फ्रान्समा देशव्यापी प्रदर्शनपछि करिब एक हजार पक्राउ

काठमाडौं, कात्तिक ८ । फ्रान्समा महँगी र सार्वजनिक सेवाको अवस्थालाई लिएर भएको देशव्यापी प्रदर्शनका क्रममा करिब एक हजार जना पक्राउ परेका छन्। शनिबार भएका प्रदर्शनका क्रममा पेरिससहित विभिन्न सहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो।

फ्रान्सको आन्तरिक मन्त्रालयका अनुसार प्रदर्शनमा करिब चार लाख १० हजार मानिस सहभागी भएका थिए। ट्रेड युनियनहरूले भने सहभागीको संख्या आठ लाखसम्म रहेको दाबी गरेका छन्। सम्भावित हिंसा नियन्त्रण गर्न देशभर करिब ७० हजार प्रहरी परिचालन गरिएको थियो।

दिनभर अधिकांश प्रदर्शन शान्तिपूर्ण रहे पनि पेरिसमा र्यालीको अन्त्यतिर प्रदर्शनकारी र दङ्गा नियन्त्रण प्रहरीबीच झडप भएको थियो। केही प्रदर्शनकारीले अस्थायी अवरोध खडा गर्दै प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए भने अनुहार छोपेका युवाहरूले कार शोरुमका झ्याल फुटाएका थिए। त्यसपछि प्रहरीले लाठीचार्ज गरेको थियो।

मार्सेमा फोहोरका डस्टबिनमा आगो लगाएर सडक अवरुद्ध गरिएको थियो। बोर्डोमा प्रदर्शनकारीले भवनबाट काठका फल्याक निकालेर सडकमा अवरोध खडा गरेका थिए। लियोनमा निषेधित क्षेत्रमा भीड जम्मा भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।

फ्रान्सका आन्तरिक मन्त्री लरेन्ट नुनेजले दिनको अन्त्यसम्म करिब एक हजार जना पक्राउ परेको र संख्या बढ्न सक्ने बताएका छन्। उनका अनुसार दक्षिण-पश्चिमी सहर टुलुज र मध्य फ्रान्सको क्लेर्मों-फेराँमा गरी दुई जना गम्भीर घाइते भएका छन्।

महँगी र विद्यालयहरूको अवस्थालाई लिएर प्रदर्शन चर्किएपछि सरकारले सुरक्षा व्यवस्था कडा बनाएको हो। राष्ट्रपति इम्मानुएल म्याक्रोनले मान्यता प्राप्त ट्रेड युनियनले आयोजना गरेका प्रदर्शनलाई मात्र अनुमति दिने निर्णय गरेका थिए। यसअघि भएको प्रदर्शनका क्रममा तोडफोड, आगजनी र लुटपाटका घटना भएका थिए।

प्रदर्शनमा सहभागीहरूले सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै करको बोझ, गरिबी र प्रहरीको व्यवहारप्रति विरोध जनाएका छन्। उनीहरूले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।

Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

Watch: Match of the Day
Highlights from five Premier League games, with last season’s top two both in action.

Mount Tennis Brings The Heat At Morgan State - Mount St. Mary's Athletics
Mount Tennis Brings The Heat At Morgan State Mount St. Mary's Athletics

‘Got hit there, two balls later...’: Green’s painful reveal as major call made on third Test selection - Fox Sports
‘Got hit there, two balls later...’: Green’s painful reveal as major call made on third Test selection Fox Sports

Trump touts $4 billion Audi plant in Georgia as he defends tariffs
Trump touts $4 billion Audi plant in Georgia as he defends tariffs....