Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बडादशैँमा पनि रोकिएन विदेशिने युवाको लर्को

बडादशैँमा पनि रोकिएन विदेशिने युवाको लर्को

Share:WhatsAppFacebookX (Twitter)Telegram
बडादशैँमा पनि रोकिएन विदेशिने युवाको लर्को

काठमाडौं । नेपालीहरूको प्रमुख पर्व बडादशैँमा पनि रोजगारी, अध्ययन तथा अन्य विभिन्न कामका सिलसिलामा विदेशिने क्रम जारी छ । दशैँको उल्लास, पारिवारिक भेटघाट र मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने चटारो चलिरहेका बेला पनि आफ्नो भविष्य निर्माण र परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले सयौँ नेपाली युवायुवती विदेश प्रस्थान गरिरहेका छन् । काठमाण्डौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि विदेश जाने यात्रुको भिडभाड त्यत्तिकै देखिन्छ । विमानस्थल हुँदै विभिन्न देशका लागि प्रस्थान गर्ने नेपालीमध्ये अधिकांश रोजगारीको खोजीमा विदेश जाने युवायुवती देखिन्छन् । यसका साथै उच्च शिक्षा हासिल गर्न, परिवारका सदस्यलाई भेट्न तथा अन्य व्यक्तिगत कामका लागि विदेश जाने नेपाली पनि विमानस्थलमा देखिएको छ । चाडपर्वका बेला परिवारसँग बसेर खुसी साटासाट गर्ने, आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्ने र मान्यजनबाट आशीर्वाद लिने नेपाली परम्परा छ । तर केही वर्षदेखि रोजगारी, आर्थिक अवसर र सुनौलो भविष्यको खोजीमा विदेशिने युवाको सङ्ख्या बढ्दो छ । अन्तर्राष्ट्रिय विमानस्थलमा देखिने युवाको भीडले नेपाली समाजको बदलिँदो आर्थिक तथा सामाजिक अवस्थालाई चित्रण गर्छ । आफ्नै गाउँघर, सहर–बजार अर्थात् स्वदेशमा अध्ययन तथा पेसा–व्यवसाय गर्न छोडेर विदेशतर्फ आकर्षित हुने आम प्रवृत्तिका कारण गाउँघर रित्तो भई खेतबारी बाँझिएको अवस्था छ । यसैबीच, रोजगारीका लागि विदेसिन लागेका सिरहाका लखनकुमार यादवले नेपालमा पर्याप्त रोजगारीका अवसर नहुँदा विदेश जान बाध्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, ’योग्यता र क्षमताअनुसारको काम स्वदेशमै पाउने सुनिश्चित भइदिएको भए दशैँको बीचमा परिवार छाडेर विदेश जाने मन थिएन । आफूसहित परिवारको भविष्यका लागि विदेश जाँदैछु ।’ शिक्षा, स्वास्थ्यको व्यवस्थासहित परिवारको दैनिकी चलाउने, आर्थिक अवस्था सुधार्ने र भविष्यका लागि केही बचत गर्ने उद्देश्यले नेपाली युवा विदेशिने गरेको उहाँको भनाइ छ । विमानस्थलमै भेटिनुभएका गुल्मीका प्रकाश खत्री स्वदेशमा पर्याप्त रोजगारीका अवसर सिर्जना नहुँदा आफ्नो भविष्य निर्माणका लागि युवा पुस्ताको विदेश रोजाइ हुने गरेको बताउनुहुन्छ । ’नेपालमा रोजगारीको अवसर नभएको, भए पनि सेवा सुविधा न्यून रहेको र एकाधबाहेक विदेश जानेहरूको आर्थिक, शैक्षिक तथा सामाजिक हैसियत राम्रो देखिएकाले चाडपर्वमा रमाउने भन्दा पनि सुनौलो भविष्यका लागि विदेशलाई नै रोज्नुपर्ने अवस्था छ,’ उहाँले भन्नुभयो । यसैगरी, छोरालाई विदेश पठाउन विमानस्थल आउनुभएका कैलालीका ठक्कर कलेल वैदेशिक रोजगारीले परिवारको आर्थिक अवस्था सुधार्न तथा जीवनस्तर उकास्न सहयोग पुर्‍याए पनि देशभित्रको सक्रिय जनशक्ति यसरी विदेसिँदा मुलुकमा दीर्घकालीन चुनौती उत्पन्न हुनसक्ने बताउनुहुन्छ । दक्ष तथा मेहनती युवा विदेश पलायन हुँदा कृषि, उद्योग, निर्माण, पर्यटन र उत्पादनमूलक क्षेत्रमा आवश्यक जनशक्तिको अभाव हुन सक्ने उहाँको चिन्ता छ । The post बडादशैँमा पनि रोकिएन विदेशिने युवाको लर्को appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

सातापछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्
ताजा खबरJust now

सातापछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

काठमाडौँ, कात्तिक ५ गते । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध गरेको छ। मौसम पूर्वानुमान मह... ...

गोरखापत्र
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ जना घाइते
ताजा खबरJust now

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ जना घाइते

• पछिल्लो २४ घण्टामा नेपालका विभिन्न स्थानमा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ र ३१३ जना घाइते भएका छन्। • काठमाडौँ, सुनसरी, मकवानपुर, मोरङ र तनहुँमा भएका दुर्घटनामा भारतीय नागरिक र स्थानीय व्यक्तिहरूको मृत्यु भएको छ। • विभिन्न दुर्घटनाहरूमा मोटरसाइकल र बसको ठक्करका कारण मृत्यु भएको र घाइतेहरूको उपचार भइरहेको छ। ...

नेपालबहस
बकैया अटो दुर्घटना; श्रीमानको मृत्यु, श्रीमती र बालक घाइते
ताजा खबरJust now

बकैया अटो दुर्घटना; श्रीमानको मृत्यु, श्रीमती र बालक घाइते

हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका–५, श्रीपुरमा अटोको ब्रेक फेल भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार दिउँसो करिब २ः१० बजे मदन भण्डारी लोकमार्गअन्तर्गत भनौराबाट जुरेलीतर्फ जाँदै गरेको बा.प्र.०८–००१ ह ०१०५ नम्बरको अटो ब्रेक फेल भएर अनियन्त्रित हुँदा दुर्घटना भएको हो। दुर्घटनामा बकैया गाउँपालिका–५, भनौराका करिब ४५ वर्षीय सन्तबहादुर माझीको मृत्यु भएको ...

हिमालय टाइम्स
चितवन प्रहरीद्वारा पहिलोपटक निःशुल्क बस सेवा सञ्चालन
ताजा खबरJust now

चितवन प्रहरीद्वारा पहिलोपटक निःशुल्क बस सेवा सञ्चालन

बडादसैँअन्तर्गत टीकाको दिन आमसर्वसाधारण जनताको हितलाई ध्यानमा राखी चितवन प्रहरीले पहिलोपटक भरतपुर क्षेत्रमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ।    जिल्ला प्रहरी कार्यालय चितवनले टीकाको दिन सहज रुपमा सार्वजनिक सवारीसाधन नपाइने भएकाले नेपाल पुलिस स्कुल, शान्तिपुरका दुई वटा बस प्रयोग गरी ८४० जना यात्रुलाई निःशुल्क बस सेवा दिएको जनाएको छ।   दुई वटा ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play