Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/प्लास्टिक बोतलबारे उपभोक्तालाई भ्रम नपार्न ईयूको निर्देशन

प्लास्टिक बोतलबारे उपभोक्तालाई भ्रम नपार्न ईयूको निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्लास्टिक बोतलबारे उपभोक्तालाई भ्रम नपार्न ईयूको निर्देशन

ब्रसेल्स।पेय पदार्थ उत्पादन गर्ने विश्व प्रसिद्ध कम्पनीहरू कोका–कोला, नेस्ले र ड्यानोनले युरोपेली संघ (ईयू) को दबाबपछि आफ्ना प्लास्टिक बोतलमा प्रयोग गरिएका रिसाइक्लिङसम्बन्धी दाबी परिवर्तन गर्न सहमति जनाएका छन्। युरोपेली आयोगले बिहीबार यसबारे जानकारी दिएको हो। नोभेम्बर २०२३ मा युरोपेली उपभोक्ता समूहहरूले यी कम्पनीका बोतलबन्द पानीसम्बन्धी उत्पादनमा भ्रामक वातावरणमैत्री दाबी गरिएको भन्दै आपत्ति जनाएका थिए। त्यसपछि भएको छलफलमा कम्पनीहरूले बोतलमा प्रयोग गरिने केही शब्दावली परिवर्तन गर्न सहमति जनाएको आयोगले बताएको छ। यसअघि प्रयोग हुँदै आएको ‘म शतप्रतिशत रिसाइकल गरिएको प्लास्टिकबाट बनेको बोतल हुँ’ भन्ने नारालाई अब ‘यो बोतल शतप्रतिशत रिसाइकल गरिएको छ, बिर्को र लेबल बाहेक’ भन्ने सन्देशले प्रतिस्थापन गरिनेछ। यसबाट बिर्को र लेबलमा प्रयोग गरिएको सामग्री समेत रिसाइकल गरिएको हो भन्ने भ्रम हटाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। त्यस्तै, कम्पनीहरूले बोतलमा ‘मलाई फेरि रिसाइकल गर्नुहोस्’ भन्ने सन्देशको सट्टा ‘मलाई रिसाइकल गर्नुहोस्’ लेख्न सहमति जनाएका छन्। यसले उपभोक्तामा उक्त बोतल पहिले नै रिसाइकल भइसकेको छ भन्ने गलत धारणा उत्पन्न हुन नदिने आयोगको भनाइ छ। कम्पनीहरूले आफ्ना अनलाइन सञ्चार तथा डिजिटल प्रचार अभियानमा पनि ईयूसँग गरेका प्रतिबद्धता प्रतिबिम्बित हुने गरी वातावरणीय दाबी प्रस्तुत गर्नु पर्नेछ। युरोपेली आयोगले कम्पनीहरू र उपभोक्ता संरक्षण सहयोग सञ्जालबीचको वार्तालाई समन्वय गरेको थियो। उक्त सञ्जालमा ईयूका २७ सदस्य राष्ट्रका उपभोक्ता संरक्षणसम्बन्धी निकायहरू सहभागी छन्। आयोगका अनुसार, कोका–कोला र नेस्लेले विशेष गरी डिजिटल प्रचार अभियानमा प्रयोग गरिने रिसाइक्लिङसम्बन्धी दाबीमा सुधार गर्दै केही प्रतिबद्धता कार्यान्वयन समेत गरिसकेका छन्। यस कदमलाई प्लास्टिकजन्य फोहोर, रिसाइक्लिङ र वातावरणमैत्री उत्पादनसम्बन्धी दाबीमा पारदर्शिता बढाउने ईयूको प्रयासका रूपमा हेरिएको छ। –रासस /एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

श्रीलङ्काली स्टार अलराउन्डर एन्जेलो म्याथ्युजले विराटनगर किंग्सबाट एनपीएल खेल्ने
ताजा खबरJust now

श्रीलङ्काली स्टार अलराउन्डर एन्जेलो म्याथ्युजले विराटनगर किंग्सबाट एनपीएल खेल्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले श्रीलंकाका अनुभवी क्रिकेटर तथा पूर्व कप्तान एन्जेलो म्याथ्युजलाई अनुबन्ध गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो उत्कृष्ट ब्याटिङ, उपयोगी... ...

रातोपाटी
गुम्बाको शरणमा भोटेकोशी बाढीपीडित : मन भने अझै टिमुरेकै थातथलोमा
ताजा खबरJust now

गुम्बाको शरणमा भोटेकोशी बाढीपीडित : मन भने अझै टिमुरेकै थातथलोमा

काठमाडौँ । स्वयम्भूको शान्त डाँडामा बिहानैदेखि बौद्ध मन्त्रका गुञ्जन सुनिन्छन् । हावामा फरफराइरहेका लुङ्दार र घिउका बत्तीहरूको मधुरो सुवासबिच मुस्ताङ गुम्बाको आँगनमा छन्- भोटेकोशी बाढीबाट बिस्थापित टिमुरेका स्थानीय । गत भदौ... ...

रातोपाटी
धरानमा दसैंमा २६ करोड बढीको खसी–बोका कारोबार
ताजा खबरJust now

धरानमा दसैंमा २६ करोड बढीको खसी–बोका कारोबार

सुनसरी।बडादसैंलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यस वर्ष २६ करोड २५ लाख बराबरको खसी–बोका कारोबार भएको छ। कोशी प्रदेशका पहाडी जिल्लाबाट किसान तथा व्यापारीले बिक्रीका लागि ल्याएका खसी–बोकाको माग बढेपछि गत वर्षको तुलनामा यस वर्ष करिब १५ प्रतिशतले कारोबार वृद्धि भएको कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए। गत वर्ष २०८२ को दसैंमा कृषिउपज बजारबाट २३ करोड बराबरको खसी–बोका कारोबार भएको ...

नेपालन्युज
दसैँको टीकाकै दिन मोरङका दोर्ण पोल्यान्डमा अस्ताए
ताजा खबरJust now

दसैँको टीकाकै दिन मोरङका दोर्ण पोल्यान्डमा अस्ताए

युरोपेली मुलुक पोल्यान्डमा दसैँको टीकाको दिन एक नेपालीको मृत्यु भएको छ। मोरङ उर्लाबारी, स्कुलडाँडाका ५० वर्षीय दोर्ण प्रसाद गौतमको बुधबार मृत्यु भएको हो। गौतमको निधन सुतेको अबस्थामा भएको सँगै काम गर्ने उनकी बहिनी ज्वाइँ मोरङ रङ्गेलीका राजेश अधिकारीले पुष्टि गरे। राजेश र दोर्ण रोजगारीको सिलसिलामा एकैदिन सन् २०२३ अक्टोबर २ मा  पोल्यान्ड आएका थिए। उनको मृत्... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play