Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्रीले भने- एक महिनाभित्र भूमिसम्बन्धी सबै सेवा स्थानीय तहबाटै

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्रीले भने- एक महिनाभित्र भूमिसम्बन्धी सबै सेवा स्थानीय तहबाटै
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अबको एक महिनाभित्रमा जग्गासम्बन्धी सबै कारोबार स्थानीय तहबाट हुने बताएका छन्। सामाजिक सञ्जालमा उनले सरकारले आफ्नो शासकीय सुधार सम्बन्धी एकसय कार्यसूचीको अभिन्न अङ्गका रूपमा भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने कार्यलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने लक्ष्य राखेको जानकारी दिएका हुन्। ‘गाउँ गाउँमा सिंहदरबार, जग्गा प्रशासन स्थानीय तहबाटै,’ केही बेरअघि उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म भनेकै राज्य र नागरिकबिचको दुरी घटाउँनु हो। राज्यका सेवा सुविधा पाउन टाढाका कार्यालयहरूसम्म सहजरूपमा पुग्नु नभई आवश्यक कार्यालय र तिनका सेवाहरू नागरिकसँग पुग्नु यसको अन्तिम लक्ष्य हो। यहि मर्मलाई आत्मसात गर्दै नेपाल सरकारले आफ्नो शासकीय सुधार सम्बन्धी एकसय कार्यसूचीको अभिन्न अङ्गका रूपमा भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने कार्यलाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउने लक्ष्य राखेको छ।’ यसै लक्ष्य अनुरूप नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ ले गरेका व्यवस्था बमोजिम भूमि प्रशासनका सेवाहरू स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइएको प्रधानमन्त्रीले बताएका छन्। ‘हालसम्म विभिन्न ३३ वटा स्थानीय तहबाट उक्त सेवा सफलतापूर्वक सञ्चालन भइरहेको छ,’ उनले लेखेका छन्, ‘यस प्रक्रियालाई थप गति दिँदै बाँकी रहेका सम्पूर्ण स्थानीय तहहरूबाटसमेत आगामी एक महिनाभित्र भूमि प्रशासनसम्बन्धी सेवा अनिवार्य रुपमा सञ्चालन गर्ने गरी व्यवस्था मिलाउने निर्णय गरिएको छ।’ यस कार्यमा स्थानीय तहलाई आवश्यक पर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउन नेपाल सरकार प्रतिबद्ध रहेको जानकारी पनि उनले दिएका छन्। ‘नेपाल सरकारको यस पहलबाट स्थानीय तहले भूमि प्रशासन सम्बन्धी आफ्नो संवैधानिक तथा कानुनी अधिकारको पूर्ण प्रयोग गर्न पाउनेछन्,’ उनले फेसबुकका लेखेका छन्, ‘नागरिकलाई जग्गासम्बन्धी सेवा दिने भूमि प्रशासन तथा नापी कार्यालयहरु नागरिकको थप निकट, सरल र सहज हुनेछन् भने अधिकारलाई केन्द्रमा सिमित गर्ने कानूनी प्रावधानहरू खुकुला हुँदै जानेछन् भन्ने नेपाल सरकारको विश्वास छ।’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
स्वास्थ्य अवस्था बिग्रिएपछि डा. गोविन्द केसीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो
Latest NewsJust now

स्वास्थ्य अवस्था बिग्रिएपछि डा. गोविन्द केसीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं । इलाममा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएका केसीलाई महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको छ । डा. केसी दुई दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि इलाम अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा स्वास्थ्यमा सुधार नआएपछि उनलाई आज काठमाडौं ल्याइएको हो । चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका ६ बुँदे ...

कर्पोरट खबर
कामना सेवा फुटसल कपको छैटौँ सिजन सम्पन्न, कुमारी र लुम्बिनी विकास बैंक च्याम्पियन
Latest NewsJust now

कामना सेवा फुटसल कपको छैटौँ सिजन सम्पन्न, कुमारी र लुम्बिनी विकास बैंक च्याम्पियन

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘कामना सेवा फुटसल कप’ को छैटौँ सिजन सम्पन्न भएको छ। आइतबार धन्वन्तरी फुटसलमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कुमारी बैंक र महिलातर्फ लुम्बिनी विकास बैंकले उपाधि जितेका छन्। बैंक तथा वित्तीय संस्थाबीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० गरी कुल ३० ...

केन्द्रबिन्दु
डा.गोविन्द केसीको स्वास्थ्य बिग्रिएपछि काठमाडौं ल्याइयो, टिचिङ अस्पताल भर्ना
Latest NewsJust now

डा.गोविन्द केसीको स्वास्थ्य बिग्रिएपछि काठमाडौं ल्याइयो, टिचिङ अस्पताल भर्ना

काठमाडौं । आमरण अनशनमा बसेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई इलामबाट काठमाडौं ल्याइएको छ । केसीले विभिन्न माग राख्दै बिहीबार साँझ इलामको नारायणस्थान मन्दिर परिसरमा अनशन सुरु गरेका थिए । अनशनको चौथो दिनमा उनको रगतमा चिनीको मात्रा निकै कम भएको र पिसाबमा एसिटोनको मात्रा बढेको चिकित्सकले बताएका छन् । यसले गर्दा उनको स्वास्थ्यमा जोखिम […] ...

लोकपथ
रड, चक्कु र पाइपका टुक्राका भरमा सुरुङ खनेर डोल्पा जेलब्रेक !
Latest NewsJust now

रड, चक्कु र पाइपका टुक्राका भरमा सुरुङ खनेर डोल्पा जेलब्रेक !

सुर्खेत । डोल्पा कारागारमा १५ जना सुरक्षाकर्मीले सुरक्षा दिँदा पनि ४ मिटर लामो सुरुङ खनेर ८ जना कैदीले ‘जेलब्रेक’ गरेको घटनाले सुरक्षा प्रणालीमाथि नै गम्भीर प्रश्न खडा गरेको छ । यति... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play