प्राकृतिक स्रोतको उपयोगबाट करोडौं आम्दानी

कास्की।अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जडीबुटी संकलन शुल्कलगायत प्राकृतिक स्रोतको उपयोगबाट गत आर्थिक वर्षमा तीन करोड ८६ लाख ५१ हजार ९०८ संकलन गरेको छ। कार्यालयले जडीबुटी, काठ दाउरा आदिको संकलन तथा उपयोगबाट हुने उक्त आम्दानी गरेको हो। आयोजना प्रमुख डा. रविन कडरियाका अनुसार कार्यालयले आव २०८१/८२ मा पाँच करोड ७७ लाख १६ हजार ७८१ रुपैंयाँ र आव २०८०/८१ मा तीन करोड ९० लाख ९८ हजार ९९१ रुपैंयाँ संकलन भएको थियो। अन्नपूर्ण संरक्षण क्षेत्रमा रहेका ५७ वटा संरक्षण क्षेत्र व्यवस्थापन समितिमार्फत उक्त रकम संकलन भएको हो। जडीबुटी, काठ दाउरा, ढुङ्गागिट्टीलगायतको उपयोगबापत संरक्षण क्षेत्र व्यवस्थापन समितिले सो रकम उठाउने गरेको आयोजना प्रमुख डा. कडरियाले बताए। “प्राकृतिक स्रोतको उपयोगबाट संकलित रकमलाई व्यवस्थापन समितिले वार्षिक कार्यक्रम र योजना बनाएर खर्च गर्छन्”, उनले भने। अन्नपूर्ण संरक्षण क्षेत्रमा बहुमुल्य यार्सागुम्बालगायतका जडीबुटीको संकलन तथा निकासी हुँदै आएको छ। जडीबुटीबाट स्थानीयको आयआर्जनमा महत्वपूर्ण टेवा पुगेको छ। आयोजना कार्यालयले प्राकृतिक स्रोत साधनको उपयोग र संरक्षणसम्बन्धी सचेतना अभियान सञ्चालन गर्दै आएको छ। पर्यटक प्रवेश शुल्कलगायतबाट हुने आम्दानीलाई संरक्षण गतिविधि र पर्यटन प्रवद्र्धनका कार्यक्रममा खर्च गर्ने गरिएको आयोजना कार्यालयले जनाएको छ। कार्यालयले पदमार्ग, फोहर व्यवस्थापन, साना सिँचाइ, खानेपानी आयोजना निर्माण, आयआर्जन, संरक्षण शिक्षालगायतका गतिविधि सञ्चालन गर्दै आएको छ। यस क्षेत्रको भ्रमणमा आउने विदेशी पर्यटकको प्रवेश शुल्कबाट मात्रै वार्षिक करोडौँ रुपैयाँ राजश्व संकलन हुने गरेको छ। संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गर्ने पर्यटकले तिर्ने शुल्कबाट पनि राज्य कोषमा योगदान पुग्दै आएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

एनपीएलको टिकट मूल्य निर्धारण, साधारणको पाँच सय, प्रिमियमको हजार
लिग चरणका खेलका लागि साधारण टिकट ५ सय र प्रिमियम टिकट १ हजार रुपैयाँ तोकिएको छ । इलिमिनेटर तथा फाइनलका लागि भने टिकटको मूल्य दोब्बर निर्धारण गरिएको छ । ...

१० बजे १० समाचार : सङ्कटमा मात्र ब्युँझिने सरकार, गुम्बाको शरणमा भोटेकोशी बाढीपीडित
काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ– १. कसरी जन्मियो कांग्रेसको चियापान संस्कृति ? नेपाली कांग्रेसले २०३५ सालमा... ...

श्रीलङ्काली ब्याटर कमिल मिसारा चितवन राइनोजबाट एनपीएल खेल्ने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि चितवन राइनोजले श्रीलङ्काली ब्याटर कमिल मिसारालाई टोलीमा अनुबन्ध गरेको छ । चितवन राइनोजले सामाजिक सञ्जालमार्फत मिसारालाई टोलीमा स्वागत गर्दै एनपीएलको... ...

स्कुल बस दुर्घटनाले माझठानामा आएन दसैं
कास्की।वर्षमा एक पटक आउने दसैंमा सबैका घरमा टीका र जमराको रौनक छाउँछ। आफन्तको जमघट, घरघरमा टीका लगाउने चहलपहल र गाउँभरि लिङ्गे पिङको उल्लास दसैंका विशेषता हुन्। तर, यस वर्ष पोखरा महानगरपालिका–२८ स्थित माझठानामा दसैंले खुसी ल्याउन सकेन। न घरघरमा टीका लाग्यो, न गाउँमा लिङ्गे पिङको रौनक देखियो। असोज २३ गते बिहान भएको स्कुल बस दुर्घटनाले गाउँलाई शोकमा डुबायो। दुर्घटनामा गम्भीर घाइते भएकी ...


