Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/फुटबल प्रतियोगितामा विजेतालाई अलैँची पुरस्कार

फुटबल प्रतियोगितामा विजेतालाई अलैँची पुरस्कार

Share:WhatsAppFacebookX (Twitter)Telegram
फुटबल प्रतियोगितामा विजेतालाई अलैँची पुरस्कार

ताप्लेजुङ। फुटबल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगदको सट्टा अलैँची पुरस्कार प्रदान गरिने भएको छ। मिक्वाखोला गाउँपालिकाले आगामी मङ्सिर २ देखि ६ गतेसम्म आयोजना गर्न गइरहेको फुटबल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगदको सट्टा अलैँची पुरस्कार दिन लागेको हो। फङ्फङ्देन झरना पर्यटन तथा सांस्कृतिक मेलालाई सफल बनाउने उद्देश्यले आयोजना हुन गइरहेको उक्त प्रतियोगितामा अलैँचीलाई प्रवर्द्धन गर्ने नगदको सट्टा अलैँची दिने व्यवस्था गरेको हो। फङ्फङ्देन झरना पर्यटन विकास समितिको आयोजनामा हुने मेलामा पुरुष फुटबल प्रतियोगिता, नृत्य प्रतियोगिता, च्याब्रुङ प्रतियोगितालगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ। सोमबार सदरमुकाम फुङ्लिङमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त विषयमा जानकारी गराइएको हो । समितिका अध्यक्ष विजयप्रकाश साँवा लिम्बूका अनुसार मेलाको मुख्य आकर्षण पुरुष फुटबल प्रतियोगिता रहनेछ । प्रतियोगितामा घरेलु टोलीसहित पाँचथर, झापा र सुनसरीलगायत जिल्लाका आठ टोली सहभागी हुनेछन्। फुटबल प्रतियोगिताको विजेता टोलीले ट्रफी, मेडल र प्रमाणपत्रसँगै तीन लाख दुई हजार ८३ बराबरको अलैँची पुरस्कार प्राप्त गर्नेछ । उपविजेता टोलीलाई एक लाख ५२ हजार ८३ बराबरको अलैँचीसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । गत वर्षको प्रतियोगितामा पुरस्कार राशि बराबरको अलैँची प्रदान गरिएको थियो। नगदको सट्टा अलैँचीलाई पुरस्कारका रूपमा प्रदान गर्नुको उद्देश्य स्थानीय उत्पादनको प्रचारप्रसार गर्नुका साथै अलैँचीखेती र यसको बजार प्रवर्द्धनमा सहयोग पुर्याउनु रहेको आयोजकले बताएका छन्। अलैँची ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाको प्रमुख नगदेबाली हो। मेलामार्फत फङ्फङ्देन झरनाको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने र स्थानीय कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ। पर्यटन, खेलकुद, संस्कृति र स्थानीय उत्पादनलाई एकैसाथ जोड्ने यस मेलाले मिक्वाखोला गाउँपालिकाको पर्यटन प्रवर्द्धन, खेलकुदको विकास तथा स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले बताए। मिक्वाखोला गाउँपालिकासहित विभिन्न सङ्घसंस्थाको सहयोगमा मेला आयोजना हुने भएको हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

फूलखेती आम्दानीको मुख्य स्रोत
ताजा खबरJust now

फूलखेती आम्दानीको मुख्य स्रोत

दाङ। दाङमा फूलखेती व्यवसायप्रति किसानको आकर्षण बढ्दै गएको छ। अन्य खेतीभन्दा सजिलो र आम्दानी बढी पाउने भएकाले किसानहरु फूलखेतीप्रति आकर्षित भएका हुन् । यति बेला दाङका विभिन्न फूलखेती गरेका स्थानमा सयपत्रि... ...

रातोपाटी
यूटीआरमा अभिषेकको लगातार दोस्रो जित
ताजा खबरJust now

यूटीआरमा अभिषेकको लगातार दोस्रो जित

समूह ‘बी’ मा रहेका अभिषेक बास्तोलाले दोस्रो चरणको खेलमा सोमबार आफूभन्दा माथिल्लो वरीयताप्राप्त रोमानियाका एडरियन कन्स्टान्टिनलाई ६–१, ६–३ को सोझो सेटमा हराएका छन् । ...

कान्तिपुर
मक्का सुरक्षा सम्झौतामा सहभागी देश र इरानबिच वार्ता सुरु
ताजा खबरJust now

मक्का सुरक्षा सम्झौतामा सहभागी देश र इरानबिच वार्ता सुरु

काठमाडाैँ। मक्का सुरक्षा सम्झौतामा सहभागी तीन देश र इरानबिच सोमबार तेहरानमा वार्ता सुरु भएको इरानी राष्ट्रिय टेलिभिजनले जनाएको छ। यो बैठक पाकिस्तानको प्रस्तावमा आयोजना गरिएको हो। बैठकमा इरान, पाकिस्तान, साउदी अरब... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play