रामेछाप, कात्तिक १८ । फास्ट फुड व्यवसायीहरूको हकहित संरक्षण, व्यावसायिक एकता अभिवृद्धि, खाद्य स्वच्छता कायम तथा फास्ट फुड व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले फास्ट फुड एसोसिएसन नेपाल जिल्ला कमिटी रामेछाप गठन गरिएको छ। धर्मबहादुर थापा मगरको अध्यक्षतामा गठित जिल्ला कमिटीमा सर्वसम्मत रुपमा पदाधिकारी तथा सदस्यहरू चयन हुनुभएकाे छ। नवगठित जिल्ला कमिटीको उपाध्यक्षमा गेल्पु शेर्पा, सचिवमा माधवराज आरण, उपसचिवमा दुर्गाबहादुर कार्की र कोषाध्यक्षमा मानबहादुर आले चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा इन्द्रमाया माझी, मनोज श्रेष्ठ, मिरा गिरी र विनय कार्की चयन हुनुभएको छ। फ्रीडम रिसोर्ट, मन्थलीमा आयोजित कार्यक्रममा फास्ट फुड एसोसिएसन नेपालका केन्द्रीय अध्यक्ष होमराज श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमको अध्यक्षता संस्थाका केन्द्रीय उपमहासचिव भीमप्रसाद आरणले गर्नुभएको थियो भने सञ्चालन महासचिव राकेश श्रेष्ठले गर्नुभएको थियो। नवगठित जिल्ला कमिटीले रामेछाप जिल्लामा फास्ट फुड व्यवसायीहरूलाई संगठित गर्दै उनीहरूको पेसागत हकहित संरक्षण, व्यवसाय सञ्चालनमा देखिएका समस्या समाधानका लागि पहल तथा गुणस्तरीय र स्वच्छ खाद्य परिकारको प्रवर्द्धनमा भूमिका खेल्ने अपेक्षा गरिएको छ। जिल्लामा फास्ट फुड व्यवसायलाई व्यवस्थित, मर्यादित र व्यावसायिक रूपमा थप सुदृढ बनाउन जिल्ला कमिटीले समन्वयकारी भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ।
फास्ट फुड एसोसिएसन नेपाल रामेछापकाे अध्यक्षमा धर्मबहादुर थापा मगर चयन

Read Complete Original Article
Published originally on जनताटाइम्स





