फलेबासमा दसैँको रौनक, घरघरमा सेलरोटी पकाउने चटारो

पर्वत । बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी पकाउने चटारो बढेको छ । दसैँ मनाउन आवश्यक तयारीमा जुटेका स्थानीयवासी परम्परागत परिकार सेलरोटी बनाउन व्यस्त देखिएका छन् । नेपालीको महान् पर्व दसैँमा सेलरोटीको विशेष महत्त्व छ । दसैँमा घर आउने पाहुना, आफन्त र परिवारका सदस्यलाई सेलरोटी खुवाउने परम्पराले यसको महत्त्व अझ बढाएको हो । चामलको पिठोबाट बनाइने सेलरोटी दसैँ, तिहारलगायत विभिन्न चाडपर्वमा विशेष परिकारका रूपमा खाने गरिन्छ । दसैँ मनाउन विभिन्न सहर तथा विदेशमा रहेका परिवारका सदस्य गाउँ फर्किएसँगै फलेबासका गाउँघरमा चहलपहल बढेको छ । घरघरमा सेलरोटी पाक्न थालेपछि फैलिएको सुगन्धले गाउँमा दसैँको रौनक थपेको छ । परम्परागत परिकार र सांस्कृतिक चलनसँग जोडिएको सेलरोटीले दसैँलाई स्वादिलो बनाउनुका साथै परिवार तथा आफन्तबीच आत्मीयता र सद्भाव बढाउनसमेत महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

दमाम विमानस्थलमा भएको आक्रमणमा घाइते ८ जनामध्ये एक नेपाली
बुधबार राति साउदी अरबको दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा घाइते भएका ८ जनामध्ये एक नेपाली भएको त्यहाँको नागरिक उड्डयन प्राधिकरण (जीएसीए) ले जनाएको छ। यद्यपि नाम-ठेगाना खुलाइएको छैन। घटनामा एक भारतीय र एक साउदी नागरिक मारिएका छन्। प्राधिकरणका अनुसार घाइते नेपालीसहित आठ जनाको अवस्था सामान्यदेखि गम्भीरसम्म छ। ... ...

स्वदेशी निर्माणको वातावरणीय मूल्य
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सामाजिक सञ्जालमार्फत असोज ३० गते मन्त्रिपरिषद्ले ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्द्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३’ स्वीकृत गरेको जानकारी दिए। निर्देशिकाअनुसार प्राविधिक रूपमा उपयुक्त भएमा आयातित बिटुमिनमा आधारित कालोपत्रे सडकको विकल्पमा स्वदेशी सिमेन्टबाट बन्ने कङ्क्रिट सडक, स्थानीय ढुङ्गा र अन्य स्वदेशी निर्माण प्रविधि अपनाउनुपर्नेछ। केही सञ्चारमाध्यमले ‘अब बिटुमिन र अस्फाल्टका सडक बनाउनै नपाइने’ भन्ने शीर्षक दिए पनि उपलब्ध ...

कोप ३१ः आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा
काठमाडौँ । नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्टाल्यामा हुन गइरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–३१० को मिति नजिकिँदै गर्दा आन्तरिक तयारीलाई पनि तीव्र बनाएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले राष्ट्रिय स्थितिपत्र अन्तिम चरणमा रहेको र सरोकारवाला निकायबीचको छलफललाई तीव्र रूपमा अगाडि बढाएको जनाएको छ । मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव डा महेश्वर ढकालले जलवायु ...

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट
खोटाङ। विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई घर जलेर नष्ट भएको छ। गए राति करिब नौं बजे मङ्गलटारका स्थानीयवासी कृष्णकुमार राईको घरमा जडान गरिएको विद्युत् फल्ट हुँदा उनका दुई वटा घर जलेर नष्ट भएको हो। वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अधिराज्यमा रहेका कृष्णकुमारका श्रीमती तारा र कान्छा छोरा मात्र बस्दै आएको उक्त घरमा गए राति आगलागी भएको स्थानीयले बताएका ...


