Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

वाणिज्य बैंकहरूको नाफा १९ अर्ब माथि

Share:WhatsAppFacebookX (Twitter)Telegram
वाणिज्य बैंकहरूको नाफा १९ अर्ब माथि
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/०८४ को तीन महिनामा वाणिज्य बैंकहरूले १९ अर्ब १४ करोड ५४ लाख ७३ हजार रुपैयाँ नाफा कमाएका छन् । उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.५९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकको नाफा १३ अर्ब १४ करोड ९८ लाख २३ हजार रुपैयाँ थियो । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका २० बैंकमध्ये तीन बैंकको नाफा घटेको छ भने बाँकीको बढेको छ । रकमका आधारमा नबिल बैंक सबैभन्दा बढी दुर्ई अर्ब ५५ करोड ५१ लाख रुपैयाँ नाफासहित अगाडि रहेको छ भने ग्लोबल आइएमई बैंकले दुई अर्ब ३१ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले १३ अर्ब १४ करोड ९८ लाख २३ हजार रुपैयाँ नाफा कमाएका थिए । त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकको नाफा एक अर्ब ६४ करोड, एभरेस्ट बैंकको एक अर्ब २५ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एक अर्ब १८ करोड, प्राइम कमर्सियल बैंकको एक अर्ब १८ करोड र एनएमबी बैंकको नाफा एक अर्ब १६ अर्ब रुपैयाँ रहेको छ । प्रतिशतका आधारमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २५२२.४७ प्रतिशत र कृषि विकास बैंकले १८०३.७१ प्रतिशतले नाफा कमाएका छन् । सिटिजन्स बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासको २२ करोड घाटामा सुधार गर्दै १० करोड ७७ लाख नाफा कमाएको छ । त्यसो त वाणिज्य बैंकहरूको नाफा बढेको देखिए पनि विगतका निष्क्रिय कर्जाको प्रोभिजनिङ, नियामक समायोजन र सञ्चित नोक्सानीको भारका कारण समग्र बैंकिङ क्षेत्रको कुल वितरणयोग्य नाफा नौ अर्ब सात करोड ८० लाख रुपैयाँ ऋणात्मक रहेको छ । २० बैंक वाणिज्य बैंकमध्ये पाँचवटा बैंकको वितरणयोग्य नाफा ऋणात्मक दर उच्च रहेको छ । जसमा एनआइसी एसिया बैंकको १५ अर्ब ३९ करोड, हिमालयन बैंकको नौ अर्ब ७९ करोड, प्रभु बैंकको छ अर्ब ७८ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको पाँच अर्ब १६ करोड र सिटिजन्स बैंकको ४४ अर्ब ८४ करोड रुपैयाँ ऋणात्मक रहेको छ । तर, एभरेस्ट बैंक तीन अर्ब ८७ करोड ८८ लाख रुपैयाँ वितरणयोग्य नाफासहित पहिलो स्थानमा छ भने सिद्धार्थ बैंक तीन अर्ब ५७ करोड, नेपाल बैंक दुई अर्ब ७५ करोड, नबिल बैंक दुई अर्ब २६ करोड, एनएमबी बैंक दुई अर्ब २५ करोड र स्ट्याण्डर्ड चार्टर्ड बैंक दुई अर्ब २२ करोडसहित उच्च वितरणयोग्य नाफामा रहेका छन् । बढ्दो निष्क्रिय कर्जा चुनौतीनाफा बढे पनि बढ्दो निष्क्रिय कर्जा वाणिज्य बैंकहरूको चुनौतीका रूपमा देखापरेको छ । सञ्चालनमा रहेका २० बैंकमा १२ बैंकको निष्क्रिय कर्जा बढेको छ भने छ बैंकको निष्क्रिय कर्जा घटेको छ । चालु आर्थिक वर्षको असोजसम्म निष्क्रिय कर्जा औसत ०.७८ प्रतिशतले बढेर ५.६४ प्रतिशतमा पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो निष्क्रिय कर्जा ४.८६ प्रतिशत रहेको थियो । असोजसम्म पाँच प्रतिशतभन्दा बढी निष्क्रिय कर्जा हुनेमा आठ बैंक रहेकामा सबैभन्दा बढी निष्क्रिय कर्जा प्रभु बैंकको रहेको छ । उक्त बैंकको निष्क्रिय कर्जा १४.८० प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५.७८ प्रतिशतमात्रैे थियो । त्यस्तै, एनआइसी एसिया बैंकको निष्क्रिय कर्जा २.८२ प्रतिशतले बढेर ९.८१ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ६.९९ प्रतिशत रहेको थियो भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको निष्क्रिय कर्जा २.२४ प्रतिशतले बढेर ८.८७ प्रतिशत पुगेको छ । कुमारी बैंकको निष्क्रिय कर्जा ६.९८ प्रतिशतबाट १.७४ प्रतिशतले बढेर ८.७२ प्रतिशत पुगेको छ । हिमालयन बैंकको निष्क्रिय कर्जा ०.५९ प्रतिशतले बढेर ७.९८ प्रतिशत पुगेको छ भने प्राइम बैंकको निष्क्रिय कर्जा १.२९ प्रतिशतले बढेर ७.१५ प्रतिशत पुगेको छ । सिटिजन्स बैंकको निष्क्रिय कर्जा ०.०४ प्रतिशतले घटेर ६.८० प्रतिशतमा झरेको छ । लक्ष्मी सनराइज बैंकको निष्क्रिय कर्जा ०.१६ प्रतिशतले बढेर ५.५८ प्रतिशत पुगेको छ भने एनएमबी बैंकको निष्क्रिय कर्जा ०.३४ प्रतिशतले बढेर ४.९२ प्रतिशत पुगेको छ । कृषि विकास बैंकको निष्क्रिय कर्जा ०.०१ प्रतिशले बढेर ४.७९, ग्लोबल आइएमईको ०.१९ प्रतिशतले घटेर ४.७९ प्रतिशत, नेपाल बैंकको ०.८८ प्रतिशतले घटेर ४.६१, नबिल बैंकको ०.२५ प्रतिशतले घटेर ४.०६, माछापुच्छ्रे बैंकको निष्क्रिय कर्जा ०.१६ प्रतिशतले घटेर ३.९७, राष्ट्रिय वाणिज्य बैंकको निष्क्रिय कर्जा ०.०६ प्रतिशतले बढेर ३.८९ प्रतिशत रहेको छ । त्यसैगरी सिद्धार्थ बैंकको निष्क्रिय कर्जा ०.१० प्रतिशतले घटेर ३.७०, नेपाल एसबिआई बैंकको ०.१८ प्रतिशतले बढेर ३.१९, सानिमा बैंकको १.०५ प्रतिशतले घटेर २.८६, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ०.१२ प्रतिशतले बढेर १.८३, एभरेस्ट बैंकको ०.२४ प्रतिशतले घटेर ०.५० प्रतिशत र सबैभन्दा कम निष्क्रिय कर्जा एभरेष्ट बैंकको रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अपराजित कर्णालीलाई रोक्ने काठमाडौँको दाउ, सुदूरपश्चिमलाई जित्नैपर्ने दबाब
Latest NewsJust now

अपराजित कर्णालीलाई रोक्ने काठमाडौँको दाउ, सुदूरपश्चिमलाई जित्नैपर्ने दबाब

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सोमबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा कर्णाली याक्स र काठमाडौँ गोर्खाज आमनेसामने हुनेछन् । दोस्रो... ...

रातोपाटी
वैदेशिक रोजगारीबाट फर्किएर च्याउ खेती, खर्च कटाएर वर्षमा १५ लाख आम्दानी
Latest NewsJust now

वैदेशिक रोजगारीबाट फर्किएर च्याउ खेती, खर्च कटाएर वर्षमा १५ लाख आम्दानी

वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक च्याउ खेती सुरु गरेका बराहक्षेत्र नगरपालिका–११ मधुवनका रोशनप्रसाद गुप्ताले राम्रो आम्दानी गर्दै आएका छन्। सात वर्ष वैदेशिक रोजगारीमा बिताएर स्वदेश फर्किनुभएका गुप्ताले २०७७ सालदेखि भाइ भरतसँग मिलेर रु ५० हजार लगानीमा च्याउ खेती सुरु गरेका हुन् । विदेशमा कमाएको रकम स्वदेशमै लगानी गर्ने सोचले सुरु गर्नुभएको व्यवसायबाट अहि... ...

नेपालखबर
रेल सञ्जालप्रति चीन सकारात्मक
Latest NewsJust now

रेल सञ्जालप्रति चीन सकारात्मक

काठमाडौँ, कात्तिक १६ गते । केरुङ–काठमाडौँ अन्तरदेशीय रेलमार्ग निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने विषयमा नेपाल र चीनबिच घनीभूत छलफल भएको छ । नेपाली टोली चीन गएर... ...

गोरखापत्र
फ्लोरिडाको सडकमा खस्यो व्यावसायिक जेट दुर्घटना: नौ जनाको मृत्यु
Latest NewsJust now

फ्लोरिडाको सडकमा खस्यो व्यावसायिक जेट दुर्घटना: नौ जनाको मृत्यु

फ्लोरिडा । अमेरिकाको फ्लोरिडास्थित एक आवासीय क्षेत्रमा आइतबार व्यावसायिक जेट विमान दुर्घटना हुँदा त्यसमा सवार सबै नौ जनाको मृत्यु भएको छ। अमेरिकी यातायात मन्त्रीले दुर्घटनामा सवार सबैको ज्यान गएको पुष्टि गरेका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play