फिल्म ‘सेप अफ मोमो’लाई क्यानडामा दुई उत्कृष्ट अवार्ड

काठमाडौं । सिक्किमको जनजीवन र पृष्ठभूमिमा बनेको नेपालीभाषी फिल्म ‘सेप अफ मोमो’ ले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा आफ्नो उत्कृष्ट यात्रा जारी राखेको छ। क्यानडामा सम्पन्न प्रतिष्ठित ‘इन्टरनेसनल फिल्म फेस्टिभल अफ साउथ एसिया’ टोरन्टो २०२६ मा फिल्मले दुई मुख्य विधामा शीर्ष पुरस्कार जित्न सफल भएको छ। अक्टोबर ८ देखि १८ सम्म सञ्चालन भएको उक्त महोत्सवमा फिल्मकी मुख्य अभिनेत्री गौमाया गुरुङले ‘उत्कृष्ट अभिनेत्री’ को अवार्ड हात पारेकी छन् भने निर्देशक त्रिवेणी राईले ‘उत्कृष्ट निर्देशक’को उपाधि जितेकी छन्। पारिवारिक दायित्व र व्यक्तिगत स्वतन्त्रताको खोजीमा जेलिएकी एक महिलाको भूमिकामा गौमायाले दिएको स्वाभाविक र सूक्ष्म अभिनयको महोत्सवमा उच्च प्रशंसा गरिएको छ। पात्रको आन्तरिक संघर्ष, मौनता र भावभङ्गीलाई जीवन्त रूपमा प्रस्तुत गर्दै उनले यो सफलता हासिल गरेकी हुन्। यसअघि गौमायाले २२ औँ ‘थर्ड आई एसियन फिल्म फेस्टिभल’मा समेत ‘बेस्ट एक्ट्रेस’ तर्फ ‘स्पेसल्ली जुरी मेन्सन’ अवार्ड प्राप्त गरेकी थिइन्। यो फिल्म अक्टोबर ३० साँझ ६ बजे लन्डनस्थित सोआस युनिभर्सिटीमा प्रदर्शन हुने भएको छ । खुला आकाश मिडिया, हाम्रो डबली र द क्रिटिकल हिमालयन कलेक्टिभको संयुक्त आयोजनामा हुन लागेको उक्त विशेष शोपछि दर्शकहरूसँग अभिनेत्री गौमाया र पशुपति राईले अन्तरक्रिया गर्नेछन्। फिल्म प्रदर्शनबाट संकलन हुने टिकटको निश्चित रकम नेपालका बाढीपीडित परिवारहरूको सहयोगार्थ पठाइने आयोजकले जनाएका छन्। सर्वसाधारणका लागि २० पाउन्ड र विद्यार्थीहरूका लागि १५ पाउन्ड टिकट दर तोकिएको छ। यसअघि फिल्मले बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (२०२५) मा ‘सङवोन भिजन अवार्ड’ र ‘ताइपेई फिल्म कमिसन अवार्ड’, कोलकाता अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (२०२५) मा ‘गोल्डेन रोयल बङ्गाल टाइगर अवार्ड’, रसियाको स्पिरिट अफ फायर फेस्टिभल (२०२६) मा ‘सिल्भर टाइगा अवार्ड’, लस एन्जलसको इन्डियन फिल्म फेस्टिभल (२०२६) मा ‘ग्र्यान्ड जुरी प्राइज’ तथा इन्डी मीम फिल्म फेस्टिभल (२०२६) मा जुरी र अडियन्स दुवै अवार्ड जितिसकेको छ । फिल्मले सिक्किमका पहाडी छोरीको दृष्टिकोणबाट समाज र परिवारका परम्परागत मान्यताहरूलाई केलाएको छ। दिल्लीको जागिर छोडेर घर फर्किएकी मुख्य पात्र ‘विष्णु’ले सामना गर्ने पारिवारिक अपेक्षा, पहिचानको खोजी र छोरा-छोरीबीचको सामाजिक विभेदको विषयलाई फिल्ममा मार्मिक ढंगले प्रस्तुत गरिएको छ । फिल्मको कार्यकारी निर्माताहरूमा नामी फिल्ममेकरहरू माइक गुड्रिज, जोया अख्तर, रीमा कागती र पायल कपाडिया रहेका छन् ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

जलवायु न्यायलाई प्राथमिकता दिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह
काठमाडौँ, कात्तिक ७ गते । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु... ...

एएफसीका अध्यक्ष खलिफाको समर्थनले इन्फान्टिनोको फिफा अध्यक्षमा निर्वाचित हुने सम्भावना बढ्यो
काठमाडौं । फिफा अध्यक्ष जियानी इन्फान्टिनो चौथो कार्यकालका लागि पुनः निर्वाचित हुने सम्भावना बलियो बनेको छ। एसियाली फुटबल महासंघ एएफसीका अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफाले उनको उम्मेदवारीलाई समर्थन गरेपछि इन्फान्टिनोको पक्षमा समर्थन बढेको हो। शुक्रबार जापानको टोकियोमा आयोजित एएफसीको विशेष कंग्रेसमा शेख सलमानले एसियाली फुटबल इन्फान्टिनोको पक्षमा एकजुट रहेको बताएका थिए। यसअघि फिफाको व्यावसायिक अधिकारमा निजी लगानी भित्र्याउने प्रस्तावको विषयमा ...

इन्फान्टिनो फिफा अध्यक्षमा चौथो कार्यकालका लागि पुनः निर्वाचित हुने सम्भावना
एएफसी अध्यक्ष शेख सलमानको समर्थनपछि एसियाली फुटबल इन्फान्टिनोको पक्षमा उभिएको छ, जसले आगामी मार्चको निर्वाचनमा उनको स्थिति मजबुत बनाएको छ। ...

कर्णालीबाट पहिलो पटक विद्यावारिधि गर्ने पत्रकार डा.एलपी देवकोटा सम्मानित
• डा. लक्ष्मीप्रसाद देवकोटा (एलपी देवकोटा) लाई खस साहित्य समाज जुम्लाले सम्मानित गरेको छ, उनले पत्रकारिता विषयमा पीएचडी हासिल गरेका छन्। • सम्मान समारोहमा उनलाई दोसल्ला ओढाएर र सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको हो। • डा. देवकोटाको यो उपलब्धिले कर्णाली क्षेत्रको सञ्चार जगत् र बौद्धिक समुदायमा उत्साह थपेको छ। ...


