Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री शाहले लिए सुरक्षा निकाय प्रमुखसँग ‘ब्रिफिङ’

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री शाहले लिए सुरक्षा निकाय प्रमुखसँग ‘ब्रिफिङ’
Photo / Coverage: नेपालन्युज

काठमाडौं।प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखसँग ‘ब्रिफिङ’ लिएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री शाहले प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक मनोज केसी र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग चाडपर्वमा नागरिकको सुरक्षा तथा समग्र शान्ति सुरक्षाको व्यवस्थापनबारे ब्रिफिङ लिएका हुन्। प्रधानमन्त्री शाहले देशको शान्ति सुरक्षालाई थप सुदृढ पार्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। साथै, नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन र शान्ति सुरक्षाको व्यवस्थालाई थप चुस्त–दुरुस्त बनाउन उनले सम्बन्धित निकायका प्रमुखलाई निर्देशन दिएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
न्यायाधीशलाई मेलमिलापको जिम्मेवारी दिने प्रस्तावमा बहस : बारको आपत्ति, मन्त्री गौतम भन्छिन्– 'विश्वासका लागि प्रस्ताव गरिएको हो'
Latest NewsJust now

न्यायाधीशलाई मेलमिलापको जिम्मेवारी दिने प्रस्तावमा बहस : बारको आपत्ति, मन्त्री गौतम भन्छिन्– 'विश्वासका लागि प्रस्ताव गरिएको हो'

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले बन्द कोठाभन्दा बाहिर निस्किएर 'भुइँको मान्छे' र व्यावहारिक जटिलतालाई हेरेर कानुन बनाउनुपर्नेमा जोड दिएकी छन्। प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार... ...

रातोपाटी
प्रधानमन्त्री शाहसँग भारतीय विदेश सचिव विक्रम मिस्रीको शिष्टाचार भेट
Latest NewsJust now

प्रधानमन्त्री शाहसँग भारतीय विदेश सचिव विक्रम मिस्रीको शिष्टाचार भेट

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्री शाहले नेपालमा भोटेकोशी बाढीलगायत विपद्का समयमा छिमेकी भारत सरकारले ‘फष्ट रेस्पोन्डर’ का रुपमा गरेको सहयोगप्रति आभार व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ...

कान्तिपुर
पूर्वाधार विकासमा स्वदेशी लगानीकर्ता र निर्माण कम्पनीलाई पनि प्राथमिकता दिनुपर्छः अध्यक्ष श्रेष्ठ
Latest NewsJust now

पूर्वाधार विकासमा स्वदेशी लगानीकर्ता र निर्माण कम्पनीलाई पनि प्राथमिकता दिनुपर्छः अध्यक्ष श्रेष्ठ

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले पूर्वाधार विकासका ठूला परियोजनामा विदेशी लगानीकर्तालाई मात्रै नभई स्वदेशी निजी क्षेत्रलाई समेत सहभागी गराउनुपर्ने बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ लाई सम्बोधन गर्दै उनले विदेशी कम्पनीलाई परियोजना दिँदा नेपाली निर्माण कम्पनीलाई पनि संयुक्त लगानी (ज्वाइन्ट भेन्चर) मा सहभागी गराउने व्यवस्था गर्न सरकारसँग आग्रह गरेका हुन् । उनले विदेशी कम्पनीसँगको ...

टक्सार
निर्वासनमा रहेकी हसिना डिसेम्बरमा स्वदेश फर्कने
Latest NewsJust now

निर्वासनमा रहेकी हसिना डिसेम्बरमा स्वदेश फर्कने

• बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्कने अडान दोहोर्याइन्, यद्यपि उनलाई मृत्युदण्डको सजाय सुनाइएको छ। • उनले आरोप अस्वीकार गर्दै मानवताविरुद्धको अपराधको फैसलाको वैधतामाथि प्रश्न उठाएकी छन् र देशमा राजनीतिक वातावरणको कमीको बारेमा चिन्ता व्यक्त गरिन्। • हसिनाले बङ्गलादेशमा कट्टरपन्थी समूहको प्रभाव बढेकोमा चिन्ता व्यक्त गर्दै स्वदेश फर्कन विदेशी शक्तिको सहयोगको आवश्यकता नरहेको बताइन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play