Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकार महासंले दियाे घण्टीघरमा धर्ना

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकार महासंले दियाे घण्टीघरमा धर्ना
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर १३ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका पेसागत तथा श्रम अधिकार सुनिश्चित गर्न माग गर्दै नेपाल पत्रकार महासंघले राजनीतिक दलका कार्यालयमा धर्ना कार्यक्रम सुरु गरेको छ । महासंघले घोषणा गरेको दोस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी मुख्यालय घण्टीघर अगाडि महासंघका पदाधिकारीसहित पत्रकारहरूले धर्ना दिएका छन् । सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति अनुदार व्यवहार देखाएको आरोप लगाउँदै महासंघ आन्दोलनमा उत्रिएको हो । समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश ल्याउने प्रयास भएको तथा सञ्चारमाध्यममाथि अवरोध पुर्‍याउनेहरूमाथि कारबाही नगरिएको भन्दै महासंघले सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । महासंघकी अध्यक्ष निर्मला शर्माले पत्रकारमाथि भएका धरपकड, सञ्चारमाध्यममाथिको हस्तक्षेप र प्रेस स्वतन्त्रतामाथि देखिएका चुनौतीविरुद्ध दबाबमूलक कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । त्यसैगरी, गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारहरूलाई जबर्जस्ती निष्कासन गरिएको, श्रम अधिकार उल्लङ्घन भएको र लोककल्याणकारी विज्ञापनबापतको रकम उपलब्ध नगराइएको विषयलाई पनि महासंघले आन्दोलनको प्रमुख एजेन्डा बनाएको छ । महासंघले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज रास्वपा कार्यालयमा धर्ना दिएपछि भोलि नेपाली कांग्रेस, पर्सि नेकपा एमाले, मंसिर १६ गते नेकपा, १७ गते श्रम संस्कृति पार्टी र १८ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको छ । यसैगरी, मंसिर २० गते काठमाडौंको माइतीघर तथा काठमाडौं बाहिरका जिल्लाका सदरमुकाममा एकैसाथ विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ । उक्त प्रदर्शनमा सहभागी पत्रकारहरूलाई कालो लुगा, कालोपट्टी र कालो मास्क लगाएर उपस्थित हुन आह्वान गरिएको महासंघका महासचिव रामप्रसाद दाहालले जानकारी दिनुभयो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकारको सुनिश्चितताका लागि महासंघले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
देउवा पक्षको महाधिवेशन : ४ उपसभापति र ४ महामन्त्री राख्ने विधानबारे छलफल जारी
PoliticsJust now

देउवा पक्षको महाधिवेशन : ४ उपसभापति र ४ महामन्त्री राख्ने विधानबारे छलफल जारी

काठमाण्डु– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले यही मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने तयारी गरेको छ। यता, गगन थापा नेतृत्वको कांग्रेसले १५औँ महाधिवेशनका क्रममा पार्टीको चुनाव चिह्न र झन्डा प्रयोग नगर्न आग्रह गरेको छ। देउवा पक्षले महाधिवेशनका गतिविधि अगाडि बढाइरहँदा पार्टीका पदाधिकारीको सङ्ख्या बढाउने विषयमा पनि छलफल तीव्र बनाएको छ। पदाधिकारीको सङ्ख्या […] ...

काठमाण्डुपाटी
मेची–महाकाली पदयात्रा, सर्लाहीबाट रौतहटतर्फ लागे अमरेश
PoliticsJust now

मेची–महाकाली पदयात्रा, सर्लाहीबाट रौतहटतर्फ लागे अमरेश

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहको नेतृत्वमा सञ्चालित मेची–महाकाली हुलाकी सडक पदयात्रा सर्लाहीबाट रौतहटतर्फ अगाडि बढेको छ । महोत्तरी जिल्लाबाट शनिबार बिहान सर्लाही प्रवेश गरेका सांसद सिंह शनिबार साँझ जिल्ला सदरमुकाम मलङ्गवा आइपुगेका थिए । उनले शनिबार राति मलङ्गवामै बास बसेपछि आइतबार बिहान पुनः आफ्नो पदयात्रालाई निरन्तरता दिँदै हुलाकी सडकमार्ग हुँदै रौतहटतर्फ प्रस्थान गरे । सांसद सिंह मलङ्गवाबाट कौडेना हुँदै आफ्नो ...

फरकधार
बैजनाथ धामबाट सुरु भयो सुदूरपश्चिमको ट्रफी यात्रा, नौ जिल्लामा प्रदर्शन गरिने
PoliticsJust now

बैजनाथ धामबाट सुरु भयो सुदूरपश्चिमको ट्रफी यात्रा, नौ जिल्लामा प्रदर्शन गरिने

नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको उपाधि विजेता सुदूरपश्चिम रोयल्सले आफ्नो ट्रफी यात्रा अछामको बैजनाथ धामबाट सुरु गरेको छ । सुदूरपश्चिम रोयल्सले एनपिएलको उपाधि जितेपछि सुदूरपश्चिमका नौ वटै जिल्लामा ट्रफी प्रदर्शन गर्ने कार्यक्रमअनुसार शनिबार बिहान अछामको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बैजनाथ धाममा पूजाआराधना र स्वस्तिवाचन गर्दै ट्रफी यात्रा सुरु गरेको हो । बैजनाथ मन्दिरदेखि साँफेबगरसम्म ट्रफीसहित र्‍याली निकालिएको थियो । र्‍यालीमा ...

फरकधार
हसिना शासनकालका फरार पूर्वप्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
PoliticsJust now

हसिना शासनकालका फरार पूर्वप्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ

बङ्गलादेशको ढाका महानगरीय प्रहरीको गुप्तचर शाखाले पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना बनाएको आरोपमा आइतबार बिहान पक्राउ गरेको छ । पूर्वविशेष शाखा प्रमुख तथा प्रहरीका अतिरिक्त महानिरीक्षक इस्लाम फरार रहे पनि सामाजिक सञ्जालमार्फत उनले सन् २०२४ को जुलाईमा भएको जनविद्रोहको विरोध र हसिनाको समर्थनमा अन्तर्वार्ता दिँदै आएका छन् । पक्राउ पर्नेमा ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement