Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बङ्गलादेशी पूर्वकप्तान शाकिबपछि मेहदी हसन पनि पोखरा एभेन्जर्समा अनुबन्धित

बङ्गलादेशी पूर्वकप्तान शाकिबपछि मेहदी हसन पनि पोखरा एभेन्जर्समा अनुबन्धित

10/21/2026, 9:38:53 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
बङ्गलादेशी पूर्वकप्तान शाकिबपछि मेहदी हसन पनि पोखरा एभेन्जर्समा अनुबन्धित

काठमाडौं- बङ्गलादेशका अलराउन्डर मेहदी हसन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको लागि पोखरा एभेन्जर्समा अनुबन्धित भएका छन । पोखराले उनलाई आज टोलीमा अनुबन्ध गरेको जनाएको हो । ‘‘बङ्गलादेशका उत्कृष्ट अलराउन्डर तथा आईसीसी टी–२० अन्तर्राष्ट्रिय बलिङ बरियतामा आठौँ स्थानमा रहेका हसन एनपीएलको तेस्रो संस्करणमा एभेन्जर्सको जर्सीमा खेल्नेछन्,’’ पोखराले आज सामाजिक सञ्जाल फेसबुक पेजमा लेखेको छ । ३१ वर्षीय मेहदीले हालसम्म बङ्गलादेशका ७८ टी–२० अन्तर्राष्ट्रिय र १२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले टी–२० मा ७८ र एकदिवसीयमा १५ विकेट लिएका छन् । मेहदीले विभिन्न ६ वटा टोलीबाट बङ्लादेश प्रिमियर लिग (बीपीएल) समेत खेलेका छन् । एनपीएल उनका लागि पहिलो विदेशी लिग हुनेछ । पोखराले तेस्रो संस्करणको एनपीएलका लागि बङ्लादेशका पूर्वकप्तान शाकिब अल हसनलाई पनि अनुबन्ध गरिसकेको छ । एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि काठमाडौंमा आयोजना हुँदैछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

मैथिल परम्पराको रावण वध उत्सव सम्पन्न
ताजा खबरJust now

मैथिल परम्पराको रावण वध उत्सव सम्पन्न

महोत्तरी । शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने रावण वध उत्सव मटिहानीसहित महोत्तरीका कैयौँ ठाउँमा आज (बुधबार) साँझ सम्पन्न भएको छ । त्रेता युगमा असोज शुक्ल दशमीका दिन मर्यादा... ...

रातोपाटी
इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी
ताजा खबरJust now

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ । मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल भइन्छ भन्ने उदाहरण बनेका छन् गोरखाका इन्जिनियर कुमार लामिछाने । काठमाडौँ नागार्जुन नगरपालिका–६ रामकोट, डाँडापौवामा गाई तथा भैँसी पालन गरी... ...

रातोपाटी
माइतीघर मण्डलमै बित्यो दीपा नेपालीको दसैं
ताजा खबरJust now

माइतीघर मण्डलमै बित्यो दीपा नेपालीको दसैं

जातीय विभेदविरुद्ध न्याय माग्दै १८६ दिनदेखि ‘सरकार, कोठा खाली छ ?’ आन्दोलन थालेकी दीपा नेपालीले यस वर्षको दसैं माइतीघर मण्डलको सडकमा बिताइन् । ...

कान्तिपुर
घट्दै काठका ठेकीको माग, पेसा जोगाउनै चुनौती
ताजा खबरJust now

घट्दै काठका ठेकीको माग, पेसा जोगाउनै चुनौती

दही, मोही र घ्यु राख्न प्रयोग हुने काठका ठेकीको चलन गाउँघरमा विस्तारै हराउँदै गएको छ । प्लास्टिक र धातुका भाँडाकुँडाको प्रयोग बढेसँगै काठका ठेकीको माग घटेको छ भने परम्परागत पेसामा लागेकाहरू विकल्प खोज्न थालेका छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play