Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री शाहले भारतीय विदेश सचिव मिश्रीसँग गरे खेल क्षेत्रमा सहकार्यको प्रस्ताव

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री शाहले भारतीय विदेश सचिव मिश्रीसँग गरे खेल क्षेत्रमा सहकार्यको प्रस्ताव
Photo / Coverage: नेपालन्युज

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीसँग भेटवार्ता गरेका छन्। दुईदिने भ्रमणमा रहेका विदेश सचिव मिश्रीसँगको भेटमा प्रधानमन्त्री शाहले खेलकुदको क्षेत्रमा दुई देशबीच सहकार्य गर्न प्रस्ताव गरेका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार भेटका क्रममा प्रधानमन्त्री शाहले रसुवामा आएको बाढीका सन्दर्भमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको टेलिफोन संवाद र भारत सरकारले उपलब्ध गराएको सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन्। यसअघि पाँच महिनाअघि तय भएको विदेश सचिव मिश्रीको भ्रमण प्रधानमन्त्री शाहले भेट्न अस्वीकार गरेपछि स्थगित भएको थियो। हाल दुवै पक्षबीच भेटवार्ता सम्पन्न भएको छ। भेटमा विदेश सचिव मिश्रीले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारीका लागि सफलताको कामना गरेका छन्। साथै, विदेश सचिव मिश्रीले ऊर्जा, जलस्रोत, व्यापार-पारवहन र उड्डयनसम्बन्धी नेपाल र भारतबीचका द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको जानकारी प्रधानमन्त्री शाहलाई गराएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
म्याक्स टाइगरको 'दसैँ धमाका' : काठमाडौँ र विराटनगरका चार विजेतालाई बाइक र स्कुटर हस्तान्तरण
Latest NewsJust now

म्याक्स टाइगरको 'दसैँ धमाका' : काठमाडौँ र विराटनगरका चार विजेतालाई बाइक र स्कुटर हस्तान्तरण

काठमाडौँ। एउटा सामान्य इनर्जी ड्रिंकको क्यानले कतिबेला भाग्य चम्काउँछ भन्ने पत्तै हुँदैन । म्याक्स टाइगर इनर्जी ड्रिंकको 'दसैँ धमाका २०२६' अभियानमा सहभागी भएका चार भाग्यशाली विजेताको हकमा यस्तै भएको छ... ...

रातोपाटी
मुलुकको समृद्धिका लागि युवाको भूमिका महत्वपूर्ण : महासचिव पोखरेल
Latest NewsJust now

मुलुकको समृद्धिका लागि युवाको भूमिका महत्वपूर्ण : महासचिव पोखरेल

लमजुङ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको समृद्धि र विकासका लागि युवाको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्। राष्ट्रिय युवा सङ्घ जिल्ला कमिटी लमजुङ र अनेरास्ववियु जिल्ला कमिटी लमजुङको... ...

रातोपाटी
संखुवासभा गोल्डकप : दोश्रो सेमिफाइनलमा घरेलु टाेली लाेहरूङलाई हराउँदै सेकाहा फाइनलमा
Latest NewsJust now

संखुवासभा गोल्डकप : दोश्रो सेमिफाइनलमा घरेलु टाेली लाेहरूङलाई हराउँदै सेकाहा फाइनलमा

भोजपुर । संखुवासभा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा घरेलु टोली लोहरुङ क्लब पाङ्मालाई पराजित गर्दै सेकाहा सामुदायिक क्लब फाइनलमा प्रवेश गरेको छ । बिहीबार खाँदबारीस्थित महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा सेकाहाले लोहरुङलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । खेलको १३औँ मिनेटमा विनोद राईले गोल गर्दै सेकाहालाई अग्रता दिलाएका थिए । त्यसको चार मिनेटपछि अर्थात् १७औँ मिनेटमा सविन राईले अर्को ...

हिमालय टाइम्स
७ सय रोपनीभन्दा बढी जग्गा त्रिविको स्वामित्वमा फिर्ता
Latest NewsJust now

७ सय रोपनीभन्दा बढी जग्गा त्रिविको स्वामित्वमा फिर्ता

काठमाण्डु– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कीर्तिपुरस्थित आफ्नो स्वामित्वमा रहेको ७ सय रोपनीभन्दा बढी जमिन फिर्ता प्राप्त गरी आफ्नै व्यवस्थापनमा ल्याएको जनाएको छ। विश्वविद्यालयको जग्गा विभिन्न समयमा स्वयं त्रिविको सम्झौता, नेपाल सरकारको निर्देशन तथा सम्झौता बमोजिम र कतिपय संघ-संस्थाहरूले आफूखुसी भोगचलन गर्दै आएका थिए। पटक-पटक ताकेता गर्दा पनि खाली नभएपछि त्रिविले खोजबिन प्रक्रिया अघि बढाएको थियो। […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play