Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Business/प्रहरी पोशाक खरिद प्रकरण : मङ्सिर १ देखि बयान लिने तयारी

प्रहरी पोशाक खरिद प्रकरण : मङ्सिर १ देखि बयान लिने तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रहरी पोशाक खरिद प्रकरण : मङ्सिर १ देखि बयान लिने तयारी

काठमाडौं, कात्तिक १२ । निर्वाचन प्रहरीको पोशाक खरिदमा भएको भनिएको अनियमितताबारे छानबिन गरिरहेको उपसमितिले मङ्सिर १ गतेदेखि सरोकारवालासँग बयान लिने तयारी गरेको छ। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिअन्तर्गत गठित छानबिन उपसमितिले नेपाल प्रहरीले बुझाएका कागजात अध्ययन गरिरहेको छ। कात्तिक मसान्तसम्म कागजात अध्ययन सकेर मङ्सिर १ देखि बयान प्रक्रिया अघि बढाउने तयारी रहेको उपसमितिका संयोजक तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जानकारी दिनुभएको छ। गएको निर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले भर्ना गरेका निर्वाचन प्रहरीको पोशाक खरिदमा अनियमितता भएको भनिएपछि समितिले उपसमिति गठन गरेर छानबिन अघि बढाएको हो। उपसमितिमा नेपाल प्रहरीका एक लाख ३० हजार र सशस्त्र प्रहरीका १५ हजार निर्वाचन प्रहरीसँग सम्बन्धित बैंकिङ कारोबारका विवरणसहित एक बोरा कागजात प्राप्त भएको छ। संयोजक झाका अनुसार मङ्सिर १ देखि १५ गतेसम्म सरोकारवालासँग बयान लिने, विज्ञको राय लिने र कानुनी परामर्श गर्ने काम हुनेछ। सूचना दुरुपयोग तथा कागजातमा सम्भावित हेरफेर रोक्न सिंहदरबारस्थित समितिको बैठक कक्षमा सीसीटीभी निगरानीबीच मात्रै कागजात अध्ययन गर्ने व्यवस्था मिलाइएको छ। ६० दिनको कार्यअवधि पाएको उपसमितिले निर्धारित समयभित्र छानबिन पूरा गर्ने जनाएको छ। उपसमितिले अन्तिम पाँच दिन प्रतिवेदन लेखनमा खर्च गर्ने तयारी गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता, तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ
अर्थतन्त्रJust now

डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता, तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ

काठमाडौँ / सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)मा १२ करोड १३ लाख रुपैयाँभन्दा बढी आर्थिक हिनामिना गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ परेका ...

अर्थडबली
चौतर्फी विरोधपछि समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा
अर्थतन्त्रJust now

चौतर्फी विरोधपछि समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौँ / समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका छन् । सञ्चारमन्त्री विक्रम तिमल्सिनाले शुक्रबार राति सामाजिक सञ्जालमार्फत पक्राउ परेका सबै पत्रकार रिहा भइसकेको ...

अर्थडबली
डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ
अर्थतन्त्रJust now

डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ

काठमाडौं । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) मा अनियमितता गरी संस्थानलाई १२ करोड रुपैयाँभन्दा बढी आर्थिक हानि पुर्‍याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले संस्थानका तत्कालीन महाप्रबन्धक, उच्च तहका कर्मचारी, चिस्यान केन्द्रका तत्कालीन इन्चार्ज तथा अन्य कर्मचारीलाई पक्राउ गरेको ह… ...

आर्थिक न्यूज
पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्रीको सचिवालयको संलग्नता नरहेको स्पष्टोक्ति, पक्राउ तथा सोधपुछमा परेका पत्रकार को–को ?
अर्थतन्त्रJust now

पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्रीको सचिवालयको संलग्नता नरहेको स्पष्टोक्ति, पक्राउ तथा सोधपुछमा परेका पत्रकार को–को ?

काठमाडौं । पत्रकार पक्राउ तथा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी पुगेको घटनामा प्रधानमन्त्री, प्रधानमन्त्रीको सचिवालय तथा प्रधानमन्त्री कार्यालयको कुनै पनि संलग्नता नरहेको स्पष्ट पारिएको छ। प्रधानमन्त्रीको सचिवालयले पत्रकार पक्राउ परेको घटनाबारे प्रधानमन्त्री तथा उनको सचिवालयलाई पूर्वजानकारीसमेत नभएको जनाएको छ। घटनाबारे जानकारी पाउनासाथ प्रधानमन्त्रीले नियन्त्रणमा लिइएका पत्रक… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play