Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/बडादसैँ आज सकिँदै, कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा गरिँदै

बडादसैँ आज सकिँदै, कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा गरिँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
बडादसैँ आज सकिँदै, कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा गरिँदै

काठमाडौं, कात्तिक ८ । नेपालीले भव्य रूपमा मनाउने बडादसैँ पर्व आज कोजाग्रत पूर्णिमासँगै समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमामा आज साँझ धनधान्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने परम्परा छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सुरु भएको दुर्गा पक्ष कोजाग्रत पूर्णिमामा समापन हुने गर्छ । यस दिन घटस्थापनामा राखिएका जमरा विसर्जन गर्नुका साथै माता दुर्गाका तीन प्रमुख रूपमध्ये महालक्ष्मीको पूजा गरेर दुर्गा पक्षलाई बिदाइ गरिन्छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार साँझ महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने व्यक्तिको घरमा महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य र सम्पन्नता प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास छ । नवरात्र विजयादशमीकै दिन सकिए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिन समाप्त हुन्छ । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले कोजाग्रत पूर्णिमाको विशेष धार्मिक महत्त्व रहेको छ । यस पूर्णिमालाई कौमुदी पूर्णिमा पनि भनिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज साँझ अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसादस्वरूप दसैँको टीका र जमरा लगाउनु शास्त्रसम्मत मानिन्छ । बिहानै दसैँघरका फूलप्रसाद र जमराका अवशेष नजिकको नदी, तलाउ, पोखरीलगायत तीर्थस्थलमा लगेर विसर्जन गर्ने परम्परा पनि छ । भोलिदेखि कात्तिक स्नान र आकाशदीप दान गर्ने चलन सुरु हुन्छ । यसलाई दसैँको बिदाइसँगै तिहारको तयारी सुरु हुने समयका रूपमा समेत लिइन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

सर्लाहीमा ट्रक र इभी ठोक्किए, १२ जना घाइते
राजनीतिJust now

सर्लाहीमा ट्रक र इभी ठोक्किए, १२ जना घाइते

पूर्वपश्चिम महेन्द्र राजमार्गस्थित सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, बाँके जङ्गलमा शनिबार ट्रक र इभी गाडी ठोक्किँदा १२ जना घाइते भएका छन् ।  सर्लाहीबाट पूर्व बर्दिबासतर्फ जाँदै गरेको मधेश प्रदेश ०४–००१ ज ००५७ नम्बरको इभी गाडी र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–००२ ख १३२४ नम्बरको ट्रक ठोक्किँदा इभीमा सवार मानिस घाइते भएका हुन् । दुर्घटनामा बाराको महागढीमाई नगरपालिका ६ का ४१ वर्षीय कामेश्वर सहनी, ...

फरकधार
दिल्लीमा दिएको अभिव्यक्तिले अर्थमन्त्री वाग्ले विवादमा, विपक्षी नेताहरूको प्रश्न-नेपालको हितमा बोल्नु भारतविरोध हो ?
राजनीतिJust now

दिल्लीमा दिएको अभिव्यक्तिले अर्थमन्त्री वाग्ले विवादमा, विपक्षी नेताहरूको प्रश्न-नेपालको हितमा बोल्नु भारतविरोध हो ?

काठमाण्डु- भारतको नयाँदिल्लीमा नेपाल–भारत सम्बन्ध र राष्ट्रवादबारे दिएको अभिव्यक्तिलाई लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विवादमा तानिएका छन् । वाग्लेको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापा र नेकपा एमालेका नेताहरूले आपत्ति जनाउँदै राष्ट्रिय हितका विषयमा प्रश्न उठाएका छन् । नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा बोल्दै अर्थमन्त्री वाग्लेले नेपालमा भारतविरोधी भावनासँग जोडिएको […] ...

काठमाण्डुपाटी
वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
राजनीतिJust now

वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित

वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। एकदिवसीयमा उनले २०० ...

फरकधार
म्याग्दीका पहिरो प्रभावित भन्छन्- 'आश्रयस्थलभन्दा खाली घरमा बस्न सहज भयो'
राजनीतिJust now

म्याग्दीका पहिरो प्रभावित भन्छन्- 'आश्रयस्थलभन्दा खाली घरमा बस्न सहज भयो'

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका कारण घर छाड्नुपर्‍यो । केही दिन शिखको अस्थायी आश्रयस्थलमा बिताइन् । अहिले उनी दिदी सुनमाया तिलिजाले उपलब्ध गराएको खाली घरमा बस्न थालेकी छन् । सुनमायाको परिवार बसाइँ सरेपछि घर खाली थियो । विपद्ले घरबारविहीन बनेकी भूमदेवीको परिवारका लागि त्यही घर अहिले आश्रय बनेको छ । ‘करिब १५–२० दिन शिखको आश्रयस्थलमा बसेपछि घरसल्लाह ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play