Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/फ्रान्समा देशव्यापी प्रदर्शनका क्रममा झडप, हजारभन्दा बढी पक्राउ

फ्रान्समा देशव्यापी प्रदर्शनका क्रममा झडप, हजारभन्दा बढी पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
फ्रान्समा देशव्यापी प्रदर्शनका क्रममा झडप, हजारभन्दा बढी पक्राउ

काठमाडौं । फ्रान्समा शनिबार भएको देशव्यापी विरोध प्रदर्शनका क्रममा करिब एक हजारजना पक्राउ परेका छन् । फ्रान्सका गृहमन्त्री लोरेन्ट नुनेजले प्रदर्शन सकिएपछि पक्राउ पर्नेको संख्या सार्वजनिक गर्दै अन्तिम विवरण संकलन भइरहेको र यो संख्या अझै बढ्न सक्ने बताएका छन् ।“विभिन्न स्थानमा हुन सक्ने लुटपाटका घटना रोक्न सफल भएका छौँ,” नुनेजले भने । फ्रान्सका विभिन्न सहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएका विवरण प्राप्त भए पनि गत शनिबारको तुलनामा यसपटक अशान्ति कम फैलिएको बताइएको छ । गत साता देशभरका भवनमा तोडफोड र आगजनी हुनुका साथै करिब एक हजार ५०० पसलमा लुटपाट भएको थियो । गृहमन्त्री नुनेजले गत हप्ताको अन्त्यतिर प्रदर्शनका क्रममा मात्रै दुई हजार ७०० भन्दा बढी व्यक्ति पक्राउ परेको बताएका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी
ताजा खबरJust now

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन । चितवनमा सवारी दुर्घटना तथा दुर्घटनामा परी मृत्यु हुने र घाइते हुनेको सङ्ख्यामा उल्लेख्य कमी आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्षको दसैँको तुलनामा यस वर्ष... ...

रातोपाटी
पशुमा पूर्ण खोप कार्यक्रम खोप अभियान : महामारीजन्य रोग नियन्त्रण गर्न प्रभावकारी
ताजा खबरJust now

पशुमा पूर्ण खोप कार्यक्रम खोप अभियान : महामारीजन्य रोग नियन्त्रण गर्न प्रभावकारी

कास्की । पशुमा महामारीजन्य रोगको सङ्क्रमण र जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालित पशुमा पूर्ण खोप कार्यक्रम कास्कीमा प्रभावकारी देखिएको छ । विशेषगरी पशुजन्य रोगको रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले गण्डकी प्रदेश... ...

रातोपाटी
झोलुङ्गे पुल मर्मत नहुँदा जोखिम बढ्दै
ताजा खबरJust now

झोलुङ्गे पुल मर्मत नहुँदा जोखिम बढ्दै

चन्द्रपुर समाचारदाता चन्द्रपुर (रौतहट), कात्तिक ८ गते । रौतहटको गौर नगरपालिका र ईशनाथ नगरपालिकालाई जोड्ने लालबकैया नदीमा निर्मित बानेश्वरनाथ झोलुङ्गे पुलको मर्मत नहुँदा जोखिम बढ्दै... ...

गोरखापत्र
पाकिस्तानमा बस र मिनीबस ठोक्किँदा १२ को मृत्यु, २० बढी घाइते
ताजा खबरJust now

पाकिस्तानमा बस र मिनीबस ठोक्किँदा १२ को मृत्यु, २० बढी घाइते

बस र मिनीबस आपसमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ। दुर्घटनामा २० भन्दा बढी यात्रु घाइते भएका छन् । ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play