Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

पूर्वाधार विकासमा स्वदेशी लगानीकर्ता र निर्माण कम्पनीलाई पनि प्राथमिकता दिनुपर्छः अध्यक्ष श्रेष्ठ

Share:WhatsAppFacebookX (Twitter)Telegram
पूर्वाधार विकासमा स्वदेशी लगानीकर्ता र निर्माण कम्पनीलाई पनि प्राथमिकता दिनुपर्छः अध्यक्ष श्रेष्ठ
Photo / Coverage: टक्सार

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले पूर्वाधार विकासका ठूला परियोजनामा विदेशी लगानीकर्तालाई मात्रै नभई स्वदेशी निजी क्षेत्रलाई समेत सहभागी गराउनुपर्ने बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ लाई सम्बोधन गर्दै उनले विदेशी कम्पनीलाई परियोजना दिँदा नेपाली निर्माण कम्पनीलाई पनि संयुक्त लगानी (ज्वाइन्ट भेन्चर) मा सहभागी गराउने व्यवस्था गर्न सरकारसँग आग्रह गरेका हुन् । उनले विदेशी कम्पनीसँगको सहकार्यबाट नेपाली निर्माण व्यवसायीको क्षमता अभिवृद्धि हुने र भविष्यमा ठूला पूर्वाधार परियोजना आफैँ निर्माण गर्न सक्ने अवस्था बन्ने बताए । अध्यक्ष श्रेष्ठले भारतको दिल्ली मेट्रो निर्माणको उदाहरण दिँदै त्यहाँ भारतीय निर्माण कम्पनीलाई विदेशी कम्पनीसँग संयुक्त रूपमा काम गर्ने अवसर दिइएकाले अहिले भारतीय कम्पनीहरू आफैँ मेट्रो निर्माण गर्न सक्षम भएको उल्लेख गरे । त्यस्तै, नेपालमा सुरुङ निर्माणका क्षेत्रमा पनि विदेशी कम्पनीसँगको सहकार्यले नेपाली इन्जिनियरको क्षमता विकासमा सहयोग पुगेको उनको भनाइ छ । अध्यक्ष श्रेष्ठले नेपालको व्यावसायिक प्रतिस्पर्धात्मक क्षमता बढाउन पूर्वाधार विकास सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताए । भन्सारमा सामान छुटाउन लाग्ने समयदेखि पूर्वदेखि पश्चिमसम्मको यात्रा अवधिसम्मले राष्ट्रिय अर्थतन्त्रको प्रभावकारिता निर्धारण गर्ने उनको भनाइ छ । उनले नेपालमा पूर्वाधार कमजोर हुँदा व्यवसायको लागत बढ्ने र प्रतिष्पर्धात्मक क्षमता प्रभावित हुने उल्लेख गरे । भारतमा दिल्लीबाट जम्मुसम्म पाँच घण्टामा र चण्डीगढसम्म दुई घण्टामा पुग्न सकिने उदाहरण दिँदै पूर्वाधार विकासले आर्थिक गतिविधिलाई तिब्र बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने, “नेपालको आर्थिक विकास र व्यावसायिक प्रतिस्पर्धात्मकता बढाउन पूर्वाधार विकास अपरिहार्य छ । भन्सार प्रक्रिया होस् वा देशको एक भूभागबाट अर्को भूभागसम्मको यात्रा, समय र लागत घटाउनु आजको आवश्यकता हो । यस सम्मेलनमार्फत लगानीयोग्य, व्यावहारिक र अध्ययनमा आधारित परियोजनाहरू पहिचान गरी स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्नुपर्छ । विदेशी लगानीसँगै स्वदेशी निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्न आवश्यक छ । त्यसैगरी, ठूला पूर्वाधार परियोजनामा नेपाली निर्माण कम्पनीहरूलाई संयुक्त लगानी तथा साझेदारीको अवसर प्रदान गर्नुपर्छ । यसबाट नेपाली कम्पनीहरूको क्षमता, प्रविधि र दक्षता अभिवृद्धि हुनेछ ।” श्रेष्ठले यसपटक सरकारले नेपाल पूर्वाधार सम्मेलनको स्वामित्व लिएर अघि बढाएकोमा स्वागत गर्दै निजी क्षेत्रका तर्फबाट आभार व्यक्त गरे। यसअघि नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल निर्माण व्यवसायी महासंघले गर्दै आएको सम्मेलनलाई सरकारले समेत आफ्नो अग्रसरतामा अघि बढाउनु सकारात्मक भएको उनको भनाइ छ । उनले लगानी सम्मेलनमा विदेशी लगानीकर्तासमक्ष परियोजना प्रश्तुत गर्नुअघि पर्याप्त अध्ययन र तयारी गर्नुपर्नेमा जोड दिए । लगानीकर्ताले बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
न्यायाधीशलाई मेलमिलापको जिम्मेवारी दिने प्रस्तावमा बहस : बारको आपत्ति, मन्त्री गौतम भन्छिन्– 'विश्वासका लागि प्रस्ताव गरिएको हो'
Latest NewsJust now

