फ्लाईदुबई नियमित उडानको एक महिना: अबको खाँचो पोखरा–दुबई यात्रा प्रवर्द्धन

आउने यात्रुको सङ्ख्या राम्रो हुनु सकारात्मक पक्ष हो। अब पोखराबाट जाने यात्रुको सङ्ख्या बढाउँदै जाने र आउने तथा जाने यात्रुको सङ्ख्यालाई सकेसम्म सन्तुलित बनाउन पोखरा तथा गण्डकी प्रदेशका नागरिक, पर्यटन व्यवसायी, ट्राभल कम्पनी, होटल व्यवसायी, उद्योगी–व्यवसायी तथा निजी क्षेत्रले आफ्नो ठाउँबाट पहल गर्न आवश्यक छ। __धनराज आचार्य, मेयर, पोखरा महानगरपालिका___ अक्टोबर २३, २०२६ (विक्रम संवत् अनुसार ६ कात्तिक, २०८३), पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि नियमित उडान सुरु भएको एक महिना पूरा भएको छ। यो ऐतिहासिक हवाई सम्पर्कलाई सन् २०२७ को अक्टोबरसम्म टिकट बुकिङ खुला गरी उडान निरन्तर रहने सुनिश्चित गरिदिनुभएकोमा फ्लाईदुबईको व्यवस्थापन टोलीप्रति पोखराका सम्पूर्ण नागरिकको तर्फबाट हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछु। २३ सेप्टेम्बरदेखि २३ अक्टोबर २०२६ सम्म ३० उडानमार्फत दुबईबाट पोखरामा ४,५२१ जना र पोखराबाट दुबईमा १,८४१ जना गरी कुल ६,३६२ यात्रुले यात्रा गर्नुभएको छ। पहिलो महिनाको यो उपलब्धि उत्साहजनक छ। तर यस अवधिको औसत हेर्दा, प्रत्येक उडानमा दुबईबाट पोखरा आउने यात्रु करिब १५० जना र पोखराबाट दुबई जाने यात्रु करिब ६० जना हुनुहुन्छ, भने प्रति उडान औसत १०६ जना रहेको छ। आउने यात्रुको सङ्ख्या राम्रो हुनु सकारात्मक पक्ष हो। अब पोखराबाट जाने यात्रुको सङ्ख्या बढाउँदै जाने र आउने तथा जाने यात्रुको सङ्ख्यालाई सकेसम्म सन्तुलित बनाउनेतर्फ हामी सबैले विशेष ध्यान दिन जरुरी छ। यसका लागि पोखरा तथा गण्डकी प्रदेशका नागरिक, पर्यटन व्यवसायी, ट्राभल कम्पनी, होटल व्यवसायी, उद्योगी–व्यवसायी तथा निजी क्षेत्रले आफ्नो ठाउँबाट पहल गर्न आवश्यक छ। व्यक्तिगत, पारिवारिक, व्यावसायिक तथा संस्थागत भ्रमण सम्भव भएसम्म पोखराबाटै सुरु गर्ने, र दुबई तथा अन्य अन्तर्राष्ट्रिय गन्तव्यका लागि पोखराबाटै भ्रमण प्याकेज सञ्चालन गर्न सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछु। फ्लाईदुबई तथा यसको साझेदार वायुसेवा कम्पनी एमिरेट्समार्फत एउटै टिकटमा विश्वका ३०० भन्दा बढी गन्तव्यसम्म यात्रा गर्न सकिने सुविधा छ। दुबईलाई मात्र गन्तव्य नबनाई, त्यहाँबाट जोडिने विश्वका विभिन्न सहरसम्मको यात्राका लागि पनि पोखरालाई प्रस्थान बिन्दु बनाउन देश–विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा पाहुनाहरूमा हार्दिक अनुरोध गर्दछु। पोखरा–दुबई नियमित उडान सुरु हुनु एउटा महत्त्वपूर्ण उपलब्धि हो। तर यसलाई निरन्तरता दिनु र यो हवाई मार्गलाई सफल तथा दिगो बनाउनु हामी सबैको साझा जिम्मेवारी हो। यात्रु सङ्ख्या बढाउन सकेमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उपयोग बढ्नुका साथै पर्यटन, व्यापार, रोजगारी र समग्र क्षेत्रीय आर्थिक विकासमा समेत सकारात्मक योगदान पुग्नेछ। आउनुहोस्, पोखरा–दुबई नियमित उडानलाई सफल बनाउन सबैले हातेमालो गरौँ। सम्भव भएसम्म पोखराबाटै यात्रा गरौँ, पोखराबाटै अन्तर्राष्ट्रिय भ्रमण प्याकेज सञ्चालन गरौँ, र यस अवसरलाई पोखरा तथा गण्डकी प्रदेशको समृद्धिसँग जोडौँ। यस महत्त्वपूर्ण हवाई सम्पर्कलाई निरन्तरता दिन प्रतिबद्ध फ्लाईदुबईको व्यवस्थापन टोली तथा पहिलो महिनाको उडान सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण यात्रु, पर्यटन व्यवसायी, निजी क्षेत्र र सरोकारवालाहरूप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछु। (मेयर आचार्यले सार्वजनिक रुपमा व्यक्त गरेको विचारको संवादित अंश)
Read Complete Original Article
Published originally on टक्सार
Related News

