बङ्गलादेशका अलराउन्डर शमीम लुम्बिनीबाट एनपीएल खेल्दै

काठमाडौं । बङ्गलादेशका अन्तर्राष्ट्रिय क्रिकेटर शमीम हुसेन पाटवारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् । सन् २००० सेप्टेम्बर २ मा बङ्गलादेशको चाँदपुरमा जन्मिएका शमीम आक्रामक ब्याटिङ र उपयोगी बलिङका लागि परिचित अलराउन्डर हुन् । उनी बङ्गलादेशको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन् । सन् २०२० मा बङ्गलादेशले यू–१९ विश्वकप जित्दा उनी टोलीका सदस्य थिए । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पछिल्लो विदेशी खेलाडीको रुपमा उनलाई भित्राएको छ । श्रीलंकाका निरोशन डिकवेला समेत लुम्बिनीबाट खेल्दैछन् छन् । The post बङ्गलादेशका अलराउन्डर शमीम लुम्बिनीबाट एनपीएल खेल्दै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

नेपालभर बुधबारदेखि वर्षा हुने, दुई सय मिलिमिटरसम्म पानी पर्न सक्ने
चक्रवाती आँधीको प्रभावले आगामी साता नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने मौसमविद्हरूले चेतावनी दिएका छन् । ...

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले
म्याग्दी । म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन् । शरद्यामको सुरुआतसँगै चिसो बढ्न थालेपछि बर्खायाममा हिमालको फेदीमा पुगेका गाईभैँसी, भेँडाबाख्राका गोठ गाउँ नजिकैका खर्कमा झार्न थालेका हुन् । पशुका लागि पोषिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईवस्तुको गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ । धौलागिरि गाउँपालिका–१ गुर्जाका हर्कवीर विकले फागुनेको बुकीमा तीन महिना घाँस खुवाएपछि गाउँ नजिकै ...

तिर्पामा विद्यालयको लाइब्रेरी स्थापनाका लागि सांगीतिक कार्यक्रम
दसैंको अवसरमा जुटेको समुदायले पुस्तक, कम्प्युटर र सहयोग संकलन गर्दै विद्यालयमा लाइब्रेरी स्थापना अभियानलाई थप बल दिएको छ। ...
कांग्रेसमा महिला प्रतिनिधित्व ३० प्रतिशत पनि पुगेन, एक तिहाइ पुर्याउन ३० जना मनोनीत गर्नुपर्ने
तीन पदाधिकारी र ६६ जना केन्द्रीय सदस्यमा निर्वाचित भए पनि आरक्षित सिटबाहेकका पदमा भने महिलाले जित्न सकेनन् । २ सय ३१ पदका लागि भएको निर्वाचनमा निर्वाचित महिलाको संख्या २९ दशमलव ८७ प्रतिशत मात्रै छ । ...