न्यायाधीशलाई मेलमिलापको जिम्मेवारी दिने प्रस्तावमा बहस : बारको आपत्ति, मन्त्री गौतम भन्छिन्– 'विश्वासका लागि प्रस्ताव गरिएको हो'

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले बन्द कोठाभन्दा बाहिर निस्किएर 'भुइँको मान्छे' र व्यावहारिक जटिलतालाई हेरेर कानुन बनाउनुपर्नेमा जोड दिएकी छन्। प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार... ...

रातोपाटी
प्रधानमन्त्री शाहसँग भारतीय विदेश सचिव विक्रम मिस्रीको शिष्टाचार भेट
Latest NewsJust now

प्रधानमन्त्री शाहसँग भारतीय विदेश सचिव विक्रम मिस्रीको शिष्टाचार भेट

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्री शाहले नेपालमा भोटेकोशी बाढीलगायत विपद्का समयमा छिमेकी भारत सरकारले ‘फष्ट रेस्पोन्डर’ का रुपमा गरेको सहयोगप्रति आभार व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ...

कान्तिपुर
प्रधानमन्त्री शाहले लिए सुरक्षा निकाय प्रमुखसँग ‘ब्रिफिङ’
Latest NewsJust now

प्रधानमन्त्री शाहले लिए सुरक्षा निकाय प्रमुखसँग ‘ब्रिफिङ’

काठमाडौं।प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखसँग ‘ब्रिफिङ’ लिएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री शाहले प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक मनोज केसी र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग चाडपर्वमा नागरिकको सुरक्षा तथा समग्र शान्ति सुरक्षाको व्यवस्थापनबारे ब्रिफिङ लिएका हुन्। प्रधानमन्त्री शाहले देशको शान्ति सुरक्षालाई थप सुदृढ पार्न नेपाली सेना, नेपाल प्रहरी ...

नेपालन्युज
निर्वासनमा रहेकी हसिना डिसेम्बरमा स्वदेश फर्कने
Latest NewsJust now

निर्वासनमा रहेकी हसिना डिसेम्बरमा स्वदेश फर्कने

• बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्कने अडान दोहोर्याइन्, यद्यपि उनलाई मृत्युदण्डको सजाय सुनाइएको छ। • उनले आरोप अस्वीकार गर्दै मानवताविरुद्धको अपराधको फैसलाको वैधतामाथि प्रश्न उठाएकी छन् र देशमा राजनीतिक वातावरणको कमीको बारेमा चिन्ता व्यक्त गरिन्। • हसिनाले बङ्गलादेशमा कट्टरपन्थी समूहको प्रभाव बढेकोमा चिन्ता व्यक्त गर्दै स्वदेश फर्कन विदेशी शक्तिको सहयोगको आवश्यकता नरहेको बताइन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play