प्रेम विवाहको ११ महिनामै युवती मृत भेटिइन्, श्रीमान् र सासु पक्राउ

धनगढी । कैलालीको धनगढीमा प्रेम विवाह गरेको ११ महिनामै एक युवती मृत भेटिएको घटनामा प्रहरीले उनका श्रीमान् र सासुलाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–६ मट्यारीमा शुक्रबार मृत भेटिएकी कविता जोशीको मृत्यु प्रकरणमा उनका श्रीमान् सरोज पाठक र सासु कमलादेवी पाठक पक्राउ परेका हुन्। मृतकका माइती पक्षले दिएको किटानी जाहेरीका आधारमा दुवै जनालाई आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका दुवै जनामाथि अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ। माइती पक्षले कविताको मृत्युमा जिम्मेवार व्यक्तिमाथि निष्पक्ष अनुसन्धान गरी कडा कानुनी कारबाही गर्न माग गरेको छ। स्रोतका अनुसार बझाङको बुंगल नगरपालिका–४ तमतोली माइती घर भएकी कविताले धनगढीका सरोज पाठकसँग गत वर्ष मंसिरमा प्रेम विवाह गरेकी थिइन्। सरोज कृषि विकास बैंकमा कार्यरत रहेका बेला उनीहरूबीच प्रेम सम्बन्ध सुरु भएको थियो। प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका उनीहरूको वैवाहिक जीवन वर्ष दिन पनि टिक्न सकेन। अहिले कविताको मृत्युको कारण र घटनामा कसको भूमिका थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

खोलामा डुबेका पुरुषको मृत्यु
घोराही समाचारदाताघोराही, कात्तिक १२ गते । दाङमा एक जना पुरुषको खोलामा डुबेर मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित कटुवाखोलामा डुबेका घोराही उपमहानगरपालिका–१७ श्रीकृष्ण ट... ...

‘सर्वोच्चले १४ औँ महाधिवेशनलाई मान्यता नदिए कांग्रेस अलग-अलग दिशामा जान्छ’
काठमाण्डु- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेता एनपी साउदले पार्टीभित्रको विवाद र महाधिवेशनको वैधानिकताबारे कडा गरेका छन्। उनले शेरबहादुर देउवा नेतृत्वमा भएको १४औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए पार्टी अलग-अलग दिशामा जान सक्ने बताएका छन्। साउदले विशेष महाधिवेशन र गगन थापा पक्षले गरेको नियमित महाधिवेशन दुवै विधिसम्मत नभएको दाबी गरे। देउवा अब पार्टी नेतृत्वमा नबस्ने उल्लेख […] ...

कुमाखमा केसर खेती, आम्दानीको सम्भावना
प्रतीक इच्छुक शर्मासल्यान, कात्तिक १२ गते । सल्यानमा पहिलो पटक सुरु गरिएको केसर खेतीबाट आम्दानी लिन सकिने सम्भावना देखिएको छ । कुमाख गाउँपालिका–३, चिनालीका किसान शेरबहादुर पुनले पर... ...

कर्णालीसँगको खेलमा लोकेश बमको अर्धशतक
काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सका लोकेश बमले अर्धशतक बनाएका छन्। बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा लोकेशले ३२ बलमा ६ छक्का र १ चौकासहित अर्धशतक... ...


