Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बगरमा बदलिएको पाल्पाको ‘रानीमहल’ क्षेत्र

बगरमा बदलिएको पाल्पाको ‘रानीमहल’ क्षेत्र

Share:WhatsAppFacebookX (Twitter)Telegram
बगरमा बदलिएको पाल्पाको ‘रानीमहल’ क्षेत्र

पाल्पा । पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई आकर्षित गथ्र्यो । महल उत्तरवाहिनी कालीगण्डकी नदीको तटमा रहेको छ । महलको सुन्दरता नियाल्न, तस्बिर खिच्न र नदीको किनारमा रमाउन पुग्नेको चहलपहलले आसपासको क्षेत्र गुल्जार हुन्थ्यो । तर, गत असोज ११ गतेको अविरल वर्षापछि आएको बाढी र डुबानले यहाँको दृश्य फेरिदिएको छ । विगतमा मानिसको आवतजावत र व्यापारिक गतिविधिले भरिने क्षेत्र अहिले बालुवा, गिट्टी र ढुङ्गाले पुरिएको छ । रानीमहलको आँगनमा बाढीको चोट देखिन्छ भने आसपासका स्थानीयका सपना बगरमा छरिएका छन् । प्रेमको प्रतीकका रूपमा परिचित रानीमहलको सुन्दरता नियाल्न आउने पर्यटकको चहलपहलले जीविकोपार्जनको आधार बनाएका स्थानीय व्यवसायी अहिले आफ्नै व्यवसाय पुनः सञ्चालन गर्ने चिन्तामा छन् । बाढीले व्यवसाय सञ्चालन गर्ने संरचनादेखि सडक, पार्किङस्थल र आवागमनका पूर्वाधारसम्ममा क्षति पु¥याएको छ । रानीमहल आसपासका एक दर्जनभन्दा बढी व्यावसायिक प्रतिष्ठान प्रभावित भएका छन् । प्राकृतिक विपत्तिले व्यापार मात्रै प्रभावित गरेको छैन, वर्षौंदेखि जोडेको लगानी र भविष्यप्रतिको आशामाथि समेत चोट पु¥याएको छ । बाढीले व्यवसाय सञ्चालन गर्ने संरचना, सडक र पार्किङस्थल पुरिएपछि पर्यटकको आवागमन प्रभावित हुन पुग्दा व्यवसायमा प्रत्यक्ष असर पुगेको स्थानीय शङ्कर बस्यालले बताए । उनले भने, “ठूलो लगानी गरेर व्यवसाय सञ्चालन गरे पनि बाढीले तहसनहस बनाउँदा दुःख लागेको छ । हरेक वर्ष दसैँको बेला रानीमहल घुम्न आउने पर्यटकहरुको सङ्ख्या बढ्ने गरे पनि यस पटक भने रानीमहल क्षेत्र बगरमा परिणत हुँदा व्यवसाय सञ्चालन गर्नेहरु मर्कामा पर्नुपरेको छ ।” प्राकृतिक विपत्तिपछि तत्काल सरसफाइ, क्षतिग्रस्त संरचनाको व्यवस्थापन र प्रभावित क्षेत्रको पुनःस्थापनामा स्थानीय सरकारले ध्यान नदिएको उहाँको आरोप छ । बाढीले पु¥याएको क्षतिभन्दा पनि विपत्तिपछि आफ्नो पीडा बुझ्न र अवस्था अवलोकन गर्न जिम्मेवार निकायका प्रतिनिधि नआएको विषयले उहाँहरूलाई थप निराश बनाएको छ । बस्यालले कर सङ्कलनमा सक्रिय हुने स्थानीय सरकारले पर्यटकीय सम्पदाको संरक्षण र विपत्तिपछिको पुनःस्थापनामा पनि उत्तिकै जिम्मेवारी देखाउनुपर्ने बताए । रानीमहलको संरक्षण तथा व्यवस्थापनको जिम्मेवारी पाएको तानसेन नगरपालिकाले भने आफ्नो कार्यक्षेत्रभित्र क्षति भएका संरचना हटाउने र व्यवस्थापन गर्ने काम गरेको दाबी गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले नगरपालिकाको क्षेत्राधिकारभित्र क्षति भएका संरचना तत्काल हटाइएको दाबी गरे । उनका अनुसार रानीमहल दरबार परिसरमा अहिले त्यस्तो अस्तव्यस्त अवस्था छैन । गिरीले रानीमहल आसपास अस्तव्यस्त देखिएका केही संरचना बगनासकाली गाउँपालिकाको क्षेत्रभित्र पर्ने भएकाले तिनको व्यवस्थापन सम्बन्धित गाउँपालिकाले गर्नुपर्ने बताए । यता, बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले स्याङ्जाको कालीगण्डकी गाउँपालिकासँग समन्वय गरेर तत्काल बाटो खुलाउने काम गरिएको बताए । बाढीपछि निरन्तर वर्षा भइरहेको र त्यसलगत्तै दसैँ बिदा परेकाले व्यवस्थापनको काम तत्काल अघि बढाउन नसकिएको उनको भनाइ छ । अध्यक्ष चिदीले अबको एक–दुई दिनभित्रै डोजर पठाएर बाढीले पुरिएका सामग्री हटाउने र बगर सम्याउने काम गरिने बताए । ऐतिहासिक दरबार ‘रानीमहल’लाई नेपालको ‘ताजमहल’ पनि भनिन्छ । जिल्लाको तानसेनदेखि करिब १३ किलोमिटर उत्तर कालीगण्डकी नदीको किनारमा अवस्थित छ । तत्कालीन राणा पश्चिम कमाण्डर जनरल खड्ग शमशेरले विसं १९५४ मा रानीमहल निर्माण गरेका हुन् । पत्नी तेजकुमारी देवीको मृत्युपछि उनकै सम्झनामा खड्ग शमशेरले रानीमहल निर्माण गरेका हुन् । रानीलाई बगैँचासहितको महल निर्माण गर्ने बचन दिएका खड्ग शमशेरले भारतबाट इन्जिनियर झिकाइ पाँच वर्ष लगाएर रानीमहल निर्माण गराएका थिए । -रासस

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

इजरायलमा सरकार गठनका लागि अरब दलहरू विपक्षीसँग वार्तामा
ताजा खबरJust now

इजरायलमा सरकार गठनका लागि अरब दलहरू विपक्षीसँग वार्तामा

काठमाडाैँ। इजरायलमा सम्पन्न संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब नेतृत्वका राजनीतिक दलहरूको गठबन्धनले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूविरोधी समूहसँग वार्ता गरिरहेको वरिष्ठ अरब सांसद अहमद तिबीले बुधबार बताएका छन्। इजरायलमा अरब... ...

रातोपाटी
नेतान्याहूलाई सत्ताबाट हटाउन अरब दलहरू विपक्षी गठबन्धनसँग वार्तामा
ताजा खबरJust now

नेतान्याहूलाई सत्ताबाट हटाउन अरब दलहरू विपक्षी गठबन्धनसँग वार्तामा

अरब नेतृत्वको 'जोइन्ट लिस्ट' गठबन्धनले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूविरोधी विपक्षी समूहसँग वार्ता सुरु गरेको छ। ...

हाम्राकुरा
पर्यटक भिषामा आइ क्रिश्चियन मिशनकालागि स्वास्थ्य शिविर संचालन गर्ने १० विदेशी नागरिक पक्राउ
ताजा खबरJust now

पर्यटक भिषामा आइ क्रिश्चियन मिशनकालागि स्वास्थ्य शिविर संचालन गर्ने १० विदेशी नागरिक पक्राउ

काठमाडौं ।मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा क्रिश्चियन धार्मिक गतिविधि प्रचारमा संलग्न रहेको ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले पर्यटक भिषामा आएका विदेशी चिकित्सकसहित स्वास्थ्य शिविर सञ्चालन गरेको कारण दश जना विदेशी नागरिकहरुको कागजात जफत गरी अध्यागमन बिभाग पठाइएको छ । शिविरमा आवश्यक अनुमति नलिई पर्यटक भिषामा आएका विदेशी नागरिक संलग्न भएकोले बिदेशी नागरिक अनुगमन जिल्ला समितको निर्णयले उनीहरूको राहदानी आवश्यक कारबाहीका लागि बिभाग ...

कर्पोरट खबर
मलेसियासँग कूटनीतिक संवाद जारी छ : श्रम मन्त्रालय
ताजा खबरJust now

मलेसियासँग कूटनीतिक संवाद जारी छ : श्रम मन्त्रालय

मलेसियामा रोजगारीका लागि जाने श्रमिकको स्वास्थ्य परीक्षण असोज १५ देखि रोकिएको छ । स्वास्थ्य परीक्षण रोकिएपछि मलेसियाको भिसा जारी हुन सकेको छैन । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play