चुनावको तयारी, सरकारका गलत कामको प्रचार गर्न नेकपाको जागरण अभियान
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी चुनावको तयारी र सरकारको गलत कामको प्रचारमा केन्द्रित हुँदै दुईमहिने जागरण अभियान सन्चालन गर्ने भएको छ । गत असोज २३ गते बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकको गरेको निर्णयअनुसार आज कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म अभियान सञ्चालन गर्न लागिएको हो । नेपाली कम्युनिस्ट पार्टीका नेता एवम् केन्द्रीय कार्यालय सचिव गणेशमान पुन (रश्मी)ले अनलाइनखबरसँग भने, ...

बायर्न म्युनिखका प्रशिक्षक कोम्पनी प्रशिक्षणका क्रममा बेहोस
काठमाडौं । बायर्न म्युनिखका मुख्य प्रशिक्षक भिन्सेन्ट कोम्पनी प्रशिक्षणका क्रममा बेहोस भएपछि अस्पताल भर्ना भएका छन् । ४० वर्षीय कोम्पानी शुक्रबार क्लबको दोस्रो टोलीको अभ्यास हेर्ने क्रममा अचानक ढलेका थिए । उनी केही दिनदेखि भाइरल सङ्क्रमणबाट अस्वस्थ थिए । त्यसकै कारण उनले आर्सनलविरुद्धको च्याम्पियन्स लिग खेलअघि आयोजित पत्रकार सम्मेलनमा समेत भाग लिएका थिएनन् । जर्मन सञ्चारमाध्यमका अनुसार कोम्पनीको अवस्था स्थिर छ । ...

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ
कास्की । पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो परिमाणमा लागूऔषध बरामद भएपछि अवैध कारोबार पुष्टि भएको हो । पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलका सञ्चालिका २९ वर्षीया अमिसा ढुंगानालाई प्रहरीले लागूऔषधका चक्कीसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारीसमेत रहेका […] ...

प्यारिसनजिक घातक गोलीकाण्ड, 'जातिवादी आतङ्कवादी हमला' को सङ्ज्ञा
EPA फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले प्यारिसनजिक भएको गोलीकाण्डलाई "जातिवादी आतङ्कवादी हमला" को सङ्ज्ञा दिएका छन्।उक्त हमलामा परी एक जनाको ज्यान गएको छ भने अरू पाँच जना घाइते भएका छन्।"हमला हाम्रो गणतन्त्र ...


