Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar

बञ्जी खेलले बढायो कुस्मा र बलेवामा पर्यटकीय चहलपहल

Share:WhatsAppFacebookX (Twitter)Telegram
बञ्जी खेलले बढायो कुस्मा र बलेवामा पर्यटकीय चहलपहल
Photo / Coverage: हिमालय टाइम्स

बागलुङ । अजंगको भिरमा फलामका लठ्ठा तानेर बनाइएको पुल । देख्दै शरीर जिरिंग हुने पुलमा दैनिक सयौँ पर्यटक आवतजावत गर्छन् । बागलुङको बलेवा र पर्वतको कुस्मा बजार जोडेको पुल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । जुन पुलबाट बञ्जी जम्प सञ्चालन भइरहेको छ । साहसिक पर्यटकका लागि उत्कृष्ट गन्तव्यका लागि चर्चित बन्दै गएको बञ्जीमा यतिबेला चहलपहल बढेको छ । कालीगण्डकी नदीमाथि निर्माण भएको विश्वकै दोस्रो अग्लो दाबी गरिएको बञ्जी २०७७ कात्तिक महिनादेखि सञ्चालनमा आएको थियो । बञ्जी सञ्चालनमा आएपछि कुस्मा बजार र बलेवामा पर्यटकीय चहलपहल ह्वात्तै बढेको छ । द क्लिफ प्रालिको करोडौँ लगानीमा सञ्चालनमा आएको बञ्जीसँगै स्विङ, स्काइसाइक्लिङ, रिसोर्ट, मेघा ट्रोल सञ्चालन गरिएको छ । बञ्जीले दुई जिल्ला जोडेको भए पनि ९० प्रतिशत बढी संरचना बागलुङमा बनेका छन् । बञ्जीसहितका संरचना निर्माण गर्दा हालसम्म ९० करोड बढी लगानी गरेको द क्लिपका म्यानेजर सफल थापाले जानकारी दिनुभयो । द क्लिपले बञ्जीसँगै अन्य संरचना बढाउँदै गएपछि पर्यटकको आकर्षण बढेको उहाँको भनाइ छ । पछिल्लो समय दैनिक ३०० बढी स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन् । दैनिक ५० जनालाई बञ्जी गराउन सक्ने क्षमता रहेको सुनाउँदै पर्यटक बढी हुँदा पालोअनुसार बञ्जी गराउनु परेको म्यानेजर थापाले बताउनुभयो । उहाँका अनुसार नेपालीसँगै भारतीय, बंगाली र युरोपका विभिन्न देशबाट आउने पर्यटकको संख्या बढिरहेका छन् । थापाले भन्नुभयो, ‘द क्लिपमा आउने यो ‘बेस्ट’ सिजन हो, विगतका वर्षलाई हेर्ने हो भने यतिबेला नै धेरै पर्यटक आउनुभएको देखिन्छ, अहिले पनि दशैँको बिदा मनाउन पर्यटक यहाँ आएको पाएका छौँ, दैनिक सयौँको संख्यामा आउने पर्यटकले बञ्जी जम्पको पुल र रिसोर्ट क्षेत्र भरिभराउ नै हुन्छ, रिसोर्टमा बास बस्न आउनेको संख्या पनि ठूलो छ ।’ २०७३ सालदेखि बञ्जीका लागि पुलको निर्माण सुरु गरिएको थियो भने २०७६ सालसम्म आइपुग्दा रिसोर्टको समेत निर्माण सकिएको थियो । ५२५ मिटर लामो रहेको पुल कालीगण्डकी नदीदेखि २२८ मिटर अग्लो छ । कम्पनीले विश्वकै दोस्रो अग्लो बञ्जी र विश्वकै अग्लो स्विङ भएको दाबी गर्दै आएको छ । बञ्जी जम्पका कारण बलेवा र कुस्मामा व्यापारसमेत बढ्दै गएको स्थानीय व्यापारीहरू बताउँछन् । बञ्जी गर्ने युवादेखि वृद्धसम्म हुन्छन् । कतिपयले एकपटक बञ्जी गर्दा धित मार्छन् भने कतिपयले पटक–पटक गर्दा पनि धित नमरेको बताउँछन् । दक्षिण भारतबाट आएका भरत दासले यहाँ जत्तिको अग्लो बञ्जी आफूले अहिलेसम्म नदेखेको सुनाउनुभयो । आफू मुक्तिनाथ दर्शन गरेर फर्किएको सुनाउने दासले दुई दिन बञ्जीसहित बागलुङ र पर्वतका विभिन्न क्षेत्रमा घुमेको सुनाउनुभयो । ‘यो बञ्जी निकै खतरनाक छ, म त देख्दै अचम्मित भएँ, बञ्जी गर्ने आँट आएन तर अरूले निकै हिम्मतका साथ गरेको देख्दा मलाई निकै रमाइलो लाग्यो,’ दासले भन्नुभयो, ‘यति डरलाग्दो ठाउँमा बञ्जी सञ्चालन गर्न त्यत्ति सहज थिएन होला तर यसले हामीहरूलाई रमाइलो दिलायो ।’ काठमाडौं बौद्धबाट घुम्न आउनुभएका राजु नगरकोटीले कालीगण्डकीको समिपमा बनेको बञ्जी जम्पले आफूलाई प्रफुल्लित बनाएको बताउनुभयो । पहिलोपटक बञ्जी गरेको सुनाउँदै नगरकोटीले यहाँको स्वच्छ वातावरण र रमाइलो गर्ने माध्यमहरूले केही दिन यतै घुमफिर गर्ने योजना बनाएको बताउनुभयो । काठमाडौंको कोलाहलबाट यहाँ घुम्न आउँदा शारीरिक र मानसिक स्वास्थ्य स्वस्थ बनेको उहाँको भनाइ छ । ‘टिकटक र फेसबुकमा धेरैले बञ्जी जम्प गरेको देखेको थिएँ, यहाँ आउने मौका मिलेको थिएन, यसपालि दशैँको मेसो मिलाएर ढोरपाटन पुग्यौँ, ढोरपाटनबाट फर्किएर यहाँ आएका हौँ, बञ्जी गर्दा सुरुमा निकै डर लागेको थियो तर हाम फालेपछि तल पुग्दा निकै रमाइलो हुँदोरहेछ, फेरि एकपटक बञ्जी गर्ने रहर लागेको छ ।’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
म्याक्स मनी प्रकरणमा हिमालयन बैंकलाई क्लिन चिट
Latest NewsJust now

