात्रा सम्पन्न
भक्तपुर । असोज शुक्ल पक्षको एकादशीका अवसरमा बिहीबार भक्तपुरको मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने गरी खाँ पिहाँवइगु जात्रा सम्पन्न भएको छ । तत्कालीन राजदरबारको रूपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट... ...

साउदी अरबमा एकपछि अर्को आक्रमण, नेपालीपछि मारिए भारतीय
बुधबार राति साउदी अरबको दम्माम विमानस्थलमा भएको आक्रमणमा एक भारतीयसहित २ जनाको मृत्यु भएको छ। रियादस्थित भारतीय दूतावासले साउदी अधिकारीहरूलाई उद्धृत गर्दै दिएको जानकारीअनुसार घटनामा दुई जना भारतीय घाइते पनि भएका छन्। भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साउदी अधिकारीहरूले हिजो राति दम्माम विमानस्थलमा भएको आक्रमणमा एक भारतीय ना... ...


