Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

फोटोनका १४ इभी भ्यान भाटभटेनीलाई हस्तान्तरण

Share:WhatsAppFacebookX (Twitter)Telegram
फोटोनका १४ इभी भ्यान भाटभटेनीलाई हस्तान्तरण
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा टिएम १ विद्युतीय व्यावसायिक सवारीसाधन (इभी भ्यान) हस्तान्तरण गरेको छ । एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स प्रालिअन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले विद्युतीय सवारीसाधन विस्तार गर्ने उद्देश्यसहित उक्त सवारीसाधन हस्तान्तरण गरेको हो । टुगेदर टुवार्ड ग्रिनर फ्युचर भन्ने नारासाथ आयोजित हस्तान्तरण कार्यक्रमले दुवै संस्थाको वातावरणमैत्री यातायात प्रणालीको विकास र दिगो व्यावसायिक अभ्यासप्रतिको साझा प्रतिबद्धतालाई दर्शाएको छ । भाटभटेनी सुपरमार्केटले आफ्नो ढुवानी तथा वितरण प्रणालीमा विद्युतीय सवारीसाधन समावेश गर्नुले व्यवसाय सञ्चालनसँगै वातावरण संरक्षणलाई पनि प्राथमिकता दिएको देखाएको छ । कम्पनीका अनुसार फोटोन टिएम १ विद्युतीय सवारीसाधन वातावरणमैत्री प्रविधि, सञ्चालन खर्चमा बचत र भरपर्दो कार्य क्षमताका कारण व्यावसायिक ढुवानीका लागि उपयोगी विकल्प बन्न सक्छ । एमएडब्लु वृद्धि कमर्सियल भेइकल्सका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार बरालले भाटभटेनी सुपर मार्केटसँगको सहकार्यले नेपालमा विद्युतीय व्यावसायिक सवारीसाधन प्रयोग विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘भाटभटेनी जस्तो लाखौँ नेपालीको विश्वास जित्न सफल संस्थासँग सहकार्य गर्न पाउँदा हामी खुसी छौं । १४ वटा फोटोन इभी हस्तान्तरण व्यावसायिक उपलब्धिमात्र नभई दिगो यातायातप्रतिको बढ्दो विश्वासको उदाहरण पनि हो । नेपाली व्यवसायको आवश्यकतालाई ध्यानमा राख्दै विश्वसनीय र आधुनिक विद्युतीय सवारीसाधन उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो ।’ त्यसैगरी भाटभटेनी सुपरमार्केटका निर्देशक पहलमान गुरुङले वातावरणमैत्री व्यवसाय सञ्चालनलाई संस्थाले प्राथमिकतामा राख्दै आएको बताउनुभयो । उहाँले फोटोन मोटर्ससँगको सहकार्यले दिगो ढुवानी प्रणाली विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै यस्ता पहलले नेपालका अन्य व्यवसायलाई पनि विद्युतीय सवारीसाधनको प्रयोग गर्न प्रोत्साहित गर्ने बताउनुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अपराजित कर्णालीलाई रोक्ने काठमाडौँको दाउ, सुदूरपश्चिमलाई जित्नैपर्ने दबाब
Latest NewsJust now

अपराजित कर्णालीलाई रोक्ने काठमाडौँको दाउ, सुदूरपश्चिमलाई जित्नैपर्ने दबाब

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सोमबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा कर्णाली याक्स र काठमाडौँ गोर्खाज आमनेसामने हुनेछन् । दोस्रो... ...

रातोपाटी
वैदेशिक रोजगारीबाट फर्किएर च्याउ खेती, खर्च कटाएर वर्षमा १५ लाख आम्दानी
Latest NewsJust now

वैदेशिक रोजगारीबाट फर्किएर च्याउ खेती, खर्च कटाएर वर्षमा १५ लाख आम्दानी

वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक च्याउ खेती सुरु गरेका बराहक्षेत्र नगरपालिका–११ मधुवनका रोशनप्रसाद गुप्ताले राम्रो आम्दानी गर्दै आएका छन्। सात वर्ष वैदेशिक रोजगारीमा बिताएर स्वदेश फर्किनुभएका गुप्ताले २०७७ सालदेखि भाइ भरतसँग मिलेर रु ५० हजार लगानीमा च्याउ खेती सुरु गरेका हुन् । विदेशमा कमाएको रकम स्वदेशमै लगानी गर्ने सोचले सुरु गर्नुभएको व्यवसायबाट अहि... ...

नेपालखबर
रेल सञ्जालप्रति चीन सकारात्मक
Latest NewsJust now

रेल सञ्जालप्रति चीन सकारात्मक

काठमाडौँ, कात्तिक १६ गते । केरुङ–काठमाडौँ अन्तरदेशीय रेलमार्ग निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने विषयमा नेपाल र चीनबिच घनीभूत छलफल भएको छ । नेपाली टोली चीन गएर... ...

गोरखापत्र
फ्लोरिडाको सडकमा खस्यो व्यावसायिक जेट दुर्घटना: नौ जनाको मृत्यु
Latest NewsJust now

फ्लोरिडाको सडकमा खस्यो व्यावसायिक जेट दुर्घटना: नौ जनाको मृत्यु

फ्लोरिडा । अमेरिकाको फ्लोरिडास्थित एक आवासीय क्षेत्रमा आइतबार व्यावसायिक जेट विमान दुर्घटना हुँदा त्यसमा सवार सबै नौ जनाको मृत्यु भएको छ। अमेरिकी यातायात मन्त्रीले दुर्घटनामा सवार सबैको ज्यान गएको पुष्टि गरेका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play