म्याक्स मनी प्रकरणमा हिमालयन बैंकलाई क्लिन चिट

काठमाडौं । नेपालको हिमालयन बैंक लिमिटेड र मलेसियाको म्याक्स मनी एसडिएन बिएचडीबीच जोडिएको विवादित प्रकरणमा मलेसियाली प्रहरीले अनुसन्धान टुंग्याउँदै थप कानुनी कारबाही आवश्यक नरहेको निर्णय गरेको छ । मलेसियाको रोयल मलेसिया प्रहरीअन्तर्गतको वाणिज्य अपराध अनुसन्धान विभागले अनुसन्धान सम्पन्न गरी सरकारी अभियोजन पक्षसमक्ष पेश गरेको प्रतिवेदनका आधारमा उक्त निर्णय भएको हो । मलेसियाली प्रहरीको आधिकारिक पत्रअनुसार हिमालयन बैंक र म्याक्स मनीसँग सम्बन्धित ...

हिमालय टाइम्स
अस्ट्रेलियन डलर र बहराइन दिनारको भाउ बढ्यो, युरो र पाउन्डको घट्यो
Latest NewsJust now

अस्ट्रेलियन डलर र बहराइन दिनारको भाउ बढ्यो, युरो र पाउन्डको घट्यो

नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।  आज अमेरिकी डलर, कुवेती दिनारसहित केही विदेशी मुद्राको विनिमयदर स्थिर छ। तर, अस्ट्रेलियन डलर, बहराइन दिनारसहित कतिपय मुद्रा भने महँगिएका छन्।  युरो, पाउन्डसहित केही मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ।  आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैय... ...

नेपालखबर
वाणिज्य बैंकहरूको नाफा १९ अर्ब माथि
Latest NewsJust now

वाणिज्य बैंकहरूको नाफा १९ अर्ब माथि

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/०८४ को तीन महिनामा वाणिज्य बैंकहरूले १९ अर्ब १४ करोड ५४ लाख ७३ हजार रुपैयाँ नाफा कमाएका छन् । उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.५९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकको नाफा १३ अर्ब १४ करोड ९८ लाख २३ हजार रुपैयाँ थियो । बैंकहरूले सार्वजनिक गरेको वित्तीय ...

हिमालय टाइम्स
सिँचाइ कुलो निर्माणले लेखर्कमा धान उत्पादन बढाउन सहज
Latest NewsJust now

सिँचाइ कुलो निर्माणले लेखर्कमा धान उत्पादन बढाउन सहज

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कको काभ्रेबेँसीलगायत क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएपछि किसानलाई धानखेती गर्न सहज भएको छ । विगतमा सिँचाइको अभावमा खेतीपाती गर्न समस्या भोग्दै आएका किसान कुलो निर्माण... